केन्द्रीय संस्करण

बुधबार फेसबुक लगायतका सामाजिक सञ्जालहरुमा एकैसाथ प्राविधिक समस्या देखिएपछि....

person explore access_timeअसार १८, २०७६ chat_bubble_outline1

एजेन्सी-बुधबार सामाजिक सञ्जाल फेसबुक लगायतका सामाजिक सञ्जालहरुमा एकैसाथ प्राविधिक समस्या देखिएको छ । फेसबुक लगायत वाट्स एप्स,म्यासेन्जर,इन्स्टटाग्राममा प्राविधिक समस्या देखिएको हो ।  बुधबार बिहानबाट सामाजिक सञ्जालहरुमा एकैसाथ यो समस्या देखिएको थियो ।

सामाजिक सञ्जालहरुमा समस्या देखिएपछि बुधबार बिहान हज्जारौ प्रयोगकर्ताहरुले रिपोर्ट गरेका छन् । यसको असर विश्वभर रहेपनि विशेषगरी अमेरिका , युरोप र दक्षिण अमेरिकाकम देखिएको जनाइएको छ । मुख्यत उत्तरपूर्वी अमेरिका,टेक्सास, एटलान्टा, युरोपका पेरिस,लण्डन, उता मेक्सिकोको लगायतका क्षेत्रमा यसको नकारात्मक प्रभाव परेको अन्तर्राष्टिय सञ्चारमाध्यामरुले जनाएका छन् ।

यी क्षेत्रमा फेसबुकमा आएको प्राविधिक समस्याको प्रभाव देखिएको थियो भने ह्वाट्स एप्समा आएको समस्याका कारण दक्षिण अमेरिका, युरोपका जर्मनी लगायतका देशहरु प्रभावित हुन पुगेको जनाइएको छ । प्राविधिक समस्याका कारण फेसबुकले आफ्ना प्रयोगकर्ताहरुसमक्ष तत्काल प्रतिक्रिया दिन नसकेको जनाइएको छ । तर कम्पनीले यो समस्याका बारेमा आफुलाई थाहा भएको र समस्या समाधानमा लागिरहेको प्रतिक्रिया दिएको छ । इन्स्टाग्राम लगायतले पनि सोही प्रतिक्रिया दिएको छ ।

कमेन्ट

  1. July 3, 2019, 11:49 p.m. pandab pun
    फेसबुककाे म्यासेन्जरमा रिसिभ फाेटाेहरु साे हुदैनन् ।
  2.  0 Reply

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

Loading comments...