शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

हिलोमा छुपुछुपु : यसरी मनाइयो धान दिवस (फोटो)

आइतबार, १५ असार २०७६, १६ : ४०
आइतबार, १५ असार २०७६

काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्रालय, कृषि विभागले धान दिवस २०७६ मनाएको छ । आईतबार असार पन्ध्रगते ‘धान खेतीमा प्रविधि र यान्त्रिकरण, चामलमा न्यस्नीकरण’ मुल नारासहित धान दिवस मनाएको हो । 

२०६१ सालदेखि औपचारिक रुपमै मनाउन थालिएको धान दिवस यसपटक १६औँ दिवस हो । 

यसै अवसरमा कृषि मन्त्रालयले आज आइतबार बर्दियाको राजापुर नगरपालिका–८, धोविनीपुरमा धुमधामले रोपाई जात्रा(धान दिवस) मनाइरहेको छ । 

यता, सोही अबसर पारेर नेपाल कृषि अनुसन्धान परिषद, राष्ट्रिय कृषि अनुसन्धान प्रतिष्ठान वाली विज्ञान महाशाखा खुमलटारले समेत भव्य रुपमा धान रोपाईं कार्यक्रमको आयोजना गर्दै धान दिवस २०७६ मनाएको छ । 

“धान खेतीमा प्रविधि र यान्त्रिकरण, चामल आयातमा न्यूनीकरण” मुल नाराका साथ रोपाई गरेर र दही चिउँरा खाएर दिवस मनाईएको छ ।

विस्तृत फोटो मार्फत...

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कृष्ण खड्का
कृष्ण खड्का

कृष्ण खड्का फोटो पत्रकार हुन् ।

लेखकबाट थप