शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

हंगकंगको संसद भवन भित्र प्रदर्शनकारीको ‘हिंस्रक व्यवहार’

मङ्गलबार, १७ असार २०७६, ०७ : ५९
मङ्गलबार, १७ असार २०७६

हंगकंगमा विवादित प्रत्यर्पण विधेयकको विरोध गरिरहेका प्रदर्शनकारी सोमबार संसद भवन छिरेका छन् ।

संसद भवन भित्र छिरेका प्रदर्शनकारीले तोडफोड पनि गरेका छन् । पुलिसले स्थिती नियन्त्रण गर्न लाठीचार्ज र अश्रुग्याँसको प्रयोग गरे ।

कडा मेहनतपछि पुलिसले यी प्रदर्शनकारीलाई संसद भवन र आसपासको इलाकाबाट टाढा राख्न सफल भए ।

प्रर्दशनकारीहरु संसद भवन भित्र निकै बेरसम्म बसिरहे । उनीहरु हंगकंगलाई ब्रिटेनबाट चीनलाई हस्तान्तरण गरिएको वर्षगाँठको उपलक्ष्यमा एकत्रित भएका थिए ।

आधा रातपछि पुलिसले सुरुमा प्रदर्शनकारीलाई चेतावनी दिए र पछि भवन खाली गराए ।

थुप्रै हप्तादेखि भइरहेको प्रदर्शनः

हंगकंगमा पहिले देखि नै उक्त प्रस्तावित विधेयकको विरोध भइरहेको छ । उक्त विधेयक पारित भएर कानून बनेको खण्डमा अभियुक्तलाई मुद्दा चलाउनका लागि चीन प्रत्र्यपण गर्न सकिनेछ ।

प्रदर्शनकारीका अनुसार चीनले यो कानूनको गलत प्रयोग गर्न सक्छ । यो कानूनको माध्यमले चीनले राजनीतिक रुपमा आफूलाई समर्थन नगर्ने व्यक्तिलाई निशाना बनाउने हो कि भन्ने चिन्ता व्यक्त गरिएको छ ।

 यस्तो अवस्थामा यो विधेयकमाथि पछिल्लो केही हप्तादेखि लगातार प्रदर्शन भइरहेको छ ।

सोमबार बिग्रियो स्थितीः

सोमबार दर्जनौं प्रदर्शनकारी संसद भवनमा छिरे । बेलुका पुलिस त्यहाँबाट हटेपछि सयौंको संख्यामा थप प्रदर्शनकारी त्यहाँ पुगे ।

प्रदर्शनकारीले संसद भवनको मुख्य सभास्थलमा हंगकंगको प्रतिक चिन्हमाथि कालो स्प्रे छरे र बेलायती औपनिवेशिक झण्डा फहराए ।

कतिले फर्निचर तोडे र भित्तामा नारा लेखे ।

समस्यामा परेकी हंगकंगकी नेता क्यारी लामले पत्रकार सम्मेलन गरेर संसद भवनमा छिरेर ‘हिंस्रक व्यवहार’ गर्नेहरुको आलोचना गरिन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप