बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

राहुल गान्धीले दिए भारतीय काँग्रेसको अध्यक्ष पदबाट राजीनामा

बुधबार, १८ असार २०७६, १७ : ४७
बुधबार, १८ असार २०७६

एजेन्सी– भारतीय काँग्रेसका अध्यक्ष राहुल गान्धीले पार्टी अध्यक्ष पदबाट राजीनामा दिएका छन् । बुधबार चार पेजको विज्ञप्ति जारी गर्दै उनले राजीनामा दिएको घोषणा गरेका हुन् । विज्ञप्तिमा भनिएको छः ‘पार्टी अध्यक्ष भएको नाताले लोकसभा निर्वाचनमा बेहोरिएको हारको जिम्मेवारी म लिन चाहान्छु ।

 त्यसैले पार्टीको भविष्यको जिम्मेवारी लिँदै म राजीनामा दिएको घोषणा गर्छु ।’ अध्यक्षको जिम्मेवारीबाट हटेको विज्ञप्ति जारी गरेलगत्तै गान्धीले अब आफु पार्टी अध्यक्ष नरहेको प्रतिक्रिया दिएका छन् । राहुल सन् २०१७ डिसेम्बरबाट काँग्रेस पार्टीको अध्यक्ष चुनिएका थिए ।

उनले गत मे २५ मा पार्टी केन्द्रीय समितिको बैठकमा राजीनामा दिएका थिए । उनले आफ्नो ट्वीटर अकाउन्टबाट समेत पार्टी अध्यक्ष भन्ने शब्द हटाएका छन् । गत महिना भएको लोकसभा निर्वाचनमा पार्टीले हार बेहोरेपछि उनी पार्टी अध्यक्ष रहने कि नरहने भन्ने बहस चर्किदै गएको थियो ।

राहुलले राजीनामा दिएसँगै अब कसले पार्टीको नेतृत्व सम्हाल्ला भन्ने बहस उत्कर्षमा आएको छ । पछिल्लो समययता सो पार्टीको नेतृत्वमा गान्धी परिवारको विकल्प खोजिनुपर्ने बहस समेत सतहमा आएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप