रुपन्देहीमा सामूहिक बलात्कार प्रकरणः मुख्य आरोपी पक्राउ
बुटवल– रुपन्देहीको गैडहवा गाउँपालिकामा गत असार २ गते राति भएको सामूहिक बलात्कारका मुख्य आरोपी विष्णु थारु चौधरी पक्राउ परेका छन् । घटनामा एक दर्जन युवाहरु जोडिएका थिए । लुम्बिनीका प्रमुख प्रहरी निरीक्षक शंकर पोखरेलले रातोपाटीलाई अनुसार चौधरी उक्त घटनामा मुख्य नाइके गैडहवा गाउपालिका–८ का २२ वर्षीय विष्णु थारु घटनाको दुई हप्तापछि आज पक्राउ गरिएको छ ।
थारुलाई जबर्जस्ती करणी कसुरमा मुद्दा चलाइने प्रहरी निरीक्षक पोखरेलले बताए । उक्त बलात्कार घटनामा संलग्नको आरोपमा प्रधानमन्त्री रोजगार कार्यक्रम गैडहवा गाउँपालिका संयोजक ३० वर्षीय जीवन ज्ञवाली यसअघि नै पक्राउ परेका छन् । प्रधानमन्त्री रोजगार कार्यक्रम संयोजनसहित एक दर्जन युवाहरु उदार गर्न पुगेका युवाहरुबाट नै युवतीमाथि बलात्कार भएपछि घटनाले धेरैको ध्यानआर्कषण गराएको थियो ।
यस्तो थियो सामूहिक बलात्कारको घटना
इलाका प्रहरी कार्यालय लुम्बिनीका अनुसार २ गते साँझ गैडहवा ९ नागेश्वरीचोकको एक रेष्टुरेन्टमा विष्णु चौधरीसँगै दुई युवती राति अबेरसम्म मदिरा गरी बसेका थिए । घर छोड्ने भनेर दुई युवतीलाई बाइकमा राखेर फर्कने बेला हसनापुरस्थित बोर्डिङ स्कूल नजिकको खेतमा चौधरीले एक युवतीमाथि बलात्कार प्रयास गरेका थिए ।
अर्की युवती भागेर गाउँमा पुगेर गुहार मागेपछि गाउँका युवाहरु घटनास्थलमा पुगेका थिए । तर उनीहरुले संरक्षण दिनुको साटो आफैं बलात्कारमा संलग्न भएको युवतीहरुले प्रहरीलाई बताएका थिए । चौधरीले घटना बाहिर नल्याउन धम्की दिएका कारण तीन दिनपछि मात्र घटना सार्वजनिक भएको थियो ।
घटना सार्वजनिक हुँदा बलात्कारमा १४– १५ जना युवा र पुरुषको समूह संलग्न भएको बताइए पनि युवतीहरु मदिराको नशामा भएका र अँध्यारोमा नचिनेका व्यक्तिबाट घटना भएकाले पीडकहरुको संख्या एकिन हुन नसकेको प्रहरीको भनाइ छ ।
बलात्कार गर्ने मध्येमा जीवन ज्ञवाली र चौधरीलाई मात्र चिनेको बयान युवतीहरुले दिएको प्रहरी निरीक्षक पोखरेलले बताए । चौधरीले ती दुई युवतीसँग घटनाको २ दिन अघिदेखि निरन्तर फोन सम्पर्क गरेको अनुसन्धानबाट खुलेको छ । बलात्कारको शिकार भएका दुईमध्ये एकजना विवाहित र अर्की अविवाहित हुन् । उनीहरु विपन्न परिवारका भएको प्रहरीले बताएको छ ।
सामूहिक बलात्कारमा परेका दुवै युवतीहरुको स्वास्थ्य अवस्था सामान्य छ । भीम अस्पताल भैरहवामा स्वास्थ्य चेकजाँच गरेका उनीहरु अहिले घरमै छन् । उनीहरुको उपचारका लागि गैडहवा गाउँपालिकाले १०–१० हजार रुपैयाँ दिएको अध्यक्ष बच्चुलाल केवटले बताए । बलात्कार आरोपित अन्य युवाहरु खोजी भइरहेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्रीबाट नेपाल प्रिमियर लिगको ट्रफी अनावरण, ट्रफीको मुख्य आकर्षण कालापत्थरको ढुंगा
-
२८ प्रहरी कर्मचारी सम्पर्कविहीन, प्रहरी प्रधान कार्यालयले निकाल्यो ७ दिने सूचना
-
क्रिकेट नयाँ पुस्ताको सपना र गौरव बनेको छ : प्रधानमन्त्री
-
महालक्ष्मी विकास बैंकले देशभरका ७७ स्थानमा घरजग्गा लिलामी गर्दै
-
कास्कीको अन्नपूर्णमा २२ देखि ‘हनि हन्टिङ’ महोत्सव
-
नारायणी अस्पतालको ‘क्याथ ल्याब मेसिन’ बन्यो उपयोगविहीन