विकासका लागि प्रतिपक्षसँग सहकार्य गर्न सरकार तयार छः प्रधानमन्त्री ओली
काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले विकासका लागि सरकार प्रतिपक्षसँग सहकार्य गर्न तयार रहेको बताएका छन् । राष्ट्रिय श्रम तथा रोजगार सम्मेलनको आइतबार उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले सत्ता र प्रतिपक्ष भनेको आवधिक भएको भन्दै विकासका लागि सरकार मिलेर अघि बढ्न तयार रहेको बताएका हुन् ।
‘सत्ता प्रतिपक्ष भनेको आवधिक कुरा हुन् । विकास र समृद्धि सबैको आवश्यकता हो’ प्रधानमन्त्री ओलीले भने, ‘देश विकासका लागि सरकार प्रतिपक्षसँग मिलेर काम गर्ने उत्कट अभिलासामा छ ।’
प्रधानमन्त्री ओलीले भावी सन्ततीले अहिले जस्तो गरिबीको सामना गर्नु पर्ने स्थितिको अन्त्य गर्नुपर्ने पनि बताए ।
‘भावी सन्ततीलाई पनि यही गरिबीको स्थिति कायम राख्ने होइन । बेरोजगारीकै अवस्थामा राख्ने होइन’ प्रधानमन्त्री ओलीले भने, ‘मेरो कार्यकाल टुङ्गिदा बेरोजगारीको अवस्थामा परिवर्तन ल्याउँछु ।’
प्रधानमन्त्री ओलीले देशमा काम गर्ने सक्ने जनसङ्ख्याको बाहुल्यनता भएकोले यो अवसरको सदुपयोग गर्नुपर्ने बताए ।
नेपाल काम गर्न चाहने कर्मबवीरहरुको देश भएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले भने, ‘नेपाल श्रम गर्न नहिचकिचाउनेहरुको देश हो । नेपालीहरु श्रम गर्नमा रुची राख्छन् । तर यहाँ काम नपाएर ठुलो संख्यामा नेपालीहरु विदेशमा श्रम गर्न गइरहेका छन् ।’ कामका लागि विदेश जानु पर्ने अवस्थाको चाँडै अन्त्य हुने प्रधानमन्त्री ओलीको भनाई छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पशुपतिनाथमा मेला, पितृको सद्गतिका लागि बत्ती बाल्न ओइरिंदै भक्तजन
-
शुभकार्य वा वैदेशिक यात्रा गर्दै हुनुहुन्छ ? हर्नुहोस् आजको राशिफल
-
पश्चिमी वायुको प्रभावले मौसममा सामान्य गडबडी, शनिबार केही ठाउँमा हिमपात हुने
-
अमेरिकी डलर, युरो, अष्ट्रेलियन डलर र रियालको मूल्य बढ्यो, कसको कति ?
-
लयमा फर्कियो म्यानचेस्टर युनाइटेड, वर्ल्ड ट्राफोर्डमा जोगियो इज्जत
-
इजरायलले युद्धविराम उल्लंघन गरेर फेरि हवाई आक्रमण गरेको आरोप