शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

कृषक र पसलेबीच एैँचोपैँचो : ‘गाउँको उत्पादन, गाउँमै बस्यो पैसो’

मङ्गलबार, १७ असार २०७६, १६ : ४२
मङ्गलबार, १७ असार २०७६

 बुटवल– गाउँमै खाद्य वस्तुदेखि खेलौनासम्म, नुनदेखि लसुनसम्म र कस्मेटिक्सदेखि जुत्ता–चप्पलसम्म बिक्रिका लागि राखिएका छन् ।

शहरका डिपार्टमेन्ट स्टोरमा जस्तै सेल्समेन युवा युवती  र काउण्टरका कर्मचारीहरु पनि युनिफर्ममा चिटिक्क परेर ग्राहकहरुलाई मिठो मुस्कानले स्वागत गरिरहेका भेटिन्छन् ।

कृषकको उत्पादनलाई बजारीकरण गर्ने उद्देश्यले धुर्कोट गाउँपालिकाको पहलमा  मैत्री बहुउद्देश्यीय सहकारी संस्थाले मंगलवारदेखि गाउँपालिकाको केन्द्र वर्वोटस्थित सञ्चालनमा ल्याएको ‘मैत्री सुपथ मूल्य पसल’ भित्र कृषक र  त्यस पसले बिचको ऐंचोपैचो आदन प्रदनको दृश्य हो यो । 

कुनै समय किराना पसलको समेत कहाँ छ भनेर सोध्धै हिँड्नु पर्ने गुल्मीको यो गाउँमा अव शहरका ठुला–ठुला डिपार्टमेन्टल स्टोरमा जस्तै एउटै छानामुनी सबैखाले दैनिक उपभोग्य वस्तु पाइँन थालेको छ ।  
सुपथ मूल्य पसलको प्रदेशकी भुमि ब्यवस्था, कृषि तथा सहकारी मन्त्री आरती पौड्यालले उद्घाटन गरेलगत्तै त्यहाँ कृषकहरुको उत्पादन र सुपथ पसलवीच आदानप्रदान गर्न घुइँचो लाग्यो । 

त्यसैक्रममा मङ्गलबार डोको बोकेर  एक जना किसान टोपीले पसिना पुछ्दै पसलभित्र पसे ।  शहरका डिपार्टमेन्ट स्टोरमात्र देखेकाहरुलाई त्यो दृश्य  नौलो लाग्नु स्वभाविक नै थियो  । जबकी कि ती किसानजस्ता धुलेफुर्से मानिसहरुले एक त त्यस्ता स्टोर भित्र पस्ने आर्थिक क्षमता नै राख्दैनन् । अकोतर्र्फ त्यस्ता स्टोरहरुले उनीहरु पसेको पनि खासै रुचाउँदैनन् ।

 तर गाउँको उक्त पसलमा त्यस्तो भिन्नता देखिएन । मङगलबार त्यसरी आउने किसान थिए गुल्मीको धुर्कोट गाउँपालिका –४ जैसीथोकका खुमानन्द कुँवर । उनले डोकोमा हरिया मकैका घोगा बोकेर ल्याएका थिए । पसलभित्र छिर्नेवित्तिकै काउन्टर छेवैमा बसेर ती मकैका घोगा गन्न थालियो । ६९ वटा रहेछन् । गनिसकेर काउन्टरमा बस्नेलाई बुझाए । त्यसपछि प्रति घोगा १० रुपैयाँका दरले उनलाई ६ सय ९० रुपैयाँ नगद काउन्टरवालाले थमाए । 

त्यही रकमबाट उनले चिनी चियापत्ती, नुन तेल लगायका दैनिक उपभोग्य वस्तु सोही पसलमा किने ।

जैसीथोककै अर्का कृषक कृष्ण थापा एउटा  बोरामा लौका र अर्कोमा सिमी बोकेर आए ।  तौल  गर्दा  लौका १० किलो  र सिमी ९ किलो  रहेछ  । 

दुबै प्रतिकिलो ५० का दरले  १९ किलोको हुन आउने पुरै रकम बुझेर उनि पनि त्यसै पसलभित्र आफुलाई चाहिने दैनिक उपभोग्य वस्तु  किन्न थाले । धुर्कोट गाउँपालिका–६ किमुखर्ककी महिला दोमन्त थापा टमाटर बेच्न आईन्  ।
५ किलो  टमाटर बेच्न ल्याएकी उनले  प्रतिकिलो ५० का दरले  २ सय  ५० बुझिन् र  श्रृंगारका सामग्री  राखेको  ¥याकतर्फ लागिन् ।  

गिठ्ठादेखि बेडुुलासम्मले  पायो बजार 
गाउँमा त्यतिकै सडेर र कुहेर खेर जाने खनियाका गेडा बेंडुला, आरु, आरुबखडा सम्मले बजार पाएको देखिन्थ्यो । कृषक कुँवरले त आफुले उत्पादन गरेको गिठ्ठा समेत बेच्न ल्याएको बताइरहेका थिए । 

पसल खुलेको पहिलो दिनमै सयौं किलो ताजा तरकारी, त्यति नै फलफुल , उत्तिकै अदुवा लशुन लगायतको मशालाजन्य बस्तु पनि पसलले कृषकहरुबाट खरिद ग¥यो ।

 धुर्कोट गाउँपालिका प्रमुख भुपाल पोखरेलले कृषक र ‘कृषक र पसले बिच एैचोपैचों, गाउँको उत्पादन गाउँमै रह्यो पैसो’ नारा बनाएर कृषकहरुको उत्पादनको बजारिकरण र उनीहरुको दैनिक उपभोग्य बस्तु खरिदका लागि सदरमुका तम्घास धाउनुपर्ने बाध्यता हटाउन पैचो पसलको अवधारणा अगाडी सारिएको बताए । गाउँपालिका उपप्रमुख शिवबहादुर खत्रीले जनताको घर घरमा  सुविधा पुराउन र गाउँमा उत्पादन भएको हेरक वस्तुले बजार पाओस र किसान समृद्धि हुन् भन्ने उद्देश्यले सुपथ पसल राखिएको बताए । 

उक्त सहकारी संस्था सञ्चालक समिति सदस्य तथा  पसलको भवन निर्माण तथा  खरिद समिति संयोजक गोपाल  सुनारका  अनुसार  सुपथ पसलको भवन २७  लाखमा सम्पन्न भएको छ । त्यस मध्ये धुर्कोट गाउँपालिकाले  १८ लाख अनुदान दिएको छ ।

उक्त सहकारी संस्थाले ९ लाख  लगानी गरेको थियो । त्यसका अलवा उपभोग्य वस्तु सहित करिव १ करोड लगानीमा सुपथ पसल सञ्चालनमा आएको हो ।  सहकारी संस्थाका ब्यवस्थापक अर्जुन आचार्यका अनुसार सम्भ्रान्त परिवार देखि निम्न परिवारसम्मका  सबैखाले दैनिक उपभोग्य वस्तु पसलमा उपलव्ध छ । आचार्यले भने, ‘अन्य गाउँ–गाउँमा पनि क्रमशः सञ्चालन गरिने  उद्देश्य रहेको छ ।’

 सिङ्गो गुल्मी जिल्ला र अर्घाँखाँची समेत कार्यक्षेत्र र कार्यालय रहेको मैत्री बहुउद्देश्यीय सहकारी संस्थाको प्रधान कार्यालय सदरमुकाम तम्घासमा छ । शेयर सदस्य सङख्या १४ भन्दा बढि रहेको यो सहकारी संस्था जिल्लाबाट राज्यलाई सबै भन्दा बढि राजश्व बुझाउनेमा दरिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

प्रेम सुनार
प्रेम सुनार

 सुनार रातोपाटी प्रदेश ५ का विशेष प्रतिनिधि हुन् ।

लेखकबाट थप