रुपन्देहीमा गोली चल्यो, साढे ४ लाखभन्दा बढी लुटियो
मङ्गलबार, १७ असार २०७६, १८ : ४१
बुटवल– आज अपरान्ह रुपन्देहीको गैडहवा गाउँपालिकामा गोली चलेको छ । गोली चलेसँगै एक महिलाको चार लाखभन्दा बढी रकम लुटेर अज्ञात समूह फरार भएको छ । इलाका प्रहरी कार्यालय सूर्यपुराका निमित्त इलाका प्रहरी कार्यालय प्रमुख सई पदम थापाले घटनाको पुष्टि गरे ।
लुम्बिनीबाट कृषि बिकास बैंकमा ४ लाख ६३ हजार रुपैयाँ निकालेर अटोरिक्सामा आउँदै गरेकी गैडहवा गाउँपालिका–४ की रेशमकुमारी मल्ललाई सोही गाउँपालिका ३ को मंगलपुर चोकमा पछाडीबाट अटोरिक्साको टायरमा गोली हानी दुई जनाको अज्ञात समूह फरार भएको सई थापाले जानकारी दिए ।
रिक्सामा एक जना चालक थिए, दुईजना पुरुष र ती महिला थिइन् । थापाले भने– लुटेर भाग्दा आफुलाई भेटाउन नसकुन भनेर उनीहरुले टायरमा गोली चलाएको हुनसक्ने अनुमान गरिएको छ ।’ घटनाका अनुसन्धान भइरहेको रुपन्देही प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपाका उम्मेदवार लिम्बूद्वारा मतदान
-
इलाम–२ उपनिर्वाचनको लागि मतदान सुरु
-
सबैभन्दा प्रदूषित सहरमा काठमाडौँ यथावत्
-
४२ छक्का, ५२३ रन : कोलकाता भर्सेस पञ्जाबमा कस्ता–कस्ता कीर्तिमान बने ?
-
अर्जुनराज खनिया एनआईसी एशिया बैंकको सहायक प्रमुख कार्यकारी अधिकृतमा बढुवा
-
इजरायली हमलामा मारिएकी महिलाको गर्भबाट निकालिएकी बालिकाको पनि मृत्यु