स्नेह काव्य सरोवर मनाइयो
चन्द्रागिरि साहित्य सराेवरले आफ्नो १० औँ कार्यक्रम असार १४ गते दिउँसो काठमाडौँको भिराडिल साकुरा पार्कमा 'स्नेह काव्य सरोवर'को आयोजना गरी मनायो । उक्त कार्यक्रममा कवि स्नेह सायमीको एकल कविता वाचन गरिएको थियो |
एकल कविता वाचनमा कवि सायमीले १४ वटा कविता सुनाउनु भएको थियो |
धान रोपाईंको मौसम भएको हुँदा कविता वाचनदेखि बाहेक साहित्यकार नरनाथ लुइंटेललगायत विभिन्न पुरुष महिलाहरूले असारेगीत पनि गाएका थिए | साथमा शंकर आचार्यले हास्य क्यारिकेचर पनि प्रस्तुत गर्नुभएको थियो ।
असार १५ भोलि भए तापनि १५ काे सम्झनामा दहीच्यूरा र आलुकाे अचार उपस्थित सबैलाई खुवाइएको थियो | उपस्थितहरूमा रङ्गकर्मी केदार श्रेष्ठ, साहित्यकारहरू लक्ष्मी माली, राजेन्द्र शलभ, विश्वविमोहन श्रेष्ठ, किशोर पहाडी, भीष्म उप्रेती, मातृका पोखरेल लगायत अन्य व्यक्तित्त्वहरू थिए |
सो अवसरमा कवि स्नेह सायमीले पाठ गरेका १४ कविता मध्येको एउटा "सुचिकार" यहाँ प्रस्तुत छ:
सूचिकार
ओ कविजी,
म भ्याउँदिन लेख्न कविता
सबेरै चोकमा आउँछु,
चलाउँछु यो मेसिन
र सिउँछु गरिबी
प्रत्येक दिन टाल्छु
उध्रिरहेको आफ्नै आशा
ह् ह् ह्
सिएर सिउनै नहुने नहुन्जेल
साहेबहरुका फाटेका इज्जतहरु
टालेको छु
मेम साहेबका च्यातिएका रातहरु
सम्हालेको छुँ
म यो चोकमा कुरेर यसरी
सिउँछु धेरै धेरै जिन्दगीहरु
कविजी
म कुर्छु यो चोकमा
हुन सक्छ
कसैको जवानी सिउनुपर्ने
हुनसक्छ
कसैको बुढ्यौली टाल्नपर्ने
कुनै गरीबलाई
महाराजको वस्त्र बनाइदिनु पर्ने
कुनै धनाढ्यलाई
बलियो धोक्रो सिलाउनु पर्ने
कसैको सपना लुकाउनु पर्ने
कसैको बर्तमान छोप्नु पर्ने
धेरै धेरै काम छ मेरो
ओ कविजी
म कुर्छु यो चोकमा
सिउँछु जिन्दगी
म भ्याउँदिन
म भ्याउँदै भ्याउँदिन
लेख्न कविता
बरु फाटेछ भने
कुनै दिन तिम्रा कविता
पनि
सम्झनु होला
यो सूचिकारलाई
म सिइदिन्छु
तिम्रा कविता पनि ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुस्ताङ भन्सारबाट ६ अर्ब ६६ करोड बढी राजस्व सङ्कलन
-
व्यावसायिक रुद्राक्ष खेतीबाट राम्रो आम्दानी गर्दै मैदानेका किसान
-
दमौली बजारका अवैध संरचना हटाउन आग्रह
-
अर्मेनियाका प्रधानमन्त्रीको दललाई बहुमतको सङ्केत
-
गाडी दुर्घटनामा मुस्ताङ घुमेर फर्कँदै गरेका पाँच जना आन्तरिक पर्यटक घाइते
-
१२ बजे १२ समाचार: सत्ता पक्ष र विपक्षी दलबिच संवादहीनता तोडियो, सुधनको सम्पत्तिमा समितिले देखेन खोट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण