शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

शिवहरी पौडेलको निर्देशनमा ‘लक्का जवान’ बन्ने

मङ्गलबार, १७ असार २०७६, ११ : ३३
मङ्गलबार, १७ असार २०७६

काठमाडौं – हाँस्यकलाकार शिवहरी पौडेलले पनि फिल्म निर्देशन गर्ने भएका छन् । ‘लक्का जवान’ नामक फिल्मबाट उनी ठूलो पर्दाको निर्देशक होमिन लागेका हुन् । 

हालै राजधानीमा कलाकार किरण केसीको जन्मदिनको अवसर पारेर आयोजित एक कार्यक्रममा ‘लक्का जवान’ निर्माण घोषणा गरिएको हो । ध्रुव पन्त र अनुसुया श्रेष्ठ पन्तको लगानी रहने फिल्ममा सह निर्माताको रुपमा किरण र अभिनेता दीलिप रायमाझी रहेका छन् ।

फिल्ममा अभिनेता दीलिप रायमाझीको छोरी दिव्या अभिनेत्रीको रुपमा डेब्यु गर्ने चर्चा छ । आमा बंगालमुखी फिल्म प्रोडक्सन प्रा.लिको ब्यानरमा निर्माण हुने फिल्म पारिवारिक तथा कमेडी कथामा निर्माण हुने शिवहरीले जानकारी दिए ।

फिल्मको कलाकार र प्राबिधिक पक्षको अहिले छनौट भइरहेको शिवहरीको भनाई रहेको छ । ‘प्वाक्क मुखमा हान्नु जस्तो’ संवादले चर्चित शिवहरी फिल्मको छायाँकन पनि छिट्टै गर्ने आफ्नो कोसिर रहने बताउँछन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप