बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

काठमाडौँको सिनामंगलमा दुर्घटनाः १६ जना घाइते, २ को अवस्था गम्भीर

मङ्गलबार, १७ असार २०७६, ०७ : ३२
मङ्गलबार, १७ असार २०७६

काठमाडौँको सिनामंगलस्थित सूचना विभागको कार्यालय अगाडि माइक्रोबस एकापसमा ठोक्किदा दुर्घटना भएको छ । दुर्घटनामा परि दुइवटै माइक्रो बसमा सवार १६ जना घाइते भएका छन् ।

मंगलबार बिहान ७ बजे गौशालाबाट सिनामंगल जाँदै गरेको बा ४ ख ५१०० नम्बरको हायस र सिनामंगलबाट गौशाला जाँदै गरेको बा १ झ ९७७६ नम्बरको माइक्रो एकापसमा जुध्दा दुर्घटना भएको महानगरीय प्रहरी परिसरका प्रवक्ता एवं डिएसपी  होविन्द्र बोगटीले जानकारी दिए ।

घाइते हुनेहरुमा १३ जना पुरुष र ३ जना महिला रहेका छन् । घाइतेहरुमध्ये सशस्त्र प्रहरीका हवल्दार भरत खत्रीको टाउको चोट लागी गभ्मीर घाइते भएका छन् । यसैगरी, माइक्रोबस चालक हिमाल काफ्लेको अवस्था पनि चिन्ताजनक रहेको प्रहरीले जनाएको छ । घाइतेहरुको काठमाडौँ मेडिकल कलेज (केएमसी) मा उपचार भइरहेको छ ।

दुवै सवारी साधन ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप