बुधबार, ०५ वैशाख २०८१
ताजा लोकप्रिय

कांग्रेसको तल्लो तहमा दुई चरणको अधिवेशन हुँदै

बिहीबार, १९ असार २०७६, ०६ : २६
बिहीबार, १९ असार २०७६

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले आगामी महाधिवेशनअघि तल्लो तहको दुई चरणको अधिवेशन गर्ने भएको छ ।

संघीय संरचनाअनुसार विधान संशोधन गरेको कांग्रेस अहिले तल्लो तहको संरचना निर्माणमा जुटेको छ । अधिवेशनमार्फत निर्माण हुने टोल तह सम्मको संरचनामा केन्द्रीय महाधिवेशनअघि अधिवेशन गरिने छ ।

प्रत्येक चार वर्षमा महाधिवेशन गर्नुपर्ने कांग्रेस पार्टीको विधानमा उल्लेख छ । तर, विधानमै एक वर्षसम्म समय थप गर्न पाउने व्यवस्था छ । यस हिसावले पनि अबको डेढ वर्ष्भित्र कांग्रेसको १४औं महाधिवेशन गर्नुपर्ने हुन्छ । यही डेढ वर्षको बीचमा कांग्रेसको नयाँ संरचनाअनुसार बन्ने सबै निकायमा दुई पटक अघिवेशन हुने भएको छ ।

कांग्रेस केन्द्रीय सदस्य एवं नियमावली मस्यौदा समितिकी सदस्य ईश्वरी न्यौपानेले नेपाल समाचारपत्रलाई जानकारी दिएअनुसार अहिले बन्ने तल्लो तहको सबै संरचना १४औं महाधिवेशनअघिका लागि मात्र हो । १४औं महाधिवेशनको लागि फेरि अधिवेशन हुन्छ । ‘अहिले विधानअनुसार संरचना बनाउने मात्रै हो, अहिले गठन हुने समितिको म्याद केन्द्रीय महाधिवेशन अघि सम्मको लागि मात्र हो, १४औं महाधिवेशनअघि पुनः अधिवेशनमार्फत यी सबै संरचनामा नेतृत्व चयन हुन्छन्’– न्यौपानेले भने । यो समाचार आजको नेपाल समाचारपत्रमा रामकृष्ण चापागाईले लेखेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप