शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

पशुपतिमा दीपेन्द्रको ‘आमा’ मुहूर्त

सोमबार, १६ असार २०७६, १७ : १७
सोमबार, १६ असार २०७६

काठमाडौं –दीपन्द्र के खनालको निर्देशन रहने नयाँ फिल्म ‘आमा’को शुभ–मुर्हूत गरिएको छ । सोमबार पशुपति मन्दिरमा फिल्मको शुभमुहूर्त गरिएको हो । मुहूर्त कार्यक्रममा फिल्मका निर्देशक, निर्माता लगायत कलाकारको उपस्थिति रहेको थियो ।

आमा र छोरीको भावनात्मक सम्बन्धको कथामा ‘आमा’ बन्न लागेको हो । शर्मिला पाण्डेको निर्माण रहने फिल्म आफ्ना बजारमा आएको भन्दा उत्कृष्ट हुने निर्देशक दीपेन्द्रले बताए ।

काठमाडौं र रामेछापको बिभिन्न स्थानमा छायाँकन हुने फिल्मका सह–निर्मातामा सन्तोष अधिकारी हुन् । आउँदो फागुन ९ गते फिल्म प्रदर्शनमा आउनेछ ।

फिल्मको शीर्ष भूमिका अर्थात ‘आमा’को भूमिकामा कलाकार सूर्यमाला खनाल रहेकी छन् । उनको छोरीको भूमिकामा अभिनेत्री सुरक्षा पन्त छिन् । देशभक्त खनाल, सरिता गिरी, आशान्त शर्मा, मनिष निरौला, पदम बुढाको समेत फिल्ममा अभिनय रहनेछ । 
 
‘आमा’ नाममा बन्न् लागेको यो तेस्रो फिल्म हो । हीरासिंह खत्रीले वि.सं. २०२० र २०५१ सालमा रेसराज आचार्यले यो नाममा फिल्म बनाएका थिए । निर्देशक खनालले यसअघि बनेका ‘आमा’ भन्दा फरक कथा र उत्कृष्ट फिल्म बन्ने दाबी गरे ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप