शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

डा. बाबुराम भट्टराईको ‘किसानी’ हुलिया ! तस्बिरमा हेर्नुहोस्

आइतबार, १५ असार २०७६, १५ : १८
आइतबार, १५ असार २०७६

काठमाडौं– पूर्वप्रधानमन्त्री तथा समाजवादी पार्टी नेपालका राष्ट्रिय परिषद् अध्यक्ष डा बाबुराम भट्टराई रोपाईँ महोत्सवमा सहभागी भएका छन् । उनी गाेरखाकाे पालुङटार नगरपालिकास्थित खाेप्लाङ- ज्योतिचौरमा रहेको आफ्नै खेतमा रोपाईँ गर्न पुगेका हुन् । 

जहाँ भट्टराई अरु किसानसँगै रोपाईँ कार्यक्रममा सहभागी भए । भट्टराईले आफ्नो फेसबुकमार्फत सार्वजनिक गरेको फोटोमा उनी खेतमा गोरु साउँदै गरेका देखिन्छन् भने कालो ह्याट, हाफ बाहुले कमिज र कट्टुमा  हिलाम्मे देखिन्छन् । 

भट्टराईले आफ्नो फेसबुकमा हो हो तारे हो हो ! हो हो माले होहो ! भन्दै असारे कामको रमाइलो माहोला झल्किने फोटो राखेका छन् ।  

 हरेक वर्ष असार १५ लाई धान दिवसको रुपमा मनाउने गरिन्छ । सोही मेसो पारेर भट्टराई पनि रोपाई गर्न गाउँ पुगेका हुन् । 

 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप