डाक्टर श्रीमानले श्रीमती र दुई सन्तानको हत्या गरे, त्यसपछि झुण्डिएर गरे आत्महत्या
भारतको गुडगाव शहरमा एक डाक्टरले आफ्नी श्रीमती र दुई सन्तानको हत्या गरेका छन् । त्यसपछि उनी आफैंले झुण्डिएर आत्महत्या गरेको विभिन्न भारतीय संचार माध्यमले बताएका छन् । सोमबार चारैजनाको शव उनीहरु बसिरहेको फ्ल्याटमा भेटिएको छ । घटनास्थलमा पुलिसले एउटा सुसाइड नोट पनि भेटेको छ जसमा परिवारलाई राम्रोसँग चलाउन नसकेको लेखिएको छ ।
फार्मा कम्पनीमा काम गर्थे डाक्टरः रिपोर्ट
भारतीय मिडियामा प्रकाशित रिपोर्टका अनुसार प्रकाश सिंह (५०) एक फार्मा कम्पनीमा काम गर्दथे । डाक्टर प्रकाशकी श्रीमती कोमल एउटा ुस्कूल चलाउँथिन् । छोरी अदिती (१८) जामिया युनिभर्सिटीबाट ग्रेजुएशन गरिरहेकी थिइन् । छोरा आदित्य (१५) स्कूलमा पढ्थे ।
पुलिस अधिकारी सिलोचना गजराजले फ्ल्याटबाट श्रीमान्–श्रीमती र दुई सन्तानको शव भेटिएको पुष्टि गरे । उनले भने, ‘सुरुवाती अनुसन्धान गर्दा प्रकाशले सुरुमा श्रीमती कोमल र त्यसपछि दुई सन्तानको हत्या गरेको खुल्न आएको छ । त्यसपछि उनले झुण्डिएर आत्महत्या गरेको देखिएको छ ।’
उनले पोष्टमार्टम रिपोर्टपछि स्थिती थप स्पष्ट हुने बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इतर समूहका नेताहरूको एकै स्वरः गगन थापा नसच्चिए कांग्रेस फुट्छ
-
बर्थिङ सेन्टरमार्फत सुत्केरी सेवा लिने बढ्दै
-
तातो लहरको पूर्वानुमानलाई दिगो बनाइनुपर्छ
-
सहकारीद्वारा स्थानीय उत्पादनको ‘ब्राण्डिङ’
-
मानवसेवा आश्रम पुगेर गगनले आश्रितलाई खुवाए खाना, तस्बिरहरू
-
संविधान संशोधन सुझाव कार्यदल : एमालेले तथ्य र औचित्यका आधारमा प्रस्ताव तयार गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण