कृष्ण गौतमले पाए बेलायतको प्रसिद्ध डायना मेमोरियल पुरस्कार

काठमाडौं– नेपाली युवा कृष्ण गौतमलाई बेलायतको प्रसिद्ध डायना मेमोरिएल पुरस्कार प्राप्त भएको छ । उनलाई उक्त पुरस्कार वेल्स कि राजकुमारीको सम्झनामा स्थापित उक्त पुरस्कार प्रदान गरिएको हो । सन् १९९७ मा वेल्स कि राजकुमारी डायनाको मृत्यु भए पछि उनको सम्झनामा उक्त पुरस्कार स्थापित गरिएको थियो । डायना मेमोरिएल अवार्ड बेलायती शाही परिवार, राजकुमार विलियम तथा राजकुमार ह्यारीको समर्थन र साथ रहेको प्रतिष्ठित पुरस्कार सामाजिक कार्य तथा मानबिय कार्यमा उल्लेख्य योगदान गरेवापत प्रदान गरिने गरिन्छ ।
कृष्ण गौतमले लक्ष्मी प्रतिष्ठानमार्फत आफनो समय, श्रम सेवामा लगाएका छन् । ठुलो दाजुको दुर्घटनामा मृत्यु हुँदा कृष्ण केवल १४ बर्षका थिए, दैनिक जसो आफ्नो प्यारो दाजुको चौडा छातीमा टाँसिएर सुत्दै आएका कृष्ण दाजुको मृत्युपछि एकैपटक टुहोरो बन्न पुगे । बेलाबेलामा हिम्मत गर्न र पढाई जारी राख्न हौसला दिँदै आएका अमेरिकामा रहेका अर्का दाजुको पनि ९ महिनापछि पार्सलमा अस्तु मात्र आईपुग्यो ।
उनी बाल्यकालमानै ठुलो पारिवारिक जिम्मेवारीमा परे । सानो उमेर भएकोले उनले धन सम्पति ब्यापार व्यवसाय बारे त्यती बुझेका थिएनन, बुझनुपर्ने बेला भएको थिएन । यद्यपि, पुत्र शोकमा भाव विह्वल भएका उसका बाबुआमाले व्यावसायिक कम्पनिदेखि निर्माणाधीन रिसोर्ट सम्मा बेचेर सामाजिक काममा लगाउँदै गएका बाबु आमाको बिडो थाम्ने अठोट गरेका कृष्णले कहिल्यै पनि सामाजिक क्षेत्रमा काम गर्नेछु भनेर कमिटमेन्ट गरेका थिएनन् ।
उनी लक्ष्मी प्रतिष्ठानले अगाडी बढाएका (केहि क्षेत्रमा) गाँस ,बास, कपासका कार्यक्रम देखी शिक्षा ,सिप र स्वावलम्वन धेरै परियोजनामा सक्रिय बनेर धेरै जनाको आँशु पुछ्न सफल भएका छन् । यतिबेला अभावमा रहेका अति सिमान्तकृत चेपांग समुदायका २०० जना भन्दा बाल्बालिकहरुका लागि साझा भान्छा चलाउन समेत सफल भएको छन् । त्योनै उनको सत्कर्मको गतिलो उदाहरण जुन क्रम ५ वर्ष अगाडीदेखि निरन्तर चलिरहेको छ । उनले लक्ष्मी प्रतिस्ठानमार्फत गर्दै आएका मानवीय कार्यहरु सम्पन्न गराउन हजारौं दाजुभाई दिदी बहिनीहरुको साथ् सहयोग र माया पनि प्राप्त भएको छ ।
सानै उमेरमा पटक पटक युरोप भ्रमण गरेर सक्दो फन्ड समेत जम्मा गर्दै दुरदराजमा सामुदायिक बिद्यालय निर्माण समेत गर्न सफल कृष्ण २०७२ को भूकम्पपछि एकदम सक्रिय रुपमा प्रतिष्ठानका गतिविधिको नेतृत्व गर्न थाले । त्यो महाविपदको बेला उनको सम्पूर्ण टिम तत्कालै उद्धार ,उपचार ,राहतमा एक्टिभ रहे भने केहि समयपछि असल दाताहरुको सहयोगमा काभ्रे पलान्चोक जिल्लाको चौरी देउराली ४ मा ४४ वटा घर समेत निर्माण गरे। स्थानीयलाई हस्तान्तरण गरियो।
यतिबेलासम्म चितवनको कन्दरामा बस्दै आएका अति सिमान्तकृत बर्गका झन्डै २०० जनालाई खान बस्न पढ्न लगयत सम्पूर्ण सुबिधा प्रदान गर्दै आएको लक्ष्मी प्रतिष्ठानबाट आगामी ५ बर्षमा आफ्नै पहलमा विविध कारणले बिद्यालय जान नसकेका ५ सय बालबालिहरुलाई शिक्षामा पहुँच गराउने र एउटा क्षेत्रको बिशेषज्ञ समेत बनाउने अठोटका साथ् अगाडी बढिरहेको छ ।
हाल उनले बेलायतबाट ‘दि डाईना अवार्ड’ प्राप्त गरेका छन् । यो नै हालसम्म उनले पाएको पहिलो अवार्ड हो । यो अवार्ड बेलायतकी पुर्वयुवराज्ञी स्व. डायनाको स्मृतिमा युवाहरुलाई प्रदान गरिने अवार्ड हो । बेलायतबाट कान्दा घुम्न आएका एकजना मित्रले कृष्णको भूमिकालाई सुक्ष्म अध्यायन गरेपश्चात उनले बेलायत फर्केर पब्लिस गरेको आर्टिकल र उनैले भरिदिएको फर्मबाट उनी यो अवार्ड का लागि छानिएका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गर्मीमा भुलेर पनि खान हुँदैन यी पाँच कुरा
-
कमल थापाले बोलाए पदाधिकारी बैठक
-
मिलन नेवारलाई भारतमा 'स्वर कोकिला लता मंगेशकर सम्मान'
-
‘जरिबाना राजसंस्था र राप्रपाप्रति बालेनको वक्रदृष्टि हो, हामी एक लाख तिर्दैनौँ’
-
च्याम्पियन्स ट्रफी जितेपछि भारतीय कप्तान शर्माले भने– यस्ता भ्रम नफैलाइयोस्
-
सूचना प्रविधि पढेका रोशन : १ अर्ब ८७ करोडको क्रिप्टो कारोबार तर, गोजी रित्तै