शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

डाक्टर श्रीमानले श्रीमती र दुई सन्तानको हत्या गरे, त्यसपछि झुण्डिएर गरे आत्महत्या

मङ्गलबार, १७ असार २०७६, ०८ : ३८
मङ्गलबार, १७ असार २०७६

भारतको गुडगाव शहरमा एक डाक्टरले आफ्नी श्रीमती र दुई सन्तानको हत्या गरेका छन् । त्यसपछि उनी आफैंले झुण्डिएर आत्महत्या गरेको विभिन्न भारतीय संचार माध्यमले बताएका छन् । सोमबार चारैजनाको शव उनीहरु बसिरहेको फ्ल्याटमा भेटिएको छ । घटनास्थलमा पुलिसले एउटा सुसाइड नोट पनि भेटेको छ जसमा परिवारलाई राम्रोसँग चलाउन नसकेको लेखिएको छ ।

फार्मा कम्पनीमा काम गर्थे डाक्टरः रिपोर्ट

भारतीय मिडियामा प्रकाशित रिपोर्टका अनुसार प्रकाश सिंह (५०) एक फार्मा कम्पनीमा काम गर्दथे । डाक्टर प्रकाशकी श्रीमती कोमल एउटा ुस्कूल चलाउँथिन् । छोरी अदिती (१८) जामिया युनिभर्सिटीबाट ग्रेजुएशन गरिरहेकी थिइन् । छोरा आदित्य (१५) स्कूलमा पढ्थे ।

पुलिस अधिकारी सिलोचना गजराजले फ्ल्याटबाट श्रीमान्–श्रीमती  र दुई सन्तानको शव भेटिएको पुष्टि गरे । उनले भने, ‘सुरुवाती अनुसन्धान गर्दा प्रकाशले सुरुमा श्रीमती कोमल र त्यसपछि दुई सन्तानको हत्या गरेको खुल्न आएको छ । त्यसपछि उनले झुण्डिएर आत्महत्या गरेको देखिएको छ ।’

उनले पोष्टमार्टम रिपोर्टपछि स्थिती थप स्पष्ट हुने बताएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप