शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

दुईवटा बस जुध्दा दुर्घटना, ४० जना घाइते

बुधबार, १८ असार २०७६, ०७ : ४७
बुधबार, १८ असार २०७६

कपिलवस्तु शिवराज नगरपालिका–१ चोरखोलामा दुईवटा बस एकापसमा ठोक्किएर दुर्घटना भएको छ । दुर्घटनामा परी दुईवटा बसमा सवार ४० जना यात्रु घाइते भएका छन् । 

बुधबार पूर्वबाट पश्चिम तर्फ जाँदै गरेको ना ४ ख ९३२६ नं.को बस र बिपरित दिशा तर्फ आउदै गरेको ना ६ ख ९९१० नं. को बस एकापसमा ठोक्किएको जिल्ला प्रहरी कार्यलय कपिलवस्तुका कार्यालय प्रमुख प्रहरी उपरीक्षक दीप शम्शेर ज.ब.रा.ले जानकारी दिए ।  

वडा प्रहरी कार्यालय चन्द्रौटाबाट खटिएको प्रहरी टोलीले दुवै बसमा गरी ५४ जना सवार मध्ये ४० जना घाईते भएकोमा २० जना सामान्य घाईते भएको जानकारी दिएको छ । 

सामान्य घाइतेहरुको स्थानीय अस्पतालमा सामान्य उपचार पश्चात डिस्चार्ज भएको र २० जना लाई चौराह अस्पताल बुटवलमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप