इङ्ल्यान्ड र न्युजिल्यान्डको भिडन्त आज
आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा आज (बुधबार) आयोजक इङ्ल्यान्ड र न्युजिल्यान्ड भिड्दैछन् । रिभरसाइड मैदानमा ३ः१५ बजे सुरु हुने खेलमा दुवै टोलीबीच सेमिफाइनलमा पुग्न कडा प्रतिस्पर्धा हुनेछ । दुवै टोली सेमिफाइनलमा पुग्न संघर्षरत छन् । लिग चरणमा यी दुवै टोलीको यो अन्तिम खेल हो ।
न्युजिल्यान्डले पाँच जित र दुई खेलमा हार खेपेको छ । एक खेल बर्षाका कारण अनिर्णित बनेको थियो । ११ अंक बनाएको न्युजिल्यान्ड तालिकाको तेस्रो स्थानमा छ । घरेलु टोली इङ्ल्यान्डले पाँच जित र तीन खेलमा हार खेपेको छ । १० अंक बनाएको इङ्ल्यान्ड चौथो स्थानमा छ । सुरुवाती खेलमा उत्कृष्ट प्रदर्शन गरेको न्युजिल्यान्डले विस्तारै लय गुमाएको छ । यद्यपी न्युजिल्यान्डमा अनुभवी खेलाडीको कमी छैन । यता इङ्ल्यान्ड सन्तुलित देखिएको छ । इङ्ल्यान्डले ब्याटिङ र बलिङ दुवैमा उत्कृष्ट प्रदर्शन गरिरहेको छ ।
इसअघिको विश्वकपको नतिजामा न्युजिल्यान्ड केही बलियो देखिएको छ । हालसम्म यी दुई टोली आठ पटक भिडेका छन् । जसमा न्युजिल्यान्डले पाँच र इङ्ल्यान्डले तीन खेल जितेका छन् । विश्वकपको पहिलो संस्करण देखि सहभागी यस यी दुई टोलीले अहिलेसम्म उपाधि चुम्न सकेका छैनन् । सेमिफाइनलमा पुग्नका लागि यी दुई टोलीका लागि आजको खेल निकै महत्वपूर्ण छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१९ वर्षीया मिरा एन्ड्रीभालाई पहिलो ग्रान्ड स्लाम उपाधि, पोल्यान्डकी च्वालिन्स्काको सपना अधुरै
-
नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल
-
बागमती दुई लाख ८२ हजार व्यावसायिक प्रतिष्ठानको आर्थिक विवरण सङ्कलन
-
नेटोले स्वीडेन र फिनल्याण्डमा सुरक्षा सतर्कता बढायो
-
विश्वकपमा भाग लिन इरानी टोली मेक्सिको प्रस्थान
-
कुवेत र बहराइनद्वारा इरानी आक्रमणको निन्दा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण