समता सञ्चालक उत्तम सञ्जेल पत्नीसहित ३ विरुद्ध कर्तव्य ज्यानमुद्दा

कर्मचारी झुण्डिएको अवस्थामा फेला परेको घटना अनुसन्धान गर्न प्रहरीले बौद्धस्थित समता अस्पताल सञ्चालक उत्तम सञ्जेलकी श्रीमतीसहित तीन जनालाई नियन्त्रणमा लिई कर्तव्य ज्यान मुद्दामा अनुसन्धान थालेको छ ।
महानगरीय प्रहरी परिसर काठमाडौँका अनुसार उत्तम सञ्जेल पत्नी कला अधिकारीसहित अस्पतालकै कर्मचारी पितकुमारी श्रेष्ठ र संगीता केसीविरुद्ध कर्तव्य ज्यानमुद्दामा अनुसन्धान थालेको हो ।
गत असार ३ गते रामेछाप दोरम्बाकी २७ वर्षीया बिमला तामाङले अस्पतालमा झुण्डिएर आत्महत्या गरेपछि उनीहरुलाई नियन्त्रणमा लिई परिसरले सुरुमा केही अभद्र व्यवहारमा म्याद लिई अनुसन्धान थालेको थियो ।
तामाङलाई आत्महत्या गर्न बाध्य गरेको पाटोमा अनुसन्धान आवश्यक देखिएकाले कर्तव्य ज्यानमुद्दा चलाइएको परिसरका प्रहरी प्रमुख उत्तमराज सुवेदीले जानकारी दिए ।
अस्पतालभित्रै आत्महत्या गरेकी तामाङको साथबाट कला अधिकारीसहित केही कर्मचारीको नाम उल्लेख गरिएको सुसाइड नोट भेटिएको थियो ।
कागजमा तीर्थ र संगीताको नाम अंग्रेजी अक्षरमा लेखिएको थियो भने तेस्रो अक्षर ‘म्याम’ थियो । सो सुसाइड नोटको कागजलाई परीक्षण गर्न विधि विज्ञान प्रयोगशाला पठाइएको छ ।
सुसाइड नोटमा नाम उल्लेख गरिएको कारण आत्महत्या गर्न बाध्य पारिएको हो÷होइन त्यो पाटोमा उनीहरुविरुद्ध कर्तव्य ज्यान मुद्दामा अनुसन्धान भएको परिसरले जनाएको छ ।
तामाङले आत्महत्या गरेपछि आक्रोशित स्थानीय र तामाङको आफन्तलले अस्तालमा तोडफोड र नाराबाजी समेत गरेका थिए । तामाङको परिवारले भने आत्महत्या नभएको दाबी गर्दै आएको छ ।
यता, तामाङको शव पोस्टमार्टमको रिपोर्ट आइसकेको छ । जसमा तामाङले आत्महत्या गरेको देखिएको छ । मुलुकी फौजदारी संहितामा आत्महत्या गर्न दुरुत्साहन गरेको प्रमाणित भए कर्तव्य ज्यानमुद्दा चल्छ र प्रमाणित भए पाँच वर्ष सजाय हुने व्यवस्था छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भीम रावलको प्रश्न : महेश बस्नेत र पूर्णबहादुरको कुराको छानबिन हुनुपर्दैन ?
-
मनमोहन स्मृति क्रिकेट : त्रिभुवन आर्मी फाइनलमा
-
खुल्न थाले सामुदायिक विद्यालय
-
सन्तोषीको लन्डन म्याराथनमा नयाँ कीर्तिमान, सन्तोष गिनिज वर्ल्ड रेकर्डमा दर्ता
-
एकताको महाधिवेशन सफल बनाउन सघाउनु सरकारको पनि दायित्व हो : शर्मा
-
शिक्षक आन्दोलनले देशलाई पछाडि धकेल्छ : अध्यक्ष बिजुक्छे