शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

पानी ट्याङ्की फोहोर भयो ? : अब नो टेन्सन !

पानी ट्याङ्की सफा गर्ने अन्तर्राष्ट्रिय प्रविधि नेपालमा
आइतबार, १५ असार २०७६, १० : ५३
आइतबार, १५ असार २०७६

जीवन धान्नका लागि नभइनहुने चिजमध्ये एक हो– पानी । पानी सबै प्राणीका लागि अत्यावश्यक छ । तर राजधानी काठमाडौँ लगायत देशका सहरी र केही ग्रामीण भेगमा पनि खाने पानीको हाहाकार हुने गरेको कुरा नौलो होइन ।

राजधानीवासी हामी खानेपानीको अभावले हरेक दिन बाहिरी स्रोतका पानी किनेर जीवन धान्न बाध्य छौँ । कतिपयले जमिनको पानी बोरिङ गरेर प्रयोग गर्ने गरेका छन् भने कतिले धारामा आक्कल झुक्कल आउने पानीलाई सञ्चय गरेर प्रयोग गर्नुपर्ने बाध्यता वर्षौंदेखि खेप्दै आएका छन् राजधानीवासी । 

यसरी सञ्चय गरेर राखिएका पानी कत्तिको स्वस्थकर छ भन्नेबारे धेरै नेपाली अनभिज्ञ छन् भने सम्बन्धित निकाय वा सरकारी तवरबाट खासै यसबारे चासो दिएको पाइँदैन ।

सञ्चय गरिएको पानीमा विभिन्न किटाणुहरु सजिलै प्रवेश गर्न सक्ने भएकाले यस्तो पानी छिटै दूषित हुने र मानव स्वास्थ्यमा प्रत्यक्ष असर गरिरहेको हुनेबारे हामीले ख्यालै गर्दैनाँै ।

अझ पानी जम्मा गर्ने ट्याङ्कीको सरसफाइमा पनि खासै ध्यान दिँदैनौँ र बाहिरी स्रोतबाट किन्ने पानीबारे पनि खोजी गर्दैनौँ कि कस्तो स्रोतबाट आउको हो भनी ।

मानव जीवनमा लाग्ने धेरैजसो रोग पानीकै कारणले लाग्ने गर्छ । जीवन धान्न अत्यावश्यक पानी नै स्वस्थ्यकर छैन भने स्वास्थ्य जीवनको परिकल्पना कसरी गर्ने ?

त्यसैले खानेपानी र पानी सञ्चय गर्ने ट्याङ्कीको सफाइमा विशेष ध्यान दिन जरुरी हुन्छ । शुद्ध पानी पिउने राजधानीवासीको सपनालाई केही हदसम्म भए पनि सहयोग गरेको छ– काश्यप क्रिएटिभ सर्भिसेजले । जसले खानेपानी सञ्चय गर्ने ट्याङ्कीको सफाइ गर्न जर्मन प्रविधि नेपाल भित्र्याएको छ ।

ट्याङ्कीको सफाइ जर्मन प्रविधिबाट

विकासशील देशहरुमा २४सै घण्टा धारामा पानीको वितरण नहुने भएकाले पानी सञ्चय गरेर राख्नुपर्ने बाध्यता छ । यसैले पनि यो प्रविधि निकै लोकप्रिय छ । जस्तो, भारत, श्रीलङ्का, बङ्गलादेश, म्यानमार, दक्षिणपूर्वी देशहरु र प्रायः अफ्रिकन र दक्षिण अमेरिकन देशहरुमा यो प्रविधि लोकप्रिय छ ।

विश्वका धेरै मुलुकले प्रयोगमा ल्याएको जर्मनी प्रविधि इन्जिनियर सुदिपराज पाण्डेले नेपालमा भित्र्याएका छन् । यसले ट्याङ्कीको पूर्ण सफाइ गरी किटाणुमुक्त बनाउने काम गर्छ ।

पानी ट्याङ्की नियमित सफा गर्नुपर्छ भन्ने थाहा हँुदाहुँदै पनि नेपालमा उचित प्रविधि र दक्ष प्राविधिक नभएकाले पनि सरसफाइमा त्यति चासो दिएको पाइँदैन । सफा गर्नका लागि परम्परागत प्रकृया अपनाउनुपर्ने बाध्यता कायमै छ ।

सामान्यतः हातको माध्यमले गरिने सफाइ अत्यन्तै अवैज्ञानिक मानिन्छ । यसले समय धेरै लिने मात्रै होइन कि पानी ट्याङ्की झनै दूषित हुने सम्भावना बढेर जान्छ ।

दूषित पानीको प्रयोगले मानिसको स्वास्थ्यमा सीधै असर गर्ने भएकाले पानी सञ्चय गर्ने ट्याङ्कीको सफाइ अत्यन्तै आवश्यक पर्छ । त्यसैले पनि यो प्रविधि नेपाल भित्र्याएको पाण्डेले बताए । उनले पानी ट्याङ्की सफाइका लागि अभियान नै सञ्चालन गर्न थालेका छन् । धेरैलाई ट्याङ्कीको सफाइ महत्त्वपूर्ण हुन्छ भन्नेबारे थाहा नै नभएकाले स्वस्थकर पानीको लागि ट्याङ्कीको सफाइबारे जनचेतना नै फैलाउन आवश्यक परेको उनी बताउँछन् ।

इन्जिनियरिङ अध्ययन संस्थान पुल्चोकबाट २०६० सालमा कम्प्युटर इन्जिनियरिङमा स्नातक पाण्डे नर्वेबाट अन्तर्राष्ट्रिय सम्बन्धमा स्नातकोत्तर गरी नेपाल फर्किएका हुन् । स्वदेशमै नयाँ नयाँ प्रविधि भित्र्याउने स्वरोजगार बन्ने अनि रोजगारीको बाटो खोल्ने मुख्य उद्देश्यले उनले पानी ट्याङ्कीको सफाइ गर्ने प्रविधि भित्र्याएका हुन् ।

पाण्डेले काठमाडौंको बनस्थलीमा कश्यप क्रिएटिभ सर्भिसेज प्रालि स्थापना गरी पानी ट्याङ्की सफा गर्ने प्रविधि ल्याएको करिब ६ महिना मात्रै भएको छ । जसअन्तर्गतको ‘वाटर ट्याङ्क क्लिनिङ सर्भिस’(Water Tank Cleaning Services)ले यसबीचमा १५० भन्दा धेरै घर, अफिस, व्यापारिक प्रतिष्ठान, स्कुल, कलेज, हस्पिटल लगायतका ट्याङ्कीको सफाइ गरिसकेको छ ।

यो प्रविधिको प्रयोग गरेका ग्राहकहरुबाट आएको प्रतिक्रिया निकै सकारात्मक र उत्साहजनक भएको पाण्डे बताउँछन् । उनी भन्छन्– एक पटक प्रयोग गरे पनि हाम्रा ग्राहकले आफ्ना आफन्त, इष्टमित्र, साथीभाइलाई सिफारिस गर्ने गरेका छन् ।

सञ्चित पानीमा धेरै किटाणु

जम्मा गरेर राखेको पानीमा प्राकृतिक रूपमा स्वास्थ्यलाई असर पार्ने किटाणुहरु जस्तै; ब्याक्टेरिया, भाइरस, प्रोटोजोआ आदि उत्पत्ति हुन्छ । यसले विभिन्न रोग निम्त्याउने गर्छ तर हामी अनभिज्ञ नै छौँ । त्यसैले पानी ट्याङ्की नियमित र वैज्ञानिक प्रविधि अपनाएर सफा गर्नुपर्छ । पानी ट्याङ्की खास गरी जमिनमुनि वा छतमाथि हुनाले पनि प्रयोगकर्ताहरूको यसबारेमा खासै ध्यान पुग्दैन ।

ट्याङ्कीमा पानी जम्मा गरी लामो समयसम्म राख्दा किरा, फट्याङग्रा, माखा, साङ्ला, कमिला, मच्छर आदि पसेर मर्ने र कुहिने कारणले पनि पानी थप दूषित हुन्छ । विभिन्न रोगका कारण पनि यही दूषित पानी भएकाले प्रशस्त धारामा बग्ने पानी नहुँदा ट्याङ्कीको वैज्ञानिक सफाइ नै समस्याको समाधान हो ।

यो प्रविधिमा हाई प्रेसर वासर, किटाणु प्रतिरोधक, भ्याकुम क्लिनरद्वारा ट्याङ्कीको सतह सफा गरी भुइँमा रहेको लेउ, माटोयुक्त फोहोर पानी, बालुवा, हिलो, गिट्टीलगायतका वस्तुहरु बाहिर निकालिन्छ र पूर्ण सुख्खा बनाइन्छ । अल्ट्राभाइलेट रेज पठाई खाली सतहमा पौडी खेलिरहेका किटाणुलाई मारी पानी ट्याङ्की पूर्णरूपमा किटाणुमुक्त बनाउँछ ।

यस किसिमबाट सफा गरिएका पानी ट्याङ्कीको आयु पानीको स्रोतअनुसार निर्धारण हुन्छ । सामान्यतया ३ महिना देखि १ वर्षसम्म ट्याङ्की सफा गर्नुपर्दैन । कश्यप क्रिएटिभ सर्भिसेजले एक पटक सफा गरेपछि पानीको स्रोतका आधारमा कति समयमा सफा गर्नेबारे ग्राहकलाई आफै जानकारी दिने काम गर्छ । साथै संस्थाले पानी ट्याङ्की बनाउँदा ध्यान दिनुपर्ने कुराहरुमा पनि जानकारी दिने गरेको छ ।

पानी ट्याङ्की बनाउँदा ध्यान दिनुपर्ने कुरा

–छतमा राखिने पानी ट्याङ्की सहज पहुँच पुग्ने ठाउँमा राख्नुपर्छ, जसले गर्दा नियमित जाँच गर्न वा सफा गर्न सजिलो हुन्छ ।

–ढक्कन बलियो गरि लगाउनु पर्छ ।

–जमिनमुनि पानी ट्याङ्की बनाउँदा सकभर घरबाहिर सुरक्षित स्थानमा बनाउने ।

–ट्याङ्कीको ढकन वरपर सहजै हेरविचार गर्न सक्ने गरी खुला, सफा र सुख्खा राख्ने ।

–पानी ट्याङ्कीको ढकन अलि अग्लो बनाउने ।

–ट्याङ्कीको भित्री सतह गुणस्तरीय बनाउनुपर्छ । साथै भुइँ समथर हुन पर्छ ।

–ट्याङ्की ढकनको सीधै तल पर्ने ठाउँ (भुइँ) अलि गहिरो बनाउनुपर्छ ।

–केटाकेटीको पहुँचबाट टाढा अथवा राम्रोसँग लक गरेर राख्नुपर्छ ।

–ढकन निश्चित समयबाहेक खोलिरहने गर्नु हुँदैन ।

ट्याङ्की सफा गर्ने तरिका

कश्यप क्रिएटिभ सर्भिसेजसँग तालिम प्राप्त कर्मचारीहरु छन्, जसले सुरक्षित तरिकाले ट्याङ्कीको सफाइ गर्छन् । कम्पनीका दक्ष प्राविधिकहरुले उपकरणसहित ट्याङ्कीको सफाइ सुरक्षित र सावधानी गर्छन् । ६ चरणको प्रक्रियाबाट सफाइ हुन्छ ।

१. मेकानिकल डिवाटरिङ : सुरुमा पानी ट्याङ्कीमा रहेको पानी तान्नका लागि डिवाटरिङ पम्पको प्रयोग गरी पानी फालिन्छ ।

२. स्लज रिमुभएबल : ट्याङ्कीको पानी फालिसकेपछि थेग्रिएर बसेको हिलो माटो, बालुवा, गिटीलाई स्लज पम्पको प्रयोग गरी निकालिन्छ ।

३. हाई प्रेसर क्लिनिङ : हिलो सफा भए पनि पानी ट्याङ्कीको भित्ता र भुइँमा हाई प्रेसर रोटरी जेट मेसिनका माध्ययमबाट सफा गरिन्छ ।

४. भ्याकुम क्लिनिङ : हाई प्रेसर क्लिनिङपछि भ्याकुम क्लिनरको सहायताले ट्याङ्कीको सतहमा रहेको फोहोर पानीलाई तानेर बाहिर निकाल्ने काम हुन्छ ।

५. एन्टी ब्याक्टेरियल क्लिनिङ : भ्याकुम क्लिनरको प्रयोग पछि ट्याङ्कीको भित्ता, भुइँमा आईओएस सर्टिफाइड ३ प्रतिशत हाइड्रोजन पर अक्साइडको प्रयोग गरी ब्याक्टेरिया मार्ने काम हुन्छ ।

६. अल्ट्रा–भाइलेट रेडियसन ल्याम्प : ब्याक्टेरिया मार्ने काम पछि अल्ट्रा–भाइलेट रेडियसन ल्याम्पको सहयोगले पानी ट्याङ्कीको खाली भागमा पौडिएर बसेका ब्याक्टेरिया मार्ने काम हुन्छ ।

यसरी ६ तहको सफाइपश्चात पानी ट्याङ्की पूर्णरूपमा सफा हुन्छ र नयाँ पानी राखी प्रयोग गर्न सकिने काश्यप क्रिएटिभका प्रबन्ध निर्देशक सुदीपराज पाण्डेले बताए । यसरी सफा गर्दा पानी ट्याङ्की शत प्रतिशत ब्यक्टेरिया मुक्त हुने दाबी पाण्डेको छ ।

यो प्रविधिका फाइदाहरु

हामीले सुन्ने गरेका छौँ, पानी ट्याङ्की सफा गर्दा निसासिएर मृत्यु भयो । ट्याङ्की सफा गर्ने र जोखिम मापन गर्ने प्रविधिको अभावमा नेपालमा थुप्रै दुर्घटना हुने गरेका छन् ।

ट्याङ्कीको सफाइ प्लम्बरद्वारा सामान्य पानी तान्ने मेसिनकै सहायतामा गर्ने र त्यो पनि वर्षौमा एक पटक गर्ने गरिन्छ । वास्तवमा वर्षौंसम्म एकै ठाउँमा पानी जम्मा गर्दा र उक्त ठाउँमा जमेको पानीको प्रयोग गर्दा सङ्क्रमणको सम्भावना पनि उत्तिकै बढी हुन्छ । यसबारे धेरैले ध्यान दिएको पाइँदैन ।

विशुद्ध व्यावसायिक जर्मन प्रविधि अनुसारको विद्युतीय उपकरणको प्रयोग दक्ष प्राविधिकद्वारा हुने भएकाले यो पूर्ण सुरक्षित र भरपर्दो मानिएको छ । र ट्याङ्कीलाई ब्याक्टेरियामुक्त बनाउन सफल यो प्रविधिको एक पटक प्रयोग गरेपछि ३ महिनादेखि १ वर्षसम्म ढुक्क हुन सकिन्छ ।

सामान्य तरिकाले गर्दा फिनायल, डिटर्जेन्ट, एसिड जस्ता हानिकारक केमिकलको प्रयोग गर्ने भएकाले यो सुरक्षित तरिका होइन । त्यसैगरी ट्याङ्की पुछ्नका लागि पुराना कपडाहरुको प्रयोग गर्ने गर्नाले पनि व्याक्टेरियाहरुको सङ्क्रमण झनै बढ्न सक्छ ।

तर आधुनिक पद्धतिमा कपडाको प्रयोग नहुने पानीको फोहोराबाट ट्याङ्कीको भित्री सतहमा टाँसिएर रहेका फोहोरलाई अत्याधुनिक भ्याकुम क्लिनरको प्रयोग गरी बाहिर निकालिने भएकाले सुरक्षित भएको काश्यप क्रिएटिभका महाप्रबन्धक पाण्डे बताउँछन् ।

काश्यप क्रिएटिभ अन्तर्गतको ‘वाटर ट्याङ्क क्लिनिङ सर्भिस’ले हाल काठमाडौँ, भक्तपुर र ललितपुरमा आफ्नो सेवा प्रदान गरिरहेको छ । भविष्यमा देशका अन्य सहरहरुमा पनि विस्तार गर्दै लैजाने योजना पाण्डेको छ ।

समयको बचत तथा खर्च

काश्यप क्रिएटिभको ‘वाटर ट्याङ्क क्लिनिङ सर्भिस’बाट ट्याङ्कीको सफाइ गराउँदा समयको बचत त हुन्छ नै यो पूर्ण किटाणुमुक्त पनि भएको पाण्डेले बताए ।

जस्तो; जमिनमुनि रहेको ३ हजार लिटरको ढलान पानी ट्याङ्की सफा गर्न ३० देखि ४० मिनेट लाग्छ । त्यसैगरी, हजार लिटरको छतमा रहेको प्लास्टिकको ट्याङ्की सफा गर्न करिब ४५ मिनेट लाग्दछ भने १५ हजार लिटरभन्दा माथिका जमिनमुनिका पानी ट्याङ्की सफा गर्न १ देखि २ घण्टा लाग्दछ ।

सम्भावित खतरालाई ध्यान दिएर प्राविधिकहरुले सुरक्षा हेलमेट, चस्मा, पञ्जा, गम्बुट इत्यादि लगाई काम गर्ने भएकाले यो सुरक्षित मानिन्छ ।

जमिनमुनि रहेको पानी ट्याङ्की प्रतिलिटर ४० पैसा र जमिन माथि वा छतमा रहेका पानी टङ्कीको प्रतिलिटर १ रुपैयाँ लाग्दछ ।

ट्याङ्कीको नियमित सफाइ

जम्मा गरेर राखिएको पानीमा ब्याक्टेरिया हुर्कने र अन्य कीराहरू पनि प्रवेश गर्ने हुँदा समयमा नै सफा नगरे लेउ, ढुसी बन्दछ । यसले पानीलाई थप दूषित बनाउँछ, जसका कारण विभिन्न रोगहरु जस्तै; हैजा, टाइफाइड, जन्डिस, डेङ्गु, हेपाटाइटिस ए, विषाणुजन्य खाद्य विषाक्तता लगायत चर्म रोग जस्ता अनेकन रोग लाग्छ ।

धेरैलाई लाग्न सक्छ कि आरओ (आक्वा गार्ड) वा वाटर फिल्टरको प्रयोग गर्छु त्यसैले शुद्ध पानी पिउँछु भन्ने । खाने पानी मात्र सफा भएर हुँदैन पकाउने, नुहाउने, कपडा धुने, भाडा माझ्ने, घर सरसफाइ गर्ने पानी पनि उत्तिकै सफा हुनु जरुरी छ ।

हाम्रो शरीरको माध्यमबाट थोरै थोरै पानी भित्र प्रवेश गर्ने हुनाले लामो समयपछि स्वास्थ्यमा समस्या देखिन थाल्छ । फोहोर पानीको प्रयोगबाट कपडा सफा गर्ने उपकरण जाम हुँदा जीर्णोद्धार गर्न समय र पैसा खेर जान सक्छ ।

त्यसैगरी पानीमा प्रयोग गरिने ब्यक्टेरिया नासक औषधि मानव स्वास्थ्यका लागि हानिकारक हुन्छ । यसबारे पनि सचेत हुन जरुरी छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

टुना भट्ट
टुना भट्ट

टुना भट्ट रातोपाटी अनलाइन टिभीकी  संयोजक तथा समाचार प्रस्तोता हुन् ।

लेखकबाट थप