बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

सोमबार कुन राशिका मानिसलाई के गर्दा शुभ ?

सोमबार, १६ असार २०७६, ०६ : ०१
सोमबार, १६ असार २०७६

वि.सं.२०७६ साल असार १६ गते । सोमबार । ईश्वी सन् २०१९ जुलाई ०१ तारिख । नेपाल संवत् ११३९ । परिधावी संवत्सर । उत्तरायण । ग्रीष्म ऋतु । श्रीशाके १९४१ । आषाढ कृष्णपक्ष । तिथि चतुर्दशी,५३ घडी ०८ पला,रातको ०२ बजेर २८ मिनेट उप्रान्त औंशी । नक्षत्र रोहिणी,०९ घडी १० पला,बिहान ०८ बजेर ४३ मिनेट उप्रान्त मृगशिरा । योग गंड,३१ घडी ५७ पला,बेलुकी ०६ बजेर ०० मिनेट उप्रान्त वृद्धि । करण भद्रा,दिउसो ०३ बजेर ०२ मिनेट उप्रान्त शकुनि,रातको ०२ बजेर २८ मिनेट उप्रान्त चतुष्पद । आनन्दादिमा प्रवद्र्ध योग । चन्द्रराशि बृष,बेलुकी ०८ बजेर ४६ मिनेट उप्रान्त मिथुन । 
काठमाडौंमा सूर्योदय ०५ बजेर १३ मिनेट,सूर्यास्त बेलुकी ०७ बजेर ०२ मिनेट । दिनमान ३४ घडी ३२ पला । 
 

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) बिभिन्न अवसर आएपनि समयको गतिसँग अगाडि बढन् नसक्दा पछि परिनेछ । आफन्त तथा कुटुम्बसँग मनमुटाव हुने योग रहेकोछ । सभासमारोहमा तयारि बिनानै दिईने प्रस्तुतिले कुनै अर्थ नराख्न सक्छ ध्यान दिनुहोला । पढाइ लेखाइमा कमजोर भएको महशुष हुनेछ भने नतिजा अरुतिरनै जानेछ । खानपानमा बिशेष ध्यान दिनुहोला खानपानको तालमेल नमिल्दा स्वास्थ्यमा समस्या आउनेछ ।

बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) प्रतिष्ठित काम गर्ने अवसर आउँनेछ भने बिशिष्ट ब्याक्तिहरु नजिकिने छन् । कन्फिडेन्ट पावर बढ्ने हुँदा उपलब्धि मुलक कामहरु बन्नेछन् । राजनीति तथा समाजसेवामा समय दिनेहरुले पद पाउँने समय रहेकोछ । व्यापार व्यावसाय फस्टाएर जाने तथा आम्दानीका स्रोतहरु फराकिला हुनेछन्  । सुन्दर तथा विलासी सामानको प्रयोग मार्फत अरुको ध्यान आफूतिर आकर्षित गर्न सकिनेछ । प्रेममा रमाउँन चाहनेहरुका लागि समयले साथ दिनेछ ।

मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा) स्वास्थ्य सम्बन्धि सामान्य समस्याले सताउँन सक्छ खानपानमा ध्यान दिनुहोला । व्यापार व्यावसायमा बैदेशिक क्षेत्रसँग सम्बन्धित कारोबार फस्टाएर जानेछ भने बेदेशिक यात्राको तय गर्न सकिनेछ । परिवार तथा आफन्तजन तपार्ईँदेखि टाडिनेछन् । राज्यबाट दण्ड तथा जरिवाना हुन सक्छ काम गर्दा सजक भएर गर्नुहोला । मायाप्रेममा धोका हुनेछ । अनाबश्यक ठाउँमा बल प्रयोग हुनुको साथै बिद्या तथा प्रतिश्पर्धामा अरुभन्दा पछि परेको भान हुनेछ ।

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) बिभिन्न भौतिक तथा विलासी सामानहरु जुट्नेछन् भने भविश्यमा आम्दानीहुने व्यावसायमा लगानी  गर्न सकिनेछ । आएस्रोतका बाटाहरु फराकिला हुनेछन् भने कृषि तथा पशुपालन व्यावसाय फस्टाएर जानेछ । पढाइ लेखाइमा मनग्गे आम्दानीगर्न सकिनेछ भने शिक्षा क्षेत्र सँग सम्बन्धित व्यावसायबाट मनग्गे आम्दानीहुनेछ । माया प्रेममा नजिक हुने समय रहेकोछ ।
 

सिहं (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) राजनीति तथा समाजसेवामा जनताको आलोचनात्मक समर्थन रहनेछ । व्यापार व्यावसायमा नाफा कमाउन निकै मिहिनेतगर्नुपर्ला । काममा खुट््टा तान्नेहरु सक्रिय रहनेछन् । पढाइ लेखाइमा अल्छि गर्नाले अरुभन्दा पछि परिनेछ । मायाप्रेममा अविश्वास बढ्नेछ । बुवा वा बुवासरहका मानिससँग मनमुटाव सिर्जना हुनेछ । खानपानमा ध्यान दिनुहोला सामान्य स्वास्थ्य सम्बन्धि समस्या आउनेछ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) लामो धार्मिक तथा शैक्षिक यात्रा गर्दा ध्यान दिनुहोला बाटोमा दुख हुनसक्छ  । सामाजिक कामको सिलसिलामा व्यास्त हुने समय रहेको भएपनि प्रतिफल शुन्य जस्तै हुनेछ । राजनीति तथा समाजसेवामा गरिएको लगानी बालुवामा पानि जस्तै हुनेछ । मान सम्मान तथा इज्जत प्रतिष्ठामा दाग लाग्नसक्छ ख्याल गर्नुहोला । निति निर्माण तहमा तपार्ईँको सहभागिताले महत्वपुर्ण भुमिका खेल्ने भएपनि आफ्नै साथिहरुबाट आलोचना खप्नु पर्नेछ  ।

तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते) बाटो हिड्दा वा सवारि चलाउँदा ख्याल गर्नुहोला समय मध्ययम रहेकोछ । पानिसँग सम्बन्धित व्यावसाय खस्केर जाने योग रहेकोछ । स्वास्थ्यमा समस्या देखापर्ने तथा औषधि उपचार खर्च बढ्ने योग रहेकोछ । मन कमजोर हुनेहुँदा पढाइ लेखाइमा मन जानेछैन भने अरुभन्दा पछि परिनेछ । परिस्थितिले ऋण लगाउँने तथा बिभिन्न समस्याहरुको सामना गर्नुपर्नेछ । घरपरिवारमा आफन्तबिच मनमुटाव बढ्ने तथा माया प्रेममा गलत बुझाईले समस्या निम्त्याउँन सक्छ सचेर रहनुहोला ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) अन्य क्षेत्रमा व्यस्त हुँदा व्यापारमा व्यावसायमा घाटा हुनेछ  । सवारि साधन तथा अन्य बस्तुहरुको प्रयोग गर्दा ख्याल गर्नुहोला नराम्रा घट्नाहरु घट्न सक्छ । प्रेममा एक अर्कालाई अबिश्वास गर्दा मनमुटाव बढ्नेछ । पढाइ लेखाइमा समय दिन नसक्दा अरुभन्दा पछि परिने अधिक सम्भावना रहेकोछ । व्यावसायिक यात्रा भएपनि गन्तब्य पहिल्याउँन हम्मे हम्मे पर्नेछ । खानपानमा ध्यान दिनुहोला स्वास्थ्य खराब हुन सक्छ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) बिवाद तथा प्रतिष्पर्धामा आज भाग नलिनुहोला ऋणात्मक नतिजा आउनेछ । व्यापार व्यावसायमा गरिएको लगानीबाट नाफा कमाउन निकैनै संघर्ष गर्नुपर्ला । बिद्यामा सोचेजस्तो प्रगति गर्न बढि नै समय दिनुपर्ला । सामान्य स्वास्थ्य सम्बन्धि समस्याले सताउनेछ । ऋणलाग्ने तथा खर्च बड्ने हुँदा मन चिन्तित हुनेछ । प्रेममा अबिस्वासको बाताबरण सिर्जना हुनेछ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) सोचेको कामहरु तत्काल गर्न नसकिने हुँदा समयले तपार्ईँलाई पछि छाड्नेछ । पढाइ लेखाइमा समय दिएपनि भनेजस्तो नतिजा हात लाग्नेछैन । व्यापार व्यावसायमा लगानी  गरिहाल्ने वातावरण नभएकोले तत्काल कुनै कामको सुरुवात नगर्नुहोला । भौतिक सम्पति तथा सवारि साधनको प्रयोग तथा परिचालन गर्दा ध्यान दिनुहोल अप्रिय घट्ना नघट्ला भन्न सकिन्न । माया प्रेममा फक्रिदै गरेको कोपिलाहरु चुटिने अधिक सम्भावना रहेकोछ ।

कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा) व्यापार व्यावसायमा लगानी गर्न नसकिने तथा आम्दानीकम हुदा आर्थिक समस्याले दिन गुज्रिनेछ । पढाइ लेखाइ  तथा यस्तै क्रियाकलापमा राम्रो मिहिनेतगरे मात्र परिणाम तपार्ईँकै पक्षमा पार्न सकिनेछ । आफन्त तथा आमा सँगको सम्बन्ध सुधार गर्दै अगाढि बढ्न सके फइदा हुने योग रहेकोछ । कृषि,सहकारि तथा पशुपालन व्यावासयमाबाट भने आम्दानी केहि मात्रामा बढाउन सकिनेछ । 

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) व्यावसायमा लगानी गरेपनि आम्दानीथोरै हुनेहुँदा दैनिक गुजारा गर्न गाह्रो हुनेछ । मायाप्रेममा धोका हुनेछ भने परिवारमा झै झगडा हुने सम्भावना अधिक रहेको छ । सामान्य स्वास्थ्य सम्बन्धि सामान्य समस्याले सताउँनेछ । बिद्यामा अरु भन्दा पछि परिने हुँदा मन खिन्न हुनेछ । समयमा काम नबन्ने हुँदा मनमा निरासा पैदा हुनेछ । दाजुभाई तथा छिमेकिसँगको सम्बन्धमा गिरावट आउँनेछ । यात्रा गर्दा ध्यान दिनुहोला गन्तब्यमा पुग्न केहि कठिनाईको सामना गर्नुपर्नेछ ।
तपाईको दिन शुभ रहोस् । 
यूवा ज्योतिषि डिपि भण्डारी
ज्योतिष परामर्ष सेवा केन्द्र
काठमाडौं फोन न.९८०८३०७२७५
नोट : चिना तथा टिप्पन बनाउँन,चिना हेराउँन तथा बास्तुसँग सम्बन्धित जानकारिको लागि अवस्य सम्झनुहोला ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ज्योतिषि डीपी भण्डारी
ज्योतिषि डीपी भण्डारी

ज्योतिष परामर्ष सेवा केन्द्र, काठमाडौं

लेखकबाट थप