शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

सडक नाटक ‘हाम्रो नगर’ मञ्चन

आइतबार, १५ असार २०७६, १२ : २९
आइतबार, १५ असार २०७६

काठमाडौं – सन्देशमुलक सडक नाटक ‘हाम्रो नगर’ मञ्चन गरिएको छ । 

नागर्जुन न.पा. वडा नं २ को ढुंगेधारा नाटक ‘हाम्रो नगर’ मञ्चन गरिएको हो । नागर्जुन नगरपालिका वडा नं. २ को सहयोगमा, आश्रय नेपालको प्रस्तुति, प्रतिभा गु्रपद्वारा प्रस्तुत सडक नाटक रामकाजी घिमिरेले निर्देशन गरेका हुन् । 

‘हाम्रो नगर’ सडक नाटकमा कमल मैनाली, सरिता राजोउपाध्याय, विश्वदीप घिमिरे, जयराम सापकोटा, गायत्री पाण्डे, गीता थापा, शशि बुढाथोकी र रामकाजी घिमिरेको अभिनय रहेको थियो ।

नागर्जुन नगरपालिकालाई शान्ति विकास, वालमैत्री र उधमशिल नगरपालिकामा रुपान्तरण गर्नका लागी नगरबासी र नगर प्रतिनिधि सबै एक जुट भएर लागौ र नगरको विकासका काममा एकजुट भऔ भन्ने चेतना जगाउन नाटक प्रस्तुत गरिएको आश्रय नेपालका राजेन्द्र पोखरेलले बताए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप