शुक्रबार, १२ पुस २०८१
ताजा लोकप्रिय

'नर्मल डेलिभरी सय गुणा राम्रो तर धेरै महिला आफै अप्रेशन रोज्छन्'

परोपकार प्रसुति तथा स्त्रीरोग अस्पतालका निर्देशक डा. जागेश्वर गौतमसँगको अन्तरवार्ता
मङ्गलबार, १७ असार २०७६, ११ : ०३
मङ्गलबार, १७ असार २०७६

नेपालमा पछिल्लो वर्षको तथ्याङ्कलाई हेर्ने हो भने अस्पतालमा डेलिभरी गराउने महिलाहरुको संख्या बढ्दै गएको देखिन्छ । साथसाथै अप्रेशनबाट शिशु जन्माउने महिलाहरुको संख्या पनि बढ्दै गइरहेको छ । जुन आमाको स्वास्थ्यको हिसाबले राम्रो होइन । अप्रेशनबाट शिशु जन्माउने महिलाहरुमा पनि धेरै जसो सहरी क्षेत्रका रहेका छन् । नर्मल डेलिभरीले महिलालाई हुने फाइदा, अप्रेशनपछि आउने जटीलता र अप्रेशन गराउनुपर्ने कारण लगायत विविध सवालहरुका बारेमा हामीले परोपकार प्रसुति तथा स्त्रीरोग अस्पताल थापाथलीका निर्देशक डा. जागेश्वर गौतमसँग कुराकानी गरेका छौँ ।

प्रत्येक वर्ष प्रसुतिगृहमा सुत्केरी गराउने महिलाको संख्या कति छन् ? त्यस मध्ये निधन हुने आमा र शिशुको संख्या कति छन् ?

परोपकार प्रसुति तथा स्त्रीरोग अस्पतालमा यो वर्ष सुत्केरी महिलाको संख्या २३ हजार हुने आँकलन गरिएको छ । अझै आर्थिक वर्ष सकिन बाँकी नै छ । गएको वर्ष २० हजार ७ सय ८२ जनाको सुत्केरी भएको थियो । अन्तिम वर्षमा २ जना आमाको निधन भएको थियो ।

शिशुको निधनको कुरा गर्नुपर्दा कोही पहिलानै पेटमै शिशु मरेपछि अस्पताल आउने, कोही सुत्केरी गराउँदा गराउँदै निधन हुने पनि हुन्छन् । त्यसबाहेक कोही सुत्केरी भइसकेपछि निधन हुने हुन्छ । त्यो हिसाबमा हेर्ने हो भने वर्षमा २ सय जना शिशुको निधन हुने गरेको छ । धेरै जसो घटनामा भने शिशुको निधन भइसकेपछि अस्पताल आउने छन् ।

बाल तथा मातृमृत्युदर नियाल्ने हो भने त्यसो हुनुका कारण के पाउनु हुन्छ ?

शिशु, आमाको निधन भएको कुराहरुलाई नियाल्दा अहिले हुने निधन धेरै जसो गर्भावस्थामा हुने जटीलताले हुने गर्छ । आमाको पेटभित्र, बच्चा पाठेघरमा हुँदा पानीको पोकाभित्र हुन्छ । र डेलिभरीको प्रक्रियामा पोकाको पानी कहिलेकाहीँ रगतको नशातिर, आमाको रक्तप्रणालीमा छिर्न सक्छ । त्यस्तो हुँदा फोक्सोमा समस्या भएर आमाको निधन हुने सम्भावना हुन्छ । त्यस्तै, बच्चा जन्माउने क्रममा रगत पनि बग्ने गर्छ । त्यसरी बगेको रगतलाई नियन्त्रण गर्ननसक्दा आमाको निधन हुने सम्भावना हुन्छ । कहिलेकाहीँ सुत्केरी भएपछि यति धेरै रगत बग्छ कि त्यो बिरामीको अप्रेशन गरेर पाठेघर निकाल्दा पनि बचाउन गाह्रो हुन्छ । सामान्यतः एउटा मानिसको शरीरमा ५–६ लिटर रगत हुन्छ । तर सुत्केरी हुने क्रममा दुई लिटर बग्यो भने पनि उसलाई बचाउन गाह्रो —गाह्रो हुन्छ । त्यसैगरी, सुत्केरी हुने दौरानमा अचानक रक्तचाप धेरै बढ्ने, मान्छे काँप्ने र काप्दा काँप्दै बान्ता गर्ने स्थिति पनि आउन सक्छ । त्यो स्थितिमा वान्ता सर्कियो भने सुत्केरीमा ‘पल्मोनरी इडिमा’ भन्ने समस्या पनि देखापर्न सक्छ । त्यस्तै, मस्तिष्कमा रक्तस्राव हुने, मृगौलाले काम नगर्ने, रक्तचाप थेग्न नसकेर कलेज फुट्ने लगायतका कारणले पनि सुत्केरी आमाको मृत्यु हुन सक्छ ।

कुन—कुन विधिबाट प्रसुतिगृहमा सुत्केरी गराइदै आइएको छ ? पछिल्लो वर्षमा प्रसुतिगृहमा सबैभन्दा बढी कुन विधिबाट र सबैभन्दा कम कुन विधिबाट बच्चा जन्माइयो ?

सुत्केरी गर्ने मुख्यत ३ वटा विधि हामीले अंगीकार गरेका छौं । एउटा स्वभाविक डेलिभरी । यसमा सुत्केरी गराउने घरहरु बढाउनुपर्ने हुन्छ । यसमा सुत्केरीलाई सहयोग हुने गरी, बेथा लाग्ने, डेलिभरी हुन सहयोग गर्ने औषधीहरु प्रयोग गर्छाैँ । यसरी गराइने डेलिभरी  ७१ प्रतिशत रहेको छ । २८ देखि २९ प्रतिशत त सिजेरियन सेक्सनबाट डेलिभरी हुन्छ ।  बाँकी एक दुई प्रतिशत भ्याकुम, फोरसेप्सबाट गरिने डेलिभरी पर्छन् ।

विभिन्न तथ्यांकहरुले के देखिएको छ भने पछिल्लो समयमा स्वास्थ्य संस्थाहरु र स्वयं गर्भवती महिलाहरुमा पनि नर्मल डेलिभरीभन्दा बढी अप्रेशनबाट डेलिभरी गराउने प्रवृत्ति बढ्दै गइरहेको छ । यसो हुनुको कारण के हो ?

म २५ वर्ष देखि यही क्षेत्रमा काम गर्ने सिलसिलामा मैले पनि अनुभव गरेको छु कि अपरेशबाट बच्चा जन्माउने प्रवृत्ति बढ्दै गइरहेको छ । सन् १९९५ मा प्रसुतिगृहमा सिजेरियन सेक्सनबाट बच्चा जन्माउने दर १३ प्रतिशत थियो । अहिले त्यो संख्या बढेर २९ प्रतिशत पुगेको छ ।

विश्वमा नै नर्मल सुत्केरी गराउनेको दाजोमा अप्रेशनबाट सुत्केरी गराउनेको संख्या बढ्दो छ । ब्राजिलमा यो वर्ष अप्रेशनबाट बच्चा जन्माउने ७८ प्रतिशत रहेका छन् । अमेरिकामा ४० प्रतिशत, युकेको २८, नेपालमै पनि टिचिङ, पाटन, अस्पतालमा अप्रेशनबाट सुत्केरी गराउँनेको संख्या ५० प्रतिशत रहेको छ भने विराटनगरमा ४५ प्रतिशत छ । भरतपुरको ३५ प्रतिशत छ भने हामी कहाँ २९ देखि ३० प्रतिशतको हाराहारीमा छ । यी सबै  बढी नै हो ।

यसरी अपरेशनबाट बच्चा जन्माउने क्रम बढ्नुमा मुख्यतः ३ वटा कारण रहेका छन् ।

पहिलो, समाज अनुशासित भयो भने नर्मल डेलिभरीको संख्या बढ्न सक्छ । अहिले बच्चा जन्माउने क्रममा चिकित्सकहरुले पनि जोखिम मोल्न कमै चयार हुन्छन् । बच्चा जन्माउने क्रममा कुनै कारणवश बच्चा या एउटा आमा तलमाथि प¥यो भने अस्पताल नै संचालन गर्न नसकिने स्थिति पैदा हुन्छ । त्यसो हुनुको कारण जेसुकै होस्, सोझै दोषजति अस्पताल र चिकित्सकमाथि थोपरिन्छ । त्यसैले  त्यो जोखिम लिनुको सट्टा केही सामान्य समस्या देखियो भने पनि अप्रेशन गर्नेतिर लागिन्छ । सरकारले कानून व्यवस्था कायम गरिदिने हो, भवितव्य वा दुर्घटनाहरुलाई नै पनि जबरजस्ती लापरवाही भन्दै हुलहुज्जत हुने कुरालाई रोकथाम गरिदिने हो भने अहिले पनि अप्रेशनबाट सुत्केरी गराउने प्रसुतिगृहको २९ प्रतिशतलाई २५ मा झार्न सकिन्छ । त्यो सम्भव छ । अरु अस्पतालमा पनि मोटामोटी स्थिति यही नै हो ।


कतिपय गर्भवतीहरु सम्झाउँदा नर्मल डेलिभरीको लागि तयारी हुन्छन् । त्यसअनुसार, नर्मल डेलिभरीको लागि ठिक्क प्लान गरेर राखेको छ तर श्रीमान, सासु आमा, बाबु, ससुरा अर्थात् परिवारका सदस्यहरु आएर मेरा आफन्त गर्भवतीले सामान्य प्रक्रियाबाट बच्चा जन्माउन सक्दैन, उसलाई गाह्रो पर्छ, अप्रेशन गरेर नै बच्चा निकालिदिनुहोस् भन्ने कुरा गर्छन् । अब चिकित्सकले कति जनालाई सम्झाउँने ?


 दोस्रो, अहिले कतिपय महिलाहरु आफै नर्मल डेलिभरी गराउँन चाहँदैनन् । डाक्टरहरुले पैसा र अरु कुराको लागि सिजेरियन सेक्सन बढाउँदै लगे भन्ने खालको गुनासो आईरहेको छ । यसलाई मैले सुष्म रुपमा अध्ययन गरिरहेको छु । तर त्यस्तो कुरा भन्दा पनि बिरामी आफै नर्मल डेलिभरी गर्न चाहान्नन् । नर्मल डेलिभरी गर्नको लागि व्यक्ति आफैले बुझ्नुपर्ने हुन्छ । नर्मल डेलिभरी सिजेरियन भन्दा सय गुणा राम्रो छ । खर्च कम लाग्ने, सुत्केरी आमामा हुने विभिन्न समस्याको सम्भावना कम रहने, पछि दोस्रो तेस्रो बच्चा जन्माउँदा नर्मल हुनसक्छ भनेर सम्झाउँदा पनि बिरामी तयार हुँदैन । मैले जीवनमा एउटा बच्चा जन्माउने हो डाक्टर साब म अप्रेशननै गर्छु भन्ने खालका कुरा गर्भवतीले गर्ने गर्छन् । यस्ता कुराले चिकित्सकहरुलाई पनि गाह्रो हुन्छ ।

कतिपय गर्भवतीहरु सम्झाउँदा नर्मल डेलिभरीको लागि तयारी हुन्छन् । त्यसअनुसार, नर्मल डेलिभरीको लागि ठिक्क प्लान गरेर राखेको छ तर श्रीमान, सासु आमा, बाबु, ससुरा अर्थात् परिवारका सदस्यहरु आएर मेरा आफन्त गर्भवतीले सामान्य प्रक्रियाबाट बच्चा जन्माउन सक्दैन, उसलाई गाह्रो पर्छ, अप्रेशन गरेर नै बच्चा निकालिदिनुहोस् भन्ने कुरा गर्छन् । अब चिकित्सकले कति जनालाई सम्झाउँने ?

नर्मल डेलिभरीका प्रक्रियामा ठिकक परेका गर्भवती व्यथा लाग्न सुरु भएपछिको पीडालाई खप्न नसक्दा पनि अपरेशनका लागि जोड दिने गर्छन् । व्यथा लाग्न सुरु भइसकेपछि सयमा ९५ प्रतिशत महिलालाई अप्रेशन गरेर बच्चा निकालिदिए पनि हुन्थ्यो भन्ने महसूस हुन थाल्छ । जसले ६ देखि १० घण्टाको व्यथाको पीडा खप्ने, सहने आँट गर्छ, उसको ७५ प्रतिशत नर्मल डेलिभरी हुन्छ । जसले पिडालाई सहन सक्दैन, त्यो अवस्थामा मान्छेको सिजेरियन हुन्छ ।

यो पनि पढ्नुहोस्

सी सेक्सन डेलिभरी : पैसा कमाउनकै लागि हुन्छ अप्रेसन !

हुर्काइँदै छ डरलाग्दो प्रवृत्ति : बच्चा जन्माउन धमाधम पेट चिर्दै निजी अस्पताल !

यसमा चिकित्सक, नर्सको पनि तालिमको कुरा पनि जोडिएर आउँछ । म यहाँ काठमाडौँ आउनुअघि गोर्खामा एक वर्ष काम गरेको थिए । त्यहाँ सबै डेलिभरीको केस मैले हेर्ने गरेको थिएँ । त्यहाँ अप्रेशन गर्नेको संख्या १३ प्रतिशत मात्रै हुन्थ्यो । मैले मात्रै काम गर्ने हो भने प्रसुतिगृहमा पनि अप्रेशनबाट बच्चा जन्माउने दरलाई २० प्रतिशत भन्दा माथि जानदिन्नँ थिए । किनभने फोर्सेप, भ्याब्कुम, गर्भमा उल्टो बसेको बच्चा लगायत सबै किसिमको डेलिभरी गराउन सक्ने क्षमता र अनुभव मसँग छ । तर आजका डाक्टरहरुसँग यो क्षमता विस्तारै कम हुँदै गइरहेको छ । त्यसले गर्दा सजिलो, कम झन्झटिलो उपायको रुपमा अप्रेशन गर्नेको संख्या बढ्दो छ ।

सिजेरियन सेक्सन पहिला एकदमै गाह्रो अप्रेशन थियो । अहिले सिजेरियन सेक्सनको टेक्निक पनि सजिलो छ यसकारणले पनि बढेको देखिन्छ ।

मुख्य कुरा के भने आज पनि नेपालमा सिजेरियन सेक्सन गर्न नपाएर अकालमा ज्यान गुमाउनु परेको छ । कतिपय अवस्थामा महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयले हेलिकोप्टरबाट उद्धार गरिरहेको छ । नेपालका सबै जिल्लामा सिजेरियन राख्न सम्भव छैन हेलिकोप्टरबाट उद्धार गर्दा सजिलो हुन्छ भन्ने कुरा हामीले ७ वर्षअगाडि नै अघि सारेका थियौँ । त्यस्ता बिरामी त्यो ठाउँमा अप्रेशन गर्न ठाउँ नभए हामी कहाँ ल्याउँनु परेको हो नि । त्यसो भएर मलाई लाग्छ सिजेरियन सेक्सन सहरमा बढी गाउँमा कम छ ।

हामीले गरेको एक खोजमा के देखिएको थियो भने राजधानीका कतिपय प्रमुख अस्पतालहरुमा सिजेरियन विधिबाट बच्चा जन्माउने घटना अत्यधिक छन् ? एउटा विशेषज्ञ चिकित्सकको हैसियतले बनाइदिनुहोस् न नर्मल डेलिभरीका फाइदाहरु के के हुन् र कुन अवस्थामा चाहिँ सिजेरियन गर्नैपर्ने हुन्छ ?

नर्मल डेलिभरी धेरै राम्रो कुरा हो । मानव उत्पत्ति अहिले भएको होइन । यो पहिला देखिनै चल्दै आएको   कुरा हो । नर्मल डेलिभरी समय पुगे पछि धेरै जसोमा बेथा सुरु हुन्छ । नर्मल डेलिभरीबाट बच्चा जन्माउँदा रगत कम बग्छ, संक्रमण तथा शरीरको भित्री भागहरुमा चोटपटक लाग्ने सम्भावना कम हुन्छ । नर्मल डेलिभरीबाट बच्चा ज्न्माउने आमा छिटो तंग्रन्छन्,  छिटो उठेर आफ्नो काममा फर्किन सक्छ, छिटो बच्चालाई स्यार्हान सक्छ, दूध सजिलै खुवाउन सक्छ र पछि आन्द्राहरु जोडिएर अप्रेशन गर्दा हुने समस्या चाहिँ नर्मल डेलिभरीमा हुँदैन । अर्काे पटक पनि बच्चा जन्माउँदा डेलिभरी नर्मल नै हुने सम्भावना हून्छ ।


बच्चाको कुरा गर्नु पर्दा कहिले काहीँ महिना नपुगी बच्चा जन्मिने सम्भावना हुन्छ । किनभने नर्मल डेलिभरी त समय पुगेपछि आफै सुरु हुन्छ । तर अप्रेशन त प्राकृतिक कुरा होइन, त्यही भएर प्रि—म्याच्यूरिटी हुने चान्स हुन्छ । नर्मल डेलिभरीको दौरानमा जुन संघर्ष गरेर बच्चा जन्मिन्छ, त्यस्तो बच्चामा अलिकति स्टामिना पनि हुन्छ । तर सिजेरियन सेक्सन गरेको बच्चाले त्यो संघर्ष गर्नुपर्दैन । प्रि म्याच्यूरिटी बाहेक सिजेरियन गरेको बच्चामा त्यस्तो खासै समस्या भने हुँदैन ।


यति भन्दाभन्दै सबैमा नर्मल डेलिभरी नै हुन्छ भन्ने हुँदैन । केसको जटीलता हेरेर कतिपयमा त  अप्रेशन गर्नुनै पर्छ । पहिला अप्रेशन गरेर बच्चा जन्माएको छ भने अप्रेशन नै गर्नुपर्ने हुन्छ । जस्तो प्रसुतिगृहमा २९ प्रतिशत सिजेरियनबाट जन्मने गर्छ । त्यसमा १३ प्रतिशत पहिलो पटक गरिएको हुन्छ भने बाँकी  १६ प्रतिशत पहिला बच्चा जन्माउँदा अप्रेशन गरेको कारणले अप्रेशन गर्छौं । कोही मान्छेले एउटा मात्रै बच्चा जन्माउँने हो भने दोस्रो पटक अप्रेशन गर्नु परेन । एउटा मात्रै बच्चा जन्माउने हो भने पनि सिजेरियन सेक्सन घटेर जान्छ । किनभने अप्रेशन गरेको कारणले अर्काे बच्चा जन्माउँदा अप्रेशन गर्नुपरेन । अर्काे कुरा, गर्भमा रहेका बच्चालाई गाह्रो हुँदा, आमाको रक्तचाप बढ्दा, मधुमेह, बच्चा उल्टो, तेर्साे     ठूलो छ, बच्चा धेरै बढ्न सकेको छैन भने पनि अवस्था हेरेर अप्रेशन गर्नुपर्ने हुन्छ । यस्तै गर्भमा बच्चा खेल्ने पानी कम भएर अथवा टेष्टट्यूब बेबी गरेका छन् भने पनि खतरा बढी हुने भएकोले  हामीले नर्मल डेलिभरी गराउँर्दैनौँ । एआरटी गरेको छ भने अप्रेशन गर्छाैं । यस्ता विविध कारणहरु छन्, जसले गर्दा सिजेरियन डेलिभरी गराउनुपर्ने हुन्छ ।

अप्रेशनबाट जन्मेका बालबालिका या आमामा कस्ता—कस्ता खालको समस्याहरु देखा पर्न सक्छन् ?

आमामा आउने समस्याको बारेमा त मैले माथि भनिसकेको छु । रगत धेरै बग्ने, संक्रमणको सम्भावना धेरै हुँने, काममा फर्किन समय लाग्ने, बच्चालाई दूध खुवाउन गाह्रो हुन्छ । पछि पनि अप्रेशन गर्नुपर्ने हुन्छ भने कहिले काहीँ आन्द्राभुँडी, ब्लाडरमा पनि चोट लाग्ने सम्भावना बढी हुन्छ ।

बच्चाको कुरा गर्नु पर्दा कहिले काहीँ महिना नपुगी बच्चा जन्मिने सम्भावना हुन्छ । किनभने नर्मल डेलिभरी त समय पुगेपछि आफै सुरु हुन्छ । तर अप्रेशन त प्राकृतिक कुरा होइन, त्यही भएर प्रि—म्याच्यूरिटी हुने चान्स हुन्छ । नर्मल डेलिभरीको दौरानमा जुन संघर्ष गरेर बच्चा जन्मिन्छ, त्यस्तो बच्चामा अलिकति स्टामिना पनि हुन्छ । तर सिजेरियन सेक्सन गरेको बच्चाले त्यो संघर्ष गर्नुपर्दैन । प्रि म्याच्यूरिटी बाहेक सिजेरियन गरेको बच्चामा त्यस्तो खासै समस्या भने हुँदैन ।

बुँदागत रुपमा भन्नु पर्दा प्रसुतिगृहमा सेवा प्रदान गर्दा आइपर्ने समस्याहरु केके हुन् ?

हाम्रो सबै भन्दा ठूलो समस्या भनेको विरामीको चाप नै हो । म ४ वर्ष देखि निर्देशकका रुपमा यहाँ छु । पहिला म आउँदा १८ हजार डेलिभरी हुन्थे, अहिले २२, २३ हजार हुन्छ । ५ हजार डेलिभरी बढी हुनु भनेको अर्काे एउटा थप अस्पताल सञ्चालन गर्नु हो । ५ हजार मान्छेको डेलिभरी गर्नु भनेको सामान्य कुरा होइन । ओपीडीमा ५ वर्षअघि साढे ३ सय ४ सय जना बिरामी आउथे अहिले त्यो बढेर ७ देखि ८ सय पुगेको छ । जति हाम्रो ठाउँ थियो, त्यो पनि अहिले साघुरो भएको छ ।  बढ्दो बिरामीको चापले गर्दा पहिले आहा सफा कति राम्रो भनेको कुरा आज फोहोर देखिन थालेको छ । अर्काे समस्या भनेको प्रसुतिगृहमा कर्मचारीहरु धेरै जसो अस्थायी र करारमा छन् ।

यहाँका कर्मचारीलाई स्थायी गर्ने प्रक्रियाको थालनी गर्न पहिलेदेखि नै ढिला भएको छ । जसले गर्दा कर्मचारीमा समस्या छ । अर्काे समस्या भनेको बजेटको समस्या हो । जस्तो प्रसुतिगृहमा अहिले ८ सय जना कर्मचारी छन् । यि सबै कर्मचारीको तलब भत्ता नेपाल सरकारले दिँदैन । अब यसै वर्षको पनि हिसाब गर्ने हो भने १५ देखि १६ करोड तलबमा अनुदान आएको छ । त्यो हाम्रो कर्मचारीको संख्या गनेर पठाउने होइन एउटा निश्चित रकम नेपाल सरकारले पठाउँछ । २७ देखि २८ करोड तलबमा मात्रै जान्छ बाँकी १२ करोड अस्पतालको आन्तरिक स्रोत बाट नै गर्नुपर्ने भरपाई हुन्छ । १२ करोड पनि अस्पताललाई जुटाउन कुनै समस्या भएन तर नर्मल डेलिभरीको लागि १५ सय दिदै आईरहेको छ सरकारले जबकि त्यसका लागि खर्च चाहिँ २५ सय हुन्छ । सिजेरियन सेक्सनको लागि ७ हजार दिन्छ नेपाल सरकारले तर हाम्रो १० हजार खर्च हुन्छ । अब यो खर्च जुटाउनको लागि हामीले अल्ट्रासाउण्ड, ल्याब टेष्ट, बाहिर पसल कबलहरुबाट उठ्ने भाडाले भरथेग हुँदै आएको छ । यस पटक कुपण्डोलमा २९ वटा कबल बनाएका छौँ त्यसबाट भाडा लिएर, नर्सिङ कलेजहरुलाई प्राक्टिस गर्न दिने र त्यसबाट फि लिने लगायतका कुराबाट सरकारले हामीले तलब खर्चहरु पुरताल गद आइरहेका छौँ ।


परिवार नियोजनको साधन प्रयोग गर्ने ४५ प्रतिशत छन् नेपालमा । त्यो संख्या अहिले बढ्छ नै भन्न सक्ने अवस्था छैन । किन भने महिलाहरु घरमा छन् भने पुरुष विदेशमा छन् । परिवार नियोजन गर्नुपर्ने अवस्थानै झण्डै छैन भन्नुपर्ने बेला भयो । त्यसले गर्दा परिवार नियोजनको उपयोग दर चै बढ्ने अवस्था छैन ।


यसको अर्थ नेपाल सरकारले सहयोग गरेको छैन भन्न मैले खोजेको होईन । सरकारले विभिन्न कुरामा सहयोग गर्दै आइरहेको छ । यस पटक नेपाल सरकारको तर्फबाट प्रसुतिगृहलाई ३५ करोड बजेट विनियोजन गरेको छ । समितिबाट पनि १५ देखि २० करोड संकलन हुन्छ । तर अस्पतालको हिसाबमा त्यो बजेट पर्याप्त होइन । यो अस्पताल संसारकै धेरै डेलिभरी हुनेमध्येको एउटा अस्पताल हो ।

अर्काे समस्या भनेको कर्मचारीको वृत्तिविकास, चिकित्सकहरुको तालिममा पनि छ । मैले ४ वर्ष प्रयास गरेर ल्याप्रोस्कोपिक अप्रेशन सुरु गरें । नेपालमा सरकारी अस्पतालमा गाईनोको ल्याप्रोस्कोपिक सर्जरी यही अस्पतालमा मात्रै सुरु भएको हो । किन भने हामी केन्द्रीयस्तरको र यहाँ एमडी लेवलको पढाइ हुने भएको हुँदा सुरु भएको हो । नयाँ टेक्नोलोजी ल्याउनलाई पनि आर्थिक रुपमा गाह्रो छ ।

परिवार नियोजनका साधनहरुप्रति आम मानिसमा रहेको चेतना र त्यसको प्रयोगको स्थिति सन्तोषजनक छ कि छैन ? प्रसुतिगृहले प्रदान गर्ने परिवार नियोजनका साधनहरुमध्ये कुन साधन चाहिँ बढी मानिसहरुले रुचाउने गरेको पाइन्छ ?

परिवार नियोजनको साधन प्रयोग गर्ने ४५ प्रतिशत छन् नेपालमा । त्यो संख्या अहिले बढ्छ नै भन्न सक्ने अवस्था छैन । किन भने महिलाहरु घरमा छन् भने पुरुष विदेशमा छन् । परिवार नियोजन गर्नुपर्ने अवस्थानै झण्डै छैन भन्नुपर्ने बेला भयो । त्यसले गर्दा परिवार नियोजनको उपयोग दर चै बढ्ने अवस्था छैन । तर प्रसुतिगृहमा परिवार नियोजनको सबै साधनहरु उपलब्ध छन् । कन्डम, ओरल पिल्स, तिन महिने सुई, इम्प्लान्ट, कपरटी, स्थायी परिवार नियोजन महिला पुरुष सबैको लागि आवश्यक पर्ने देशमा उपलब्ध सबै साधनहरु रहेका छन् । तर जति मात्रामा उपयोग हुनु पर्ने त्यति भएको छ जस्तो मलाई लाग्दैन ।

अझै पनि गाउँघरमा चाहिएको बेलामा परिवार नियोजनको साधन नपाएको पनि गुनासो सुनिन्छ । त्यो पनि पूरा गर्नुपर्ने छ । अर्काे महत्वपूर्ण कुरा के छ भने परिवार नियोजनलाई मात्रै प्राथमिकता दिनुपर्ने कुरा छैन । अब परिवार संयोजनलाई पनि महत्त्व दिनुपर्ने देखिन्छ । परिवार नियोजन भनेको केवल बच्चा घटाउने मात्रै होइन, बच्चा नभएकालाई बच्चा दिने पनि हो । आईभिएफमा हामीले लगानी गर्नुप¥यो । अरु नयाँ प्रविधिमा लगानी गर्नुप¥यो ।

अब हामीले परिवार नियोजनलाई धेरै जोड गर्नुपर्ने बेला छैन । अहिलेभन्दा २० वर्ष पहिला एक जोडीले ५.६ बच्चा जन्माउनु पथ्र्याे भने अहिले घटेर २.३ भएको छ । त्यो घटेर २.१ भनेको रिप्लेसिङ पपुलेसन हो । २ तिर झर्ने हो भने पपुलेशन घटन थाल्छ । यसै त आउट माईग्रेसन धेरै छन् नेपालीहरुको त्यसमाथि परिवार नियोजनलाई एकदमै कन्ट्रोल ग¥यो भने आउने ५० वर्षमा नेपालमा काम गर्ने मान्छेको जनसंङख्या घटेर जान्छ । त्यसैले परिवार नियोजन भन्दा पनि परिवार संयोजनलाई धेरै जोड दिनु पर्छ । बच्चा धेरै हुनेलाई घटाउन कोशिस गर्ने नभएकालाई बच्चा दिनको लागि सेवा सुविधाहरु जिल्लासम्म उपलब्ध गराउनु पर्छ ।

केन्द्रीय स्तरको, सिफारिश गरिने अस्तालसमेत रहेको हिसाबले प्रसुति गृहमा विरामीको चाप अत्यधिक रहेको देखिन्छ । यसको स्वभाविक परिणाम भनेको अस्पतालमाथि अत्यधिक चाप पर्नुनै हो । त्यो चापलाई कसरी धान्नुभएको छ ?

हामीले व्यवस्थापनमा अलिकति चुस्तदुरुस्त बनाएका छौँ । जसको लागि बिहान ९ बजे देखि ३ बजेसम्म ओपीडी संचालन गरेका छौँ । साढे दुई ३ बजेसम्म पनि हाम्रो ओपीडी सकेको हुँदैन । हाम्रोमा लगनशील र मेहनति चिकित्सक तथा कर्मचारीहरु छन् । सबैले आफ्नो पूरा समय दिएर उपचार गर्छन् । अर्काे महिलाहरु धेरै भएको हुँदा कुनै पनि कामको लागि यहाँ धेरै चर्काे बोल्नु पर्दैन । म यहाँको निर्देशक हो मैले कहिले पनि मेरो कर्मचारीलाई नमिठोस्वर धेरै गर्नु पर्दैन । किनभने महिलाहरु तुलनात्मक रुपमा अनुशासित, लगनशील हुने गर्छन् र एकपटक भने पछि पुग्छ । महिला भएको ठाउँमा काम गर्न सजिलो छ । अर्काे कुरा नर्सिङ कर्मचारी पनि हामीले समितिबाट पुग्ने गरी राखेका छौँ ।

नेपाल सरकारको दरबन्दी त जम्मा ६८ वटा छ । ८ सय कर्मचारीमा जम्मा ६८ वटा दरबन्दीले त सेवा प्रदान गर्न गाह्रो छ ।


महिनावारी गडबडी, बच्चा बस्नलाई अप्ठ्यारो हुने यो एउटा मुख्य समस्या हो । त्यस पछि संक्रमणको दर बढ्दो छ । अर्काे समस्या भनेको ट्युमर, क्यान्सर पनि हो । जस्तो पाठेघरको मुखको क्यान्सर, अण्डाशय, योनी, भल्वाको क्यान्सर र स्तन क्यान्सरको दर बढ्दो छ ।


अर्काे रुटिङ मिलाएको छु । अप्रेशन रुटिङमा हुन सकेन भने बिहान बेलुका अप्रेशन गर्न मिल्ने गरी इएचएस सेवा पनि ४ वर्षदेखि सञ्चालनमा छ । गत वर्ष मात्रै इएचएस सेवाबाट १ करोड २० लाखको कारोबार भएको थियो । यो सेवाले गर्दा पनि नाम लेख्ने समय कटेपछि आइपुग्दा आकस्मिक छैन भने त्यस्तो बिरामीले इएचएसमा गएर आफूले रोजेको चिकित्सकसँग जचाउँन सक्छ । कोही मान्छे अफिसमा काम गर्छ बेलुका आएर जचाउन चाहन्छ भने केही रकम तिरेर पनि सेवा लिन पाइन्छ । तर जो रकम तिर्न सक्दैन त्यस्ता नागरिकलाई हामीले इएचएसमा पठाउँदैनौँ ।

ओपिडीमा पनि लाइन बस्ने नियम छ । ६ देखि ७ वटा ओपीडी छुट्टा छुट्टै छ । बालबालिका, गाईनो, प्रसुति र सन्तान नभएको परिवारको लागि पनि छुट्टै ओपीडी रहेको छ । जेनतेन बहुत मेहनतका साथ हामीले सेवा प्रदान गरिरहेका छौँ । एमडी लेवलको पढाइ पनि हुन्छ यहाँ ५६ जना एमडी लेवलका रेजिडेन्ड चिकित्सकहरु पनि छन् ।

नयाँ भवनबाट सेवा सुरु भएको छ सेवा प्रदानमा सहजता थपियो होला नि ?

जरुर । आकस्मिक कक्ष सानो थियो अहिले ठूलो ठाउँमा राखिएको छ । डेलिभरी, वर्थिङ सेन्टर, ओटी, एमआईसियू, एनआईसियू बढाइएको छ । जसले गर्दा सेवा प्रदान गर्नलाई धेरै नै सहज भएको छ । बेड भएन भनेर नवजात शिशुलाई रिफर गर्नुपर्ने अवस्था अब कम भएर जान्छ ।

एउटा विशेषज्ञ चिकित्सको हैसियतले भन्नुपर्दा नेपाली महिलाहरुमा देखिएका प्रमुख प्रजनन स्वास्थ्य समस्या के—के हुन् ?

महिनावारी गडबडी, बच्चा बस्नलाई अप्ठ्यारो हुने यो एउटा मुख्य समस्या हो । त्यस पछि संक्रमणको दर बढ्दो छ । अर्काे समस्या भनेको ट्युमर, क्यान्सर पनि हो । जस्तो पाठेघरको मुखको क्यान्सर, अण्डाशय, योनी, भल्वाको क्यान्सर र स्तन क्यान्सरको दर बढ्दो छ । अर्काे समस्या भनेको यौन सम्पर्कबाट सर्ने रोगहरु एचआइभी, हेपाटाइटीस बि—सि, गनोरिया लगायतका समस्याहरु पनि अझै छँदैछन् । महिलाहरुको महिनावारी सुकिसके पछि हुने समस्या हड्डी खिईने, फ्याक्चर हुने, मान्छे कुप्रिने जस्ता समस्याहरु पनि बढ्दो  छ । 

सन् २०२० सम्म बच्चा जन्माउने क्रममा वा जन्माइसकेकेपछि मातृ मृत्युदरलाई प्रतिलाख १२५ मा झार्ने लक्ष्य राखिएको छ । तपाईंको विचारमा मातृमृत्युदरलाई लक्षित संख्यामा झार्नको लागि तत्कालै र तुरुन्तै गरिहाल्नुपर्ने कामहरु के के हुन सक्छन् ?

मातृ मृत्यदर घट्न त घटेको छ । हामीले सजिलो—सजिलो काम त गरिसक्यौँ । पहिलो नम्बरमा अब हामी अलि गम्भीरताका साथ लाग्नु पर्न छ । त्यसका लागि महत्त्वपूर्ण कुरा भनेको स्वास्थ्य संस्थामा डेलिभरी गर्ने यो पहँुच सबैलाई पुग्नुपर्छ । पहाड, तराई, हिमाल सबै ठाउँमा डेलिभरी स्वास्थ्य संस्थामा नै हुनु पर्छ  ।

दुई दक्ष प्रसुतिकर्मीबाट डेलिभरी हुनुपर्छ त्यसो ग¥यो भने मातृ मृत्यदर घटाउन सकिन्छ ।

डेलिभरी हुन सकेन भने सबै स्वास्थ्य संस्थामा सिजेयिन सेक्सनबाट अपरेशन गर्न सम्भव  हुँदैन । गर्नुप¥यो भने अथवा कुनै विकल्प अपनाउनुप¥यो भने त्यो सुविधा भएको संस्थासम्म पु¥याउनु पर्छ । त्यसको लागि जहाँ यातायातको सुविधा छ, त्यहाँ राम्रो एम्बुलेन्सको व्यवस्था, जहाँ यातायातको सुविधा छैन त्यहाँ हेलिकोप्टरबाट उद्धार गर्नुपर्छ ।

हामीले सबै महिलालाई सर्वोत्कृष्ट स्याहारसुसार दिनुपर्छ । अहिले नेपाल सरकारले ४ वटा एन्टिनेटल भिजिटको मापदण्ड बनाएको छ । अर्थात् गर्भवती भएपछि कम्तिमा ४ पटक अस्पतालमा जचाउनै पर्ने नियम हो । तर  त्यसले पुग्दैन, त्यसलाई कम्तिमा ६ पटक बनाइनु जरुरी छ । गर्भवती हुने वित्तिकै बच्चा पेटभित्र बस्यो कि, पाठेघरमा बस्यो कि, नलीतिर बस्यो भनेर छुट्याउने व्यवस्था छैन । गर्भवती हुने वित्तिकै बच्चा कहाँ बस्यो को छ भनेर हेर्नेु पर्ने भिजिट एउटा थप्नुपर्ने हुन्छ । यसो गरियो भने मातृ मृत्यदरलाई कम गर्न सक्छौँ । परिवार नियोजन सेवालाई प्रवर्धन गर्नुपर्छ, सुरक्षित गर्भपन सेवालाई राम्रो बनाउनु पर्छ र सबै ठाउँमा सेवा पु¥याउनुपर्छ । संक्रमणलाई न्यून गर्ने वा हटाउने तत्परताका साथ उपचार र डेलिभरी गर्नुपर्छ । स्वास्थ्य संस्था, चिकित्सक र नर्सहरुलाई पनि उपयुक्त तालिम दिनु पर्छ । जस्तो अहिले पनि डेलिभरी नर्सहरुले गर्ने चलन छ । अब मिडवाइफहरुले डेलिभरी गर्नुपर्छ । यसको अध्ययन प्रसुतिगृहकै नर्सिङ कलेजमा सुरु भएको छ । त्यसो गर्न सकियो भने नेपालको मातृ मृत्युदरलाई कम गर्न सकिन्छ भन्ने मलाई लाग्छ ।

नेपालका स्वास्थ्य संस्थाहरुको मुख्य समस्या भनेकै विरामीको चापको तुलनामा स्वाथ्यकर्मीको संख्या अति न्यून हुनु हो । यो समस्याबाट प्रसुतिगृह पनि मुक्त छैन ।  विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसार हेर्दा  पनि यहाँ प्राविधिक कर्मचारीहरुको अनुपात विरामीको तुलनामा अत्यन्तै कम रहेको र अधिकांशतः स्थितिमा त विद्यार्थीहरुले नै त्यसलाई धान्ने गरेको गुनासो पनि सुन्ने गरिन्छ । यसबारेमा के भन्नुहुन्छ ?

अहिलेसम्म नेपालको हिसाब गर्दा अपुगनै छ । नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ओएनएम संगठन र व्यवस्थापनको सर्वेक्षण गर्दैछ । यो गरेपछि मलाई लाग्छ उचित संख्यामा हामीले कर्मचारी पाउने छौँ । त्यो कुरा छिटो भन्दा छिटो गरेर यसलाई व्यवस्थापन गर्नुपर्छ । कर्मचारीलाई तालिमको व्यवस्था गर्नु पर्छ र कर्मचारीलाई स्थायी, वृत्तिविकास गर्ने लगायत कुरामा सरकारले हेर्नुपर्छ । त्यस्तो कुरालाई व्यवस्थापन गर्न सकियो भने सेवालाई प्रभावकारी बनाउन सकिन्छ जस्तो मलाई लाग्छ ।

टर्सरी लेभलको अस्तपाल हो प्रसुति गृह । तर यहाँ कर्मचारीको दरबन्दीहरु भद्रगोल देखिन्छ । यहाँको कर्मचारी आवश्यकता के हो ? अहिलेको दरबन्दी के हो ? के त्यो दरबन्दीले अस्पतालको आवश्यकतालाई धान्न सक्छ ?

अहिले भएको दरबन्दीले सेवालाई धान्न सक्दैन । ओएनएम गरेर वैज्ञानिक तरिकाले दरबन्दी व्यवस्थापन गर्नुपर्ने हुन्छ । पहिला—पहिला आईटीको जमाना थिएन अहिले आईटीको कुनै दरबन्दी नहुँदा सेवा करारमा कर्मचारीलाई लिएर काम गराइरहेका छौँ । जस्तो पहिला डेलिभरी धेरै हुन्थ्यो सिजेरियन सेक्सन कम हुन्थ्यो । पहिला अल्ट्रासाउण्ड गराउने चलन थिएन अहिले रेडियोलोजीष्ट, अल्टासाउण्डलोजिष्ट धेरै चाहिन्छ । यस्ता आवश्यक दक्ष्य कर्मचारीहरु बढाउँनु प¥यो, सहयोगी कर्मचारीहरु बढाउनेदेखि ब्लड बैँकलाई अपग्रेड गर्नुपर्ने अवस्था हुन्छ । सेवा बिस्तार हुँदै जाँदा त्यही किसिमको जनशक्ति पनि बढाउँदै लानु पर्छ । त्यो कुरा भइरहेको छैन ।

तर यो चाँडै हल हुने आशा गरौं । अहिले मन्त्रालयले पनि चासो दिएको छ । यो अस्पताल राम्रोसँग चलेको छ भन्ने पनि छन् । यसलाई अझ राम्रोसँग चलाउनु पर्छ भन्ने पनि छ । यो त महिलाहरुको उपचार गर्ने अस्पताल हो गएको १५, २० वर्षमा महिलाको हरेक क्षेत्रमा राम्रो सहभागिता पनि छ । मलाइ लाग्छ बिस्तारै यस्ता समस्याहरुलाई कमगर्न सकिन्छ होला । मेनपावरलाई विकास गर्न सक्छौँ होला ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अञ्जु तामाङ
अञ्जु तामाङ

 तामाङ रातोपाटीका लागि स्वास्थ्यसँग सम्बन्धित समाचार लेख्छिन् ।

लेखकबाट थप