विमानबाट झरे यात्री, बगैंचामा घाम तापिरहेका व्यक्ति बालबाल बचे
साउथ वेस्ट लण्डनमा एक व्यक्ति आफ्नो घरको बगैंचामा घाम तापेर बसिरहेका थिए । अचानक उनी नजिकै ठूलो आवाजमा एक व्यक्ति निकै माथिबाट खसे । घाम तापिरहेका व्यक्ति डराए । उनी निकै अचम्ममा परे । त्यहाँ खैलाबैला भयो ।
केही समयपछि थाहा भयो कि ती व्यक्ति केन्या एयरवेजको विमानबाट खसेका थिए । घटना आइतबारको हो । ती व्यक्तिको शनाखत हुन सकेको छैन । विमानबाट खसेका ती व्यक्ति सम्भवतः विमानको ल्याण्डिङ गियर कम्पार्टमेन्टमा लुकेर यात्रा गरिरहेका थिए ।
एक प्रत्यक्षदर्शी डेभिड कार्माल्टले लण्डनको सन्ध्या दैनिक लण्डन इभिनिङ स्ट्यान्डर्डलाई भने, ‘हाम्रा छिमेकी त्यतिबेला बगैंचामा घाम तापिरहेका थिए । ती व्यक्तिको शव र उनी एक मिटर टाढा थिए । यो चमत्कार हो कि अन्य कसैको मृत्यु भएन ।’
लण्डनको मेट्रोपोलिटन पुलिसले सोमबार ट्वीट गरेर विमानबाट खसेका व्यक्तिको पहिचानको कोसिस भइरहेको जानकारी दिए । उनका अनुसार ती व्यक्ति केन्याको राजधानी नाइरोबीमा केन्या एयरवेजको फ्लाइट KQ 100 मा सवार भएका थिए । पुलिसका अनुसार विमानको ल्याण्डिङ गियर कम्पार्टमेन्टमा एउटा ब्याग, पानी र केही खाना भेटिएको छ । केन्या एयरवेजले पनि यसबारे अनुसन्धान गरिरहेको छ ।
We're working to establish the ID of a man believed to have fallen from the landing gear compartment of an aeroplane. We were called on Sunday afternoon to an address in #Clapham after the body was discovered in a garden https://t.co/MaXOeHNxka pic.twitter.com/ivO8ScKZJV
— Metropolitan Police (@metpoliceuk) July 1, 2019
विमानबाट कोही व्यक्ति खसेको यो पहिलो घटना भने होइन । वास्तवमा, कोही प्रवासी कतै जाने चाहनामा वा उत्कृष्ट जीवनको खोजीमा विमानको कुनै स्थानमा लुक्ने गर्छन् । धेरैजसोको यसरी नै खसेर मृत्यु हुन्छ । यसअघि पनि लण्डनका रुख वा भवनको छतमा मानिसहरुको शव खसेका छन् । कसैको खस्नुअघि नै विमानको कम्पार्टमेन्टमा अत्यधिक कम तापक्रम र अक्सिजनको कमीका कारण मृत्यु भइसकेको हुन्छ ।
सन् २०१२ मा अंगोलाबाट आइरहेको ब्रिटिश एयरवेजको फ्लाइटबाट खस्दा जोसा मातादा नामका व्यक्तिको मृत्यु भएको थियो । उनी हराएको रिपोर्ट दर्ता भएको थिए जसका कारण उनको शनाखतमा ६ महिना लागेको थियो । यस्तै, सन् २०१५ मा जोहानिसबर्गबाट लण्डन आइरहेको ब्रिटिश एयरवेजकै फ्लाइटबाट एक व्यक्तिको शव साउथवेस्ट लण्डनको रिचमन्डस्थित एक पसलको छतमा खसेको थियो । यद्यपि, लुकेर यात्रा गरिरहेका अन्य एक व्यक्ति पछि विमानको चक्काको बीचमा जिउँदै भेटिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मस्कोको बदला लिँदै इंग्ल्याण्डको सानदार सुरुवात, क्रोएसिया ४–२ ले पराजित
-
रासफोर्डको गोलसँगै इंग्ल्याण्ड जित नजिक, क्रोएसिया विरुद्ध ४–२ को अग्रता
-
इरान र अमेरिकाबिचको समझदारी पत्रमा विद्युतीय हस्ताक्षर, इरानी विदेश मन्त्रालयद्वारा पुष्टि
-
कङ्गोसँगको बराबरीपछि रोनाल्डोको सन्देश: हामीले चाहेको जस्तो सुरुवात भएन, तर यो अझै सकिएको छैन
-
दोस्रो हाफको सुरुवातमै जुड बेलिङ्घमको गोल, इङ्गल्यान्ड ३–२ ले अगाडि
-
पहिलो हाफको रोमाञ्चक खेलमा इङ्गल्यान्ड र क्रोएसियाबिच २–२ को बराबरी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण