शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

नर्सिङको नतिजा खस्कियो, ३५ प्रतिशत नर्समात्रै उत्तीर्ण

बुधबार, १८ असार २०७६, १२ : ०८
बुधबार, १८ असार २०७६

काठमाडौं–नेपाल नर्सिङ परिषद्ले लिएको लाइसेन्स परीक्षामा ३५ प्रतिशत मात्रै नर्सले नाम निकाल्न सफल भएका छन् । नेपाल नर्सिङ परिषद्ले लिएको लाइसेन्स परीक्षामा ६५ प्रतिशत नर्स फेल भएको परिषद्ले जनाएको छ । 

परिषद्ले असार १४ गते शनिबार लिएको परीक्षामा स्टाफ नर्स र बिएस्सी नर्सिङका एक हजार ५ सय १ जना विद्यार्थी सहभागी भएका थिए । जसमा  ५ सय २६  जना परीक्षार्थी मात्रै उत्तीर्ण भएका हुन् । 

 नर्सिङको अध्ययन सकेपछि परिषदको लाइसेन्स परीक्षामा नाम निकाल्न सकेको खण्डमा मात्रै नर्स काम गर्न योग्य हुन्छन् । तर परीक्षा दिएका मध्ये ६५ प्रतिशत नै अनुत्तीर्ण भएपछि नेपालको नर्सिङ क्षेत्रको अध्ययन राम्रो नभएको र त्यस्ता  व्यक्तिले प्रदान गर्ने सेवाको गुणस्तरमा प्रश्न उब्जिएको छ ।

 नेपाल नर्सिङ काउन्सिलकी अध्यक्ष प्रा. गोमा निरौलाले यो वर्षको नतिजा निराशाजनक आएको बताइन् ।  नर्सिङ लाइसेन्सको लागि परिषदले वर्षमा ३ पटक परिक्षा लिँदै आइरहेको छ ।

हाल देशभर ९२ वटा इन्स्टिच्युटमार्फत नर्सिङ अध्ययन हुँदै आइरहेको छ । काउन्सिलका अनुसार हाल नेपालमा ८८ हजार नर्स रहेका छन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप