बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

आइफामा सरकारी लगानीविरुद्ध विरोध प्रदर्शन

आइतबार, १५ असार २०७६, ०० : ०४
आइतबार, १५ असार २०७६

काठमाडौं । निजी क्षेत्रको तर्फबाट गरिने भारतीय चलचत्रि महोत्वसव आइफाको खर्चपर्चको व्ययभार समेत आफ्नै थाप्लोमा बोक्दै सरकारले नेपालमा प्रायोजन र आयोजन गर्ने भएपछि त्यसको व्यापक विरोध हुन थालेको छ ।

पर्यटन विकासको नाममा राज्यकोषबाट करिब करिब एक अरब खर्च गर्ने गरी सो कार्यक्रम आयोजन गर्नु हुँदैन भन्ने आवाज चर्को रुपमा उठ्न थालेको छ ।

यसै मेसोमा नेकपा मसाल निकट अखिल (छैठौं)ले असार १५ गते बेलुकी ५ गते माइतीघर मण्डलामा विरोध प्रदर्शन गर्ने भएको छ । साँस्कृति साम्राज्यवाद– मुर्दाबाद ! भन्दै आयोजना गरिन लागिएको सो विरोध प्रदर्शनलाई राजमोका अध्यक्ष चित्रबहादुर केसी, अभिनेता नवल खड्का, चलचित्र निर्देशक विमल पौडेल र अखिल छैठौंका अध्यक्ष विमल पोखरेलले सम्बोधन गर्ने जानकारी दिइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप