शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

रुपन्देहीमा सामूहिक बलात्कार प्रकरणः मुख्य आरोपी पक्राउ

आइतबार, १५ असार २०७६, १५ : १२
आइतबार, १५ असार २०७६

बुटवल– रुपन्देहीको गैडहवा गाउँपालिकामा गत असार २ गते राति भएको सामूहिक बलात्कारका मुख्य आरोपी विष्णु थारु चौधरी पक्राउ परेका छन् । घटनामा एक दर्जन युवाहरु जोडिएका  थिए । लुम्बिनीका प्रमुख प्रहरी निरीक्षक शंकर पोखरेलले रातोपाटीलाई अनुसार चौधरी उक्त घटनामा मुख्य नाइके गैडहवा गाउपालिका–८ का २२ वर्षीय विष्णु थारु घटनाको दुई हप्तापछि आज पक्राउ गरिएको छ ।

थारुलाई जबर्जस्ती करणी कसुरमा मुद्दा चलाइने प्रहरी निरीक्षक पोखरेलले बताए । उक्त बलात्कार घटनामा संलग्नको आरोपमा प्रधानमन्त्री रोजगार कार्यक्रम गैडहवा गाउँपालिका संयोजक ३० वर्षीय जीवन ज्ञवाली यसअघि नै पक्राउ परेका छन् । प्रधानमन्त्री रोजगार कार्यक्रम संयोजनसहित एक दर्जन युवाहरु उदार गर्न पुगेका युवाहरुबाट नै युवतीमाथि बलात्कार भएपछि घटनाले धेरैको ध्यानआर्कषण गराएको थियो । 

यस्तो थियो सामूहिक बलात्कारको घटना 

इलाका प्रहरी कार्यालय लुम्बिनीका अनुसार २ गते साँझ गैडहवा ९ नागेश्वरीचोकको एक रेष्टुरेन्टमा विष्णु चौधरीसँगै दुई युवती राति अबेरसम्म मदिरा गरी बसेका थिए । घर छोड्ने भनेर दुई युवतीलाई बाइकमा राखेर फर्कने बेला हसनापुरस्थित बोर्डिङ स्कूल नजिकको खेतमा चौधरीले एक युवतीमाथि बलात्कार प्रयास गरेका थिए ।

अर्की युवती भागेर गाउँमा पुगेर गुहार मागेपछि गाउँका युवाहरु घटनास्थलमा पुगेका थिए । तर उनीहरुले संरक्षण दिनुको साटो आफैं बलात्कारमा संलग्न भएको युवतीहरुले प्रहरीलाई बताएका थिए । चौधरीले घटना बाहिर नल्याउन धम्की दिएका कारण तीन दिनपछि मात्र घटना सार्वजनिक भएको थियो ।

घटना सार्वजनिक हुँदा बलात्कारमा १४– १५ जना युवा र पुरुषको समूह संलग्न भएको बताइए पनि युवतीहरु मदिराको नशामा भएका र अँध्यारोमा नचिनेका व्यक्तिबाट घटना भएकाले पीडकहरुको संख्या एकिन हुन नसकेको प्रहरीको भनाइ छ । 

बलात्कार गर्ने मध्येमा जीवन ज्ञवाली र चौधरीलाई मात्र चिनेको बयान युवतीहरुले दिएको प्रहरी निरीक्षक पोखरेलले बताए । चौधरीले ती दुई युवतीसँग घटनाको २ दिन अघिदेखि निरन्तर फोन सम्पर्क गरेको अनुसन्धानबाट खुलेको छ । बलात्कारको शिकार भएका दुईमध्ये एकजना विवाहित र अर्की अविवाहित हुन् । उनीहरु विपन्न परिवारका भएको प्रहरीले बताएको छ ।

सामूहिक बलात्कारमा परेका दुवै युवतीहरुको स्वास्थ्य अवस्था सामान्य छ । भीम अस्पताल भैरहवामा स्वास्थ्य चेकजाँच गरेका उनीहरु अहिले घरमै छन् । उनीहरुको उपचारका लागि गैडहवा गाउँपालिकाले १०–१० हजार रुपैयाँ दिएको अध्यक्ष बच्चुलाल केवटले बताए । बलात्कार आरोपित अन्य युवाहरु खोजी भइरहेको प्रहरीले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

तेजेन्द्र के.सी.
तेजेन्द्र के.सी.

केसी रातोपाटीका प्रदेश नम्बर ५ का संयोजक हुन् । 

लेखकबाट थप