असार मसान्तभित्र पार्टी एकीकरणको सम्पूर्ण काम सकिन्छ : प्रधानमन्त्री ओली
प्रधानमन्त्री केपी शर्मा ओलीले असार मसान्तभित्र पार्टी एकीकरणको सम्पूर्ण कार्य सम्पन्न हुने बताएका छन् ।
मदन भण्डारीको ६८ जन्मजयन्तीको अवसरमा शनिबार राजधानीको राष्ट्रियसभागृहमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले पाटी एकतामा केही अलमल भएपनि निरास हुने अवस्था नरहेको बताएका हुन् ।
एकतामा भएको ढिलाईबाट केही आंशका उब्जिएको र त्यसैलाई लिएर खिसिट्युरी हुने गरेको उल्लेख गर्दै उनले चालु आर्थिक बर्षको समाप्ती संगै एकिकरणका काम पनि पुरा हुने बताए ।
उनले सरकारले राम्रो काम गर्दे आएको र आगामी आर्थिक बर्षमा नया उत्साहका साथ अघि बढ्ने स्पष्ट पारे ।
उनले भने, ‘सरकारले राम्रो काम गरेको छ । सरकार आफ्ना महान उद्देश्यमा दृढ छ । लोकतन्त्रको रक्षा गर्ने कुरामा, लोकतन्त्र सुदृढ गर्ने कुरामा, लोकतन्त्र कार्यान्वयन गर्ने कुरामा र लोकतन्त्रका व्यापक उद्देश्यहरु साकार पार्ने कुरामा । देशमा शुसासन र विकास हासिल गर्ने कुरामा ।’
आफूहरुले सरकारमाथि जबरजस्ती विश्वास गर नभन्ने भन्दै उहाँले सरकारले गरेका कामहरुको मुल्यांकन गर्न आग्रह गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मानव तस्करी प्रकरण : पूर्वमन्त्री अधिकारीविरुद्ध किन चलेन मुद्दा ?
-
अमेरिकामा नेपालीहरूले यसरी मनाए ‘धन्यवाद दिवस’
-
सागसब्जीका बेर्ना बेचेर वार्षिक २६ लाख आम्दानी
-
‘एनपीएल’को उत्साहपूर्वक प्रतीक्षा, विश्वका खेलाडी नेपालमा
-
दश दिक्पाल र पूर्वका देवता इन्द्र
-
कोप–२९ को सहमति : कार्बन बजार सुनिश्चिता कति सम्भव ?