सोमबार कुन राशिका मानिसलाई के गर्दा शुभ ?
वि.सं.२०७६ साल असार १६ गते । सोमबार । ईश्वी सन् २०१९ जुलाई ०१ तारिख । नेपाल संवत् ११३९ । परिधावी संवत्सर । उत्तरायण । ग्रीष्म ऋतु । श्रीशाके १९४१ । आषाढ कृष्णपक्ष । तिथि चतुर्दशी,५३ घडी ०८ पला,रातको ०२ बजेर २८ मिनेट उप्रान्त औंशी । नक्षत्र रोहिणी,०९ घडी १० पला,बिहान ०८ बजेर ४३ मिनेट उप्रान्त मृगशिरा । योग गंड,३१ घडी ५७ पला,बेलुकी ०६ बजेर ०० मिनेट उप्रान्त वृद्धि । करण भद्रा,दिउसो ०३ बजेर ०२ मिनेट उप्रान्त शकुनि,रातको ०२ बजेर २८ मिनेट उप्रान्त चतुष्पद । आनन्दादिमा प्रवद्र्ध योग । चन्द्रराशि बृष,बेलुकी ०८ बजेर ४६ मिनेट उप्रान्त मिथुन ।
काठमाडौंमा सूर्योदय ०५ बजेर १३ मिनेट,सूर्यास्त बेलुकी ०७ बजेर ०२ मिनेट । दिनमान ३४ घडी ३२ पला ।
मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) बिभिन्न अवसर आएपनि समयको गतिसँग अगाडि बढन् नसक्दा पछि परिनेछ । आफन्त तथा कुटुम्बसँग मनमुटाव हुने योग रहेकोछ । सभासमारोहमा तयारि बिनानै दिईने प्रस्तुतिले कुनै अर्थ नराख्न सक्छ ध्यान दिनुहोला । पढाइ लेखाइमा कमजोर भएको महशुष हुनेछ भने नतिजा अरुतिरनै जानेछ । खानपानमा बिशेष ध्यान दिनुहोला खानपानको तालमेल नमिल्दा स्वास्थ्यमा समस्या आउनेछ ।
बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) प्रतिष्ठित काम गर्ने अवसर आउँनेछ भने बिशिष्ट ब्याक्तिहरु नजिकिने छन् । कन्फिडेन्ट पावर बढ्ने हुँदा उपलब्धि मुलक कामहरु बन्नेछन् । राजनीति तथा समाजसेवामा समय दिनेहरुले पद पाउँने समय रहेकोछ । व्यापार व्यावसाय फस्टाएर जाने तथा आम्दानीका स्रोतहरु फराकिला हुनेछन् । सुन्दर तथा विलासी सामानको प्रयोग मार्फत अरुको ध्यान आफूतिर आकर्षित गर्न सकिनेछ । प्रेममा रमाउँन चाहनेहरुका लागि समयले साथ दिनेछ ।
मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा) स्वास्थ्य सम्बन्धि सामान्य समस्याले सताउँन सक्छ खानपानमा ध्यान दिनुहोला । व्यापार व्यावसायमा बैदेशिक क्षेत्रसँग सम्बन्धित कारोबार फस्टाएर जानेछ भने बेदेशिक यात्राको तय गर्न सकिनेछ । परिवार तथा आफन्तजन तपार्ईँदेखि टाडिनेछन् । राज्यबाट दण्ड तथा जरिवाना हुन सक्छ काम गर्दा सजक भएर गर्नुहोला । मायाप्रेममा धोका हुनेछ । अनाबश्यक ठाउँमा बल प्रयोग हुनुको साथै बिद्या तथा प्रतिश्पर्धामा अरुभन्दा पछि परेको भान हुनेछ ।
कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,
सिहं (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) राजनीति तथा समाजसेवामा जनताको आलोचनात्मक समर्थन रहनेछ । व्यापार व्यावसायमा नाफा कमाउन निकै मिहिनेतगर्नुपर्ला । काममा खुट््टा तान्नेहरु सक्रिय रहनेछन् । पढाइ लेखाइमा अल्छि गर्नाले अरुभन्दा पछि परिनेछ । मायाप्रेममा अविश्वास बढ्नेछ । बुवा वा बुवासरहका मानिससँग मनमुटाव सिर्जना हुनेछ । खानपानमा ध्यान दिनुहोला सामान्य स्वास्थ्य सम्बन्धि समस्या आउनेछ ।
कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) लामो धार्मिक तथा शैक्षिक यात्रा गर्दा ध्यान दिनुहोला बाटोमा दुख हुनसक्छ । सामाजिक कामको सिलसिलामा व्यास्त हुने समय रहेको भएपनि प्रतिफल शुन्य जस्तै हुनेछ । राजनीति तथा समाजसेवामा गरिएको लगानी बालुवामा पानि जस्तै हुनेछ । मान सम्मान तथा इज्जत प्रतिष्ठामा दाग लाग्नसक्छ ख्याल गर्नुहोला । निति निर्माण तहमा तपार्ईँको सहभागिताले महत्वपुर्ण भुमिका खेल्ने भएपनि आफ्नै साथिहरुबाट आलोचना खप्नु पर्नेछ ।
तुला(रा,री,रु,रे,रो,ता,ती,तू,
बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) अन्य क्षेत्रमा व्यस्त हुँदा व्यापारमा व्यावसायमा घाटा हुनेछ । सवारि साधन तथा अन्य बस्तुहरुको प्रयोग गर्दा ख्याल गर्नुहोला नराम्रा घट्नाहरु घट्न सक्छ । प्रेममा एक अर्कालाई अबिश्वास गर्दा मनमुटाव बढ्नेछ । पढाइ लेखाइमा समय दिन नसक्दा अरुभन्दा पछि परिने अधिक सम्भावना रहेकोछ । व्यावसायिक यात्रा भएपनि गन्तब्य पहिल्याउँन हम्मे हम्मे पर्नेछ । खानपानमा ध्यान दिनुहोला स्वास्थ्य खराब हुन सक्छ ।
धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) बिवाद तथा प्रतिष्पर्धामा आज भाग नलिनुहोला ऋणात्मक नतिजा आउनेछ । व्यापार व्यावसायमा गरिएको लगानीबाट नाफा कमाउन निकैनै संघर्ष गर्नुपर्ला । बिद्यामा सोचेजस्तो प्रगति गर्न बढि नै समय दिनुपर्ला । सामान्य स्वास्थ्य सम्बन्धि समस्याले सताउनेछ । ऋणलाग्ने तथा खर्च बड्ने हुँदा मन चिन्तित हुनेछ । प्रेममा अबिस्वासको बाताबरण सिर्जना हुनेछ ।
मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,
कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,
मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) व्यावसायमा लगानी गरेपनि आम्दानीथोरै हुनेहुँदा दैनिक गुजारा गर्न गाह्रो हुनेछ । मायाप्रेममा धोका हुनेछ भने परिवारमा झै झगडा हुने सम्भावना अधिक रहेको छ । सामान्य स्वास्थ्य सम्बन्धि सामान्य समस्याले सताउँनेछ । बिद्यामा अरु भन्दा पछि परिने हुँदा मन खिन्न हुनेछ । समयमा काम नबन्ने हुँदा मनमा निरासा पैदा हुनेछ । दाजुभाई तथा छिमेकिसँगको सम्बन्धमा गिरावट आउँनेछ । यात्रा गर्दा ध्यान दिनुहोला गन्तब्यमा पुग्न केहि कठिनाईको सामना गर्नुपर्नेछ ।
तपाईको दिन शुभ रहोस् ।
यूवा ज्योतिषि डिपि भण्डारी
ज्योतिष परामर्ष सेवा केन्द्र
काठमाडौं फोन न.९८०८३०७२७५
नोट : चिना तथा टिप्पन बनाउँन,चिना हेराउँन तथा बास्तुसँग सम्बन्धित जानकारिको लागि अवस्य सम्झनुहोला ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे, १२ समाचार : मधेस प्रदेशको सरकार फेर्न कांग्रेस-एमालेले कम्मर कसेकोदेखि सरकारकै कारण अधिकांश ठूला आयोजना निर्माणमा ढिलाइसम्म
-
पाठेघरको क्यान्सर पीडित आमाको उपचारका लागि सहयोगको याचना गर्दै अनिता
-
जीवी राईलाई पक्राउ गर्न मलेसियाको गृहमन्त्रीसँग कुरा गरेको थिएँ : रवि लामिछाने
-
फिलिपिन्सको राजधानीमा भीषण आगलागी, दुई हजार परिवार घरबारविहीन
-
आत्मानन्द गोल्डकप : सिरिजङ्घाको विजयी सुरुवात
-
‘नेपाली साहित्यमा महिलाको भाषा आउनुपर्छ’