बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

तस्विरमा हेर्नुहोस् असार १५ को रौनक

आइतबार, १५ असार २०७६, १४ : १४
आइतबार, १५ असार २०७६

आज असार १५, नेपालभर धान दिवस र रोपाइँ मनाइँदै छ । यो महिनालाई ‘मानो रोपेर मुरी उब्जाउने’ समय पनि भनिन्छ ।

कृषिप्रधान देश भएकाले नेपालका अधिकांश मानिसको पेसा खेतीपाती हो । किसान वर्ष भरका लागि छाक जुटाउन यो महिनामा खेतीमा व्यस्त हुन्छन् । आजका दिन असारे भाकामा लोकदोहोरी गाउँदै छुपुछुपु हिलोमा धान रोपिन्छ ।

‘छुपु र छुपु हिलोमा धान रोपेर छोडौँला, बनाई कुलो लगाई पानी आएर गोडौँला’ जस्ता लोक लयका गीत गाएर खेतमै रमाइलो पनि गरिन्छ । मध्यगर्मीको यो समयमा युवा लाठे र युवती रोपाहारले खेतका गराको हिलो छ्यापाछ्याप गरेर मनोरञ्जन गर्छन् ।

यही अवसरमा ललितपुरको छम्पीमा कैद गरिएका रोपाइँका तस्विरहरु :

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुवास श्रेष्ठ
सुवास श्रेष्ठ

सुवास श्रेष्ठ रातोपाटीका फोटो पत्रकार हुन् ।

लेखकबाट थप