कांग्रेसको तल्लो तहमा दुई चरणको अधिवेशन हुँदै
प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले आगामी महाधिवेशनअघि तल्लो तहको दुई चरणको अधिवेशन गर्ने भएको छ ।
संघीय संरचनाअनुसार विधान संशोधन गरेको कांग्रेस अहिले तल्लो तहको संरचना निर्माणमा जुटेको छ । अधिवेशनमार्फत निर्माण हुने टोल तह सम्मको संरचनामा केन्द्रीय महाधिवेशनअघि अधिवेशन गरिने छ ।
प्रत्येक चार वर्षमा महाधिवेशन गर्नुपर्ने कांग्रेस पार्टीको विधानमा उल्लेख छ । तर, विधानमै एक वर्षसम्म समय थप गर्न पाउने व्यवस्था छ । यस हिसावले पनि अबको डेढ वर्ष्भित्र कांग्रेसको १४औं महाधिवेशन गर्नुपर्ने हुन्छ । यही डेढ वर्षको बीचमा कांग्रेसको नयाँ संरचनाअनुसार बन्ने सबै निकायमा दुई पटक अघिवेशन हुने भएको छ ।
कांग्रेस केन्द्रीय सदस्य एवं नियमावली मस्यौदा समितिकी सदस्य ईश्वरी न्यौपानेले नेपाल समाचारपत्रलाई जानकारी दिएअनुसार अहिले बन्ने तल्लो तहको सबै संरचना १४औं महाधिवेशनअघिका लागि मात्र हो । १४औं महाधिवेशनको लागि फेरि अधिवेशन हुन्छ । ‘अहिले विधानअनुसार संरचना बनाउने मात्रै हो, अहिले गठन हुने समितिको म्याद केन्द्रीय महाधिवेशन अघि सम्मको लागि मात्र हो, १४औं महाधिवेशनअघि पुनः अधिवेशनमार्फत यी सबै संरचनामा नेतृत्व चयन हुन्छन्’– न्यौपानेले भने । यो समाचार आजको नेपाल समाचारपत्रमा रामकृष्ण चापागाईले लेखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हमासद्वारा गाजा शान्ति रोडम्याप योजनाबारे प्यालेस्टाइनी समूहको प्रतिक्रिया पेस
-
लागुऔषधसहित ३१ जना पक्राउ
-
अनुमतिबिना भारतीय हेलिकोप्टर नेपाली आकाशमा
-
मानसरोवर कैलाशको दर्शन गर्नेको सङ्ख्या बढ्दै
-
प्रेमराजादेखि विश्व दोङसम्म, तीन दिन दरबार रोधीमा लोकसंगीतको उत्सव
-
दुई मन्त्रीलाई छेउमा राखेर बालेनले लेखे– देश बनाउने टोली
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण