शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

फेसबुकमा केटीको विषयमा लफडा हुँदा साथीमाथि खुकुरी प्रहार

सोमबार, १६ असार २०७६, १८ : ५३
सोमबार, १६ असार २०७६

पोखरा– पोखराको बगरस्थित नयाँ गल्लिमा केटीको विषयमा लफडा हुँदा आफ्नै साथीमाथि खुकुरी प्रहार भएको छ । जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार फेसबुकमा केटीको विषयमा विवाद बढेपछि खुकुरी प्रहार भएको हो । 

फेसबुकमा कास्कीकोट घर भई बागलुङ बसपार्क बस्दै आएका १६ वर्षे विपिन सुवेदी र बगरका विजय तामाङको बीचमा चर्काचर्की पछि अवस्था खुकुरी प्रहारसम्म पुगेको प्रहरीले खुलाएको छ । दिउँसो करिब १ बजेतिर विपिनको समूहले विजयको समूहमाथि खुकुरी प्रहार गरेको प्रहरीले बताएको छ । 

खुकुरी प्रहार पछि विपिनको समुहको एकजनाको औंला काटीएको र विजयको टाउँकोमा चोट लागेको प्रहरीले जनाएको छ । खुकुरी प्रहार गर्ने समूह किशोरावस्थाका रहेको प्रहरीले बताएको छ । 
घटनापछि दुवै समुहलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख दानबहादुर कार्कीले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप