बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

कश्मीरमा यात्रुवाहक बस दुर्घटना, ३५ जनाको मृत्यु

सोमबार, १६ असार २०७६, १३ : ५९
सोमबार, १६ असार २०७६

भारत प्रशासित कश्मीरमा एउटा मिनीबस अनियन्त्रित भएर खोल्सामा खस्दा कम्तिमा ३५ जना यात्रुको मृत्यु भएको छ भने १७ जना घाइते रहेका छन् ।

जम्मूका आइजीपी एमके सिन्हाका अनुसार बसमा करीब ५५ यात्रु सवार थिए । यो घटना स्थानीय समयअनुसार बिहान ७ः३० बजे सिर्गवाडी क्षेत्रमा भएको थियो ।

बस सडकबाट करीब १५० मिटर तल खोल्सामा खसेको थियो ।

दुर्घटनापछि उद्दार टोलीले घाइते यात्रुहरुलाई नजिकैको अस्पतालमा पुर्याएका थिए । उनीहरुको अवस्था चिन्ताजनक रहेको बताइएको छ ।

त्यस्तै, १० जनालाई थप उपचारका लागि जम्मु पुर्याइएको छ ।

२७ जना यात्रु बोक्ने क्षमता रहेको बसमा अध्याधिक यात्रु भएको कारण दुर्घटना भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान रहेको छ ।

अधिकारीहरुले यो दुर्घटना प्राविधिक कारणले भएको हो या ड्राइभरको कमजोरीले भएको भन्ने अनुसन्धान गरिरहेका छन् ।

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप