शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोज्ने पक्राउ

सोमबार, १६ असार २०७६, १३ : १५
सोमबार, १६ असार २०७६

काठमाडौं-काठमाडौं महानगरपालिका-१३ सोल्टीमोडबाट प्रहरीलाई नगद १ सय रुपैयाँ दिई आर्थिक प्रलोभनमा पार्न खोज्ने धादिङ धुनिवेसी नगरपालिका-५ बस्ने २५ वर्षीय सुभाष श्रेष्ठलाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । 

महानगरीय प्रहरी वृत्त कालीमाटीबाट खटिएको प्रहरी टोलीले बा.४ ख ९९८ नम्बरको ट्रक जाँच गर्ने क्रममा ढाला खोली सामान बोकेको कारणले कारबाही गर्न खोज्दा कारबाहीबाट बच्न उक्त नगद दिन खोज्दा सुभाषलाई प्रहरीले पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाइएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप