थ्रीडी प्रिन्टरबाट मंगल ग्रहका लागि घर तयार
आइतबार, १५ असार २०७६, ०८ : ०६

अमेरिकाको एक कम्पनीले थ्रीडी प्रिन्टिङ प्रविधिको प्रयोगबाट एक त्यस्तो घर तयार गरेको छ जसमा बस्नेले मंगल ग्रहको अनुभव लिन सकिनेछ । यसलाई ‘टेरा’ नाम दिइएको छ ।
न्युयोर्कको हडसन नदी नजिकको जंगलमा यस प्रकारका केही घरहरुको निर्माण पनि पूरा भइसकेको छ । छिट्टै यसलाई बिदा मनाउन आउने पर्यटकका लागि खुला गरिनेछ ।
यसबाट हुने आम्दानी फर्मको भावी अनुसन्धान तथा निर्माण कार्यमा लगाइनेछ । यदि यी घरको डिजाइन सफल हुन्छ भने मानव मंगल ग्रहमा स्थापित भएपछि यही प्रविधिबाट त्यहाँ पनि बस्तीका लागि आधार तयार गर्न सकिने समाचारमा जनाइएको छ । यो समाचार आजको नेपाल समाचारपत्रमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पोप फ्रान्सिसको अन्तिम बिदाइ गरिँदै
-
तपाईंले प्रयोग गरिरहनुभएको मेकअप कति सुरक्षित छ?
-
एमाले मकवानपुरका अध्यक्ष पोखरेल घाइते
-
वन्यजन्तु जोगाउन दश वर्षदेखि राप्ती सरसफाइ
-
भूराजनीतिक संवेदनशीलतालाई ख्याल गर्नुपर्ने आवश्यकता छ : वरिष्ठ उपाध्यक्ष पोखरेल
-
पूर्ण समानुपातिक निर्वाचन प्रणालीको अभ्यासमा तत्काल जुट्नुपर्छ : सांसद गौतम