केन्द्रीय संस्करण

कहाँ कहाँ छ सामन्तवाद ?

person explore access_timeअसार १४, २०७६ chat_bubble_outline0
Photo source : www.clipartmax.com
मुक्तिबन्धु

रातोपाटी

गएको शुक्रबार । अपराह्णको समय थियो । म घलेगाउँ पुगेको थिएँ । लच्छू काकासँग हल्का जानपहिचान थियो । उहाँका घरतिर लागेँ । 

म पुग्दा लच्छू काका गाईलाई घाँस दिँदै हुनुहुन्थ्यो । ९० कटेका उहाँलाई धेरैले हजुरबा भन्छन् । म काका भन्छु । अभिवादनपछि “काकाको स्वास्थ्य पहिलेभन्दा पनि राम्रो छ , बधाइ है काका !” मैले भनेँ । “धन्यवाद !” भन्दै काकाले मलाई फलैँचातिर इशारा गर्नु भयो । म बसेपछि आफू बस्दै काकाले भन्नुभयो, “के छ त बावु , हिजोआजको हालखबर ?”

 “जे छ काकालाई थाहै छ नि !” म मुस्कुराएँ । “२ घण्टा फुर्सत् भेटियो र काकाका कुरा सुन्न पसेको !” मैले भनेँ । “म सवै कुरा छोडेर गाउँ पसेको बुढोमान्छेसँग के कुरा छ र ? अहिलेसम्म सवैको शुभकामनाले स्वास्थ्यचाहिँ राम्रै राखेको छु !” उहाँले भन्नुभयो । त्यतिवेला घरमा अरु कोही थिएनन् । 

अनायासजस्तै गरी मैले कुरा सुरु गरेँ । “आज यति बेला सामन्तवाद चर्चाको आँगनमा छ । शहरदेखि गाउँबस्तीसम्म चर्चा छ सामन्तवादको । एक थरी बुद्धिजीवीहरु भन्छन्, मुलुकमा गणतन्त्र आयो । संविधान पनि बनिसक्यो । अव कहाँ छ सामन्तवाद ? सामन्तवाद छैन । हरायो । हामीले धपायौं । तपाइँलाई चाहिँ कस्तो लाग्छ त काका ?”
 

घले गाउँका वयोवृद्ध किसान लच्छुकाकाले दृढताका साथ भन्नुभयो, “सामन्तवादले पोसाक मात्र फेरेको छ । हिजो जुन जुन गौँडामा जसरी भेटिन्थ्यो आज पनि त्यसरी नै भेटिन्छ सामन्तवाद । कहाँ गएको छ र सामन्तवाद ? ‘छैन’ ‘हरायो’ ‘धपायौं’ भन्ने दावीहरु सबै झुट्टा हुन् !” 

“कसरी ?” मैले जिज्ञासा राखेँ । यति बेलासम्ममा लच्छू काकाका पिँडीमा गाउँका अरु बुढापाका र एकाध तन्नेरी जन पनि भेला भइसक्नु भएको थियो ।
“सम्बोधनबाटै कुरा शुरु गरौँ न !” लच्छुकाकाले भन्नुभयो, “पहिले ठुलाबडालाई हामी जनताले सरकार, भन्नुपथ्र्यो । मालिक, भन्नुपथ्र्यो, गरीपरबर, भन्नुपथ्र्यो, साहेव भन्नुपथ्र्यो, अहिले माननीयज्यू, सम्माननीयज्यू भन्नुपर्छ । भनेन भने तिनीहरुको पारो चढ्छ ।  सांसदहरु, मन्त्री–प्रधानमन्त्रीहरु हामी जनताले सरकारमा पठाएका हाम्रा वारेसहरु हुन् । आफ्ना वारेसलाई हामी जनताले हार्दिकताका साथ ‘साथी !’ सम्बोधन गर्न नपाइने किन ? नामका पछाडी ‘जी’ थपेर सम्बोधन गर्न नपाइने किन ? पदका पछाडि ‘जी’ थपेर सम्बोधन गर्न नपाइने किन ? भन्नुस् त ? के यसमा सामन्तवाद छैन ?” 

नियालेर हेर्नुस् जनप्रतिनिधिहरुको जीवनचर्यामा पनि छताछुल्ल सामन्तवाद छ । मन्त्री, प्रधानमन्त्री र राष्ट्रपतिका जीवनचर्यामा सामन्तवाद छ । घण्टौंसम्म जनताको बाटो छेकेर साइरन बजाउँदै लावालस्करसहितको सवारी चलाउनु सामन्तवाद हैन ?

कुरा सुन्दैका अर्का वयोवृद्ध काकाले सही थाप्दै भन्नुभयो, “अरु मुलुकमा त त्यस्तो चलन चलेको छ त ? मैले मद्रासमा ब्याङ्कको गार्ड भएर काम गरिबस्दा एक पटक ब्याङ्कको कार्यक्रममा प्रधानमन्त्री पनि आएका थिए । त्यहाँ माननीय,सम्माननीय नभनीकन प्रधानमन्त्री जी भनेको सुनेको छु । हामीकहाँ सम्बोधनमा मात्र पनि उनीहरुको मर्यादाक्रम जनताभन्दा धेरै धेरै माथि राखिएको छ । मेरो विचारमा पनि यो सामन्तवाद नै हो ?” 

आफ्ना हजूरबाका तर्कमा बल पु¥याउँदै ती काकाका सँगै आएका नातिले भन्नुभयो, “नियालेर हेर्नुस् जनप्रतिनिधिहरुको जीवनचर्यामा पनि छताछुल्ल सामन्तवाद छ । मन्त्री, प्रधानमन्त्री र राष्ट्रपतिका जीवनचर्यामा सामन्तवाद छ । घण्टौंसम्म जनताको बाटो छेकेर साइरन बजाउँदै लावालस्करसहितको सवारी चलाउनु सामन्तवाद हैन ? हो, नि ! मन्दिर मन्दिर चाहारेर गरिने पूजा अर्चनामा, पूजासामग्री बापतको खर्चपर्चमा र पूजाअर्चना निमित्तका सवारीमा पनि त सामन्तवाद छ । अरुको पालो मिचेर अरुलाई घण्टौं पर्खाएर विशेष पूजा भन्दै मन्दिर ओगट्नु सामन्तवाद होइन र ?  प्रधानमन्त्री र राष्ट्रपतिले जात्रामात्रामा र पूजाआजामा सरिक हुने चलन सामन्तकालीन हो र सामन्तवादकै उत्पादन हो । उच्च पदस्थहरु,  तिनका आफन्तहरु, तिनका नजिकैका परिवारभित्रका विवाह समारोहमा ठान मान शान देखाउन पुग्छन् । 

नवनिर्मित भवन, पुल, सडक मन्दिर धारा कुवा आदि जेको पनि उद्घाटन गर्न विभिन्न फर्मायसी सवारीमा सवार भएर पुग्छन्,  तामझाम साथ रिबन काटेर उद्घाटन गर्न पुग्छन् । कति पुल भवन र मन्दिरको शिलान्यास गर्न पुग्छन् । शिलान्यास गर्दा त्यत्तिकै तामझामका साथ पुरेत राखेर पूजा गर्छन् । यी सवै कुरामा सामन्तवाद छैन भन्न मिल्दैन । सामन्तवाद त छ नि !”।

“हामीले मन्त्री कौटिल्यको छाप्रोभित्र बल्ने बत्तीमा सरकारी तेल र निजी तेल व्यवस्थापनको इतिहास पढेका छौं । हाम्रा प्रधानमन्त्री र राष्ट्रपति निवासमा समय समयमा सरकारी खर्चमा आयोजित हुने आफन्तनिमित्तका र पार्टी बैठकनिमित्तका भोजभतेरका चकाचौंधबारे पनि मिडिया मार्पmत थाहा पाएका छौं !” भन्दै उपस्थित काकाका नातिले भन्नुभयो, “मन्त्रीका खानपान र रवाफमा हेर्नुस् तिनका लालिमायुक्त रसिला गाला र दम्भपूर्ण मुस्कानमा हेर्नुस् महँगा पोसाक र जुत्तामा हेर्नुस् बोली वचनको भावभङ्गिमामा हेर्नुस् त्यहाँ सामन्तवाद छम्छमी  नाचेको टड्कारो देखिन्छ । हाम्रा सरकारी पदासीनहरुलाई मन्च व्यवस्थापन गराउन नभ्याए पिर्कामा उभिएर पनि सलामी लिनु पर्छ ।

यो सामन्त मानसिकताकै चमत्कार हैन ? पाइला पाइलामा लाग्ने मानसम्मान र सलामीको यो भोक सामन्तहरुलाई लाग्ने भोक हो र यस्तो यो सलामी सामन्तवादकै दिगम्बर प्रदर्शनी हो  ।  उपयुक्त मञ्च नभेटिए पिर्कामा उभिएर पनि सलामी चाहिँ लिनै पर्ने मानसिकता सामन्तवादकै निकृष्टतम नमूना मानसिकता होइन भन्न मिल्छ ?”
साथीका नातिका तर्कको समर्थन गर्दै लच्छू काकाले भन्नुभयो, “सामन्तवादमा सत्तासीनहरुलाई सम्मानको भोक त जाग्छ । बडो बिछट्टसँग जाग्छ । हाम्रो गाउँमा एउटा हवलदार थियो, यो २००७ सालअघिको कुरा हो । हवलदार छुट्टीमा घर आउँदा बुढा बा, आमा , श्रीमती र बालक छोराछोरी सवैलाई आगनमा लाम लाग्न लगाउँथ्यो र आपूm पिँडीमा उभिएर सलामी लिन्थ्यो । अहिले पिर्कामा उभिएर सलामी लिइरहेकाहरुलाई देखेर मैले त्यस हवलदारलाई झल्झली सम्झेकोछु ।”

“त्यस हवलदारका कुरा मैले पनि सुन्या हूँ ।” अर्का काकाले भन्नुभयो । सवै हाँसियो ।

लच्छू काका अगाडि बढ्नुभयो, “हाम्रो मुलुकमा राजा महेन्द्रले भूमिसुधार गराए । समाजवादी सोचअनुकूलको  भूमिसुधार अभैm भएको छैन । जमीनका आधारमा शोषण गर्ने चलन उन्मूलन अभैm भएको छैन । आज पनि अघोषित जमीनदारीहरु छन् । थरीथरीका गुठीहरु छन् । सामन्त मठाधीशहरुले जोताहा किसानहरुलाई चरप्प निचोरिआएका भयङ्कर शोषणमूलक गुठीहरु पनि छन् । भूमाफियाको सन्जाल त्यसैको समेत प्रत्युत्पादन हो । जमीनमाथिको नाफामुखी व्यवसाय सामन्तवाद हो । जमीन उपयोग गर्न पाइने बेच्न नपाइने व्यवस्था नभएसम्म समाजमा लामखुट्टे रहेजस्तै सामन्तवाद पनि रहन्छ ।

 जमीनमै उभ्याएका घरको बहाल लिने चलन व्यापक छ । हुनेखानेले आफ्नो घरकम्पाउण्डमा डीपबोरिङ गर्दा वरिपरि बस्तीमा पानीको हाहाकार भएका अवस्थाहरु छन् । भूगर्भमाथि हुकुमी शैलीको यो शोषण सामन्तवाद हो कि होइन ? मेरो एउटा नाति काठमाडौमा पढ्छ । डेरा बालाजुमा छ । बेलाबेला म त्यहाँ पुग्छु । डेरा घरमा धारो छ । पानी आउँदैन । पहिले पहिले त बाइस धारामा पनि पानी हुन्थ्यो । विद्यार्थीहरु त्यहाँ गएर पनि नुहाउँथे । कपडा धुन्थे । अहिले त्यहाँ पनि धाराहरु मात्र छन् । पानी छैन । उदाहरणका लागि बालाजुको औद्योगिक क्षेत्रलाई पनि लिउँ—राजा महेन्द्रका पालामा बनेजस्तो लाग्छ त्यो औद्योगिक क्षेत्र । त्यसअघि त्यहाँ गाउँ थियो । हाम्रैै गाउँकी एउटी चेलीको घर पनि थियो त्यहाँ । काठमाडौ जाँदा बास बसिन्थ्यो ।

अहिले औद्योगिक क्षेत्र बन्यो । कारखानाहरु खुले । त्यहाँका कपडा कारखानाका कपडा मैले पनि किनेको थिएँ । अहिले त्यहाँ ग्यास प्लान्ट छ । कोक फ्याक्टरी छ । ग्यास प्लान्टको फाइदा जति त्यस प्लान्टका मालिकले लिन्छन् । ग्यासको दुर्गन्धबाट वरिपरिका जनता पीडित छन् । त्यो प्लान्ट कसैगरी विस्फोटित भयोभने वरिपरिका हजारौं घर र लाखौं जनता सखाप हुन्छन् । जनताका स्वास्थ्य र जीवनमाथिकै यो हेलचेक्र्याइँ सामन्तवाद हो कि होइन ? त्यसै औद्योगिक क्षेत्रभित्र कोक फ्याक्ट्री छ । त्यसले धेरै तलसम्म डीप बोरिङ गरेको छ । त्यसको असरले वरपरका धारा इनार र चापाकल सवै सुकेका छन् । जनताको स्वीकृति नलिई मनोमानी रुपमा आफ्नो नाफाका लागि जनतालाई दुःख दिनु पनि त एक किसिमको सामन्तवाद नै हो ।

राणाहरु आफ्नो फाइदाका काम गर्दा जनतालाई मर्का पर्छ कि भनेर सोच्दैनथे, सोध्दैनथे । आज साहूमहाजनहरु र साहूमहाजनको सरकार पनि त्यसै गरिरहेको छ । पहिलेका चोके ढ्याके व्याज असुल्ने साहू सामन्तका ठाउँमा अहिले ती भन्दा चर्का र निष्ठुर व्यवहारका बैङ्कहरु क्रियाशील छन् । बैङ्कहरुले आज कतिको उठिबास गराएका छन् !” एक छिन रोकिएर गम्भीर मुस्कान तथा व्यंग्यमुस्कानका साथ लच्छू काकाले भन्नुभयो, “तपाइँ राष्ट्रपतिकोमा दशैंको टीका थाप्न जानुभयो कि जानुभएन ?” 

“म गइनँ । म चाकरी मन पराउँदिनँ !” मैले भनेँ । “हो, राजनीतिक संस्कृतिका तहमा दशैंको टीकादानमै पनि हामीले सामन्तवादको नाङ्गो रुप देखेनौँ र ?” लच्छू काकाले भन्नुभयो ।
अहिलेसम्म नबोलिबसेका अर्का एक काकाले भन्नुभयो, “ राणा शासनमा बक्स्यो भनिन्थ्यो । पन्चायतकालमा पनि राजाले हुकुम बक्सन्थ्यो । स्यो चाहिँ त्यही बक्स्योको ठिमाहा निस्केको हो । भाषामा स्यो स्यो अहिले पनि हराएको छैन । बरु अरु बढेको छ । शक्ति शिशुविद्यालयले कलिला बालबालिकालाई स्यो स्यो सिकाउँछन् । जी हजुरी सिकाउँछन् । प्राइभेट विद्यालयहरु आफैं शिक्षासामन्त हुन् । अभिभावको चरम शोषण गर्छन् । 

विद्यालयमा लोकतन्त्रको अभ्यास खै ? भाषामा लोकतन्त्रको अभ्यास खै ? सदनका जुहारीमा हेरौँ आफूले बोल्दा अरुको सम्मान राखेर बोल्नुुपर्छ भन्ने हेक्का छैन , अरुले आफूलाई मान पु-याएर बोलेन भन्नेमा आपत्ति छ । यो सामन्तवाद होइन ? मैले २८ वर्ष यहाँ गाउँको प्राविमा पढाएँ । जम्मा नर्मल पास म । आफूले जानेको त के थियो र ? मलाई त  अहिलेका यी सांसद मन्त्रीभन्दा त उहिलेको मनु ठीक थियो जस्तो पनि लाग्यो । मैले एक पटक घरमै पण्डित बोलाएर मनुस्मृति सुनेँ ।

मनुजस्तो सामन्तबादका वकिलले पनि के भनेका रहेछन्, थाहा छ ?” मैले ‘थाहा छैन’ को टाउको हल्लाएँँ । “मनुले भनेका रहेछन् ‘बुद्धिमान् मान्छेले मान सम्मान खोज्दैन । मान सम्मान त बुद्धिको धमिरा हो । यसबाट जोगिनु पर्छ भन्ने सोच राख्छ । मूर्खहरु सम्मानका भोका हुन्छन् । बुद्धिमानका लागि अपमान बरु अमृत हो त्यसले जीवन बोध दिन्छ । अपमानले सावधाधान हुन र आत्मपरिष्कारमा लाग्न मद्दत पु¥याउँछ । मलाई मनुको यो कुरो बडो ठीक लाग्यो ।”
“अनि उखानतुक्का सम्बन्धमा तपाइँको के विचार छ त लच्छू काका ?” मैले उहाँतिर फर्केर जिज्ञासा राखेँ ।

“यसबारेमा तिमी भन भाइ !” उहाँले त्यहीँ बसेका अर्का काकालाई हेरेर भन्नुभयो ।

मेरा अपरिचित ती काकाले मतिर हेरेर भन्नुभयो, ‘‘म तपाइँहरु जस्तो पढेकगुनेको मान्छे होइन । उमेरमा सातसमुद्रपारिका विदशीेको सेनामा भर्ती भएर काम गरियो । रिटायर्ड भएपछि आएर खेतीपातीमा लागेको छु । यसको कथा व्यथा अर्कै छ । समय मिल्यो भने भनम्ला । जहाँसम्म यो उखान तुक्का को कुरा छ, नेपाली भाषामा जे जति उखान तुक्का बने ती सवैजसो सामन्ती व्यवस्थाकै समयखण्डमा बने । आज पनि तिनै उखानतुक्का चल्तीमा छन् ।

मन्त्री प्रधानमन्त्री र राष्टपति उपराष्ट्रपतिका तलव सुविधामा हेर्नुस् । भूतपूर्व राष्ट्रपति उपराष्ट्रपति र प्रधानमन्त्रीको भत्तासुविधामा हेर्नुस् । त्यहाँ सामन्तवाद छ कि छैन ? एक पटक पदासीन भएकाले जीवनभर पदकै ठानमानमा रहनु पर्ने । यो सामन्तवाद हो कि होइन ?

जस्तै  हाम्रा उखानतुक्कामा औद्योगिक पूँजीवादले प्रवेश पाएकै छैन । हाम्रा उखानतुक्कामा भूमिसुधार छैन । हाम्रा उखानतुक्कामा कल कारखानाहरु छैनन् । तारे होटल छैनन् । सदनमा नआउने र आए पनि ढुसुढुसु निदाउने माननीय सांसदहरुले समेत हाम्रा उखानतुक्कामा प्रवेश पाएका छैनन् । वेदमा बरु भ्यागुताहरुले प्रवेश पाएका छन् । मैले बेलायतमा छँदै वेदको त्यो कथा सुनेको छु । यहाँ वावुरामले एक पटक अर्कै प्रसंगमा भ्यागुताका कुरा ल्याएका थिए । पछि उनै हराए । हामीकहाँ एउटा उखान छ नपाउनेले के पायो बोक्रैसम्म चपायो । उखान पुरानै हो । यो उखान आजका सन्दर्भमा सार्थक र उपयोगी छ । आजका राजनीतिक पात्रहरुमा हूबहू लागु हुन सक्छ यो उखान । आजका सत्तासीन सवैलाई सुहाउने यो उखान सवैभन्दा माथि बस्नेलाई सवैभन्दा बढी सुहाउँछ । अनि हामीकहाँ आज सामन्तवाद छैन भन्न कसरी मिल्छ ? 
राष्ट्रसेवक भनिने कर्मचारीहरुको जनतासितको व्यवहारमा हामी आज पनि त्यही भानुभक्तकालीन सामन्तवाद भेट्छौं ।  म गएहप्ता एउटा नातिको नागरिकता बनाउन काठमाडौ जिल्ला कार्यालय गएको थिएँ । मेरी छोरी काठमाडौमै जागिर गर्छिन् । नति त्यहीँ जन्मेको हो । जन्मदर्ता छ । वडाको सिफारिस छ । कागजात सवै छ । तर पनि यो प्वालबाट त्यो प्वाल गरेर मलाई घण्टौं घुमाए । म घुमेको देखेर एक जना पब्लिकले कानमा सुटुक्क भने, ‘तपाइँले कागतहरु दिँदा नोटहरु नराखी निस्तो कागत दिनुभयो होला । अनि दुःख पाउनु भयो !’ त्यति बेला मैले मेयर द्वारिकालाललाई सम्भेmँ । मेयर द्वारिकालालले भ्रष्ट कर्मचारकिा गालामा दिनुभएको चड्कन सामन्तवादमाथिकै चड्कन हो । त्यसै भएर त मेचीदेखि महाकालीसम्मका जनताले स्वाद माने !”।

“यस्तो त अरु देशमा पनि हुन्छ । भारतमा पनि हुन्छ । हैन र लच्छूकाका ?” मैले जिज्ञासा राखेँ । मलाई वहुश्रुत अनुभवी व्यक्तित्वहरुको कुरा सुन्न चाख लाग्छ ।

लच्छू काकाले भन्नुभयो, “राणाशासनमा राणाहरु रोलवाला हुन्थे । कोपछि को प्रधानमन्त्री आपसमा तय हुन्थ्यो  पर्खने धैर्य भने राणहरुमा हुन्थेन । समय पुगेपछि सरक्क छोड्छ कि छोड्दन ! पछिल्लो रोलवाला सधैँ सशङ्कित नै रहन्थ्यो । कदाचित् दुर्घटना पनि हुन्थ्यो । लगभग त्यही स्थिति आज हामी प्रधानमन्त्री ओली र अर्का नेकपा अध्यक्ष प्रचण्डका बीच देखिरहेका छौं ! प्रचण्ड पक्ष आलोपालेको निस्सा देखाउँदै जिकिर गर्छ । ओली पक्ष पाँच वर्ष त ओलीले नै निष्कण्टक राज गर्नुपर्छ भन्छ । के यो रमाइलो प्रसङ्ग छैन ? एउटा पार्टी दुइटा अध्यक्ष । यो पनि त विश्वासहीनताको दृष्टान्त नै हो ।  व्बासोको बथानमा एक एक व्बाँसो मुख्यतः आफ्नो पृष्ठभाग जोगाउने चक्करमा हुन्छ । कतै अर्काले पछाडिबाट हात छिराएर आन्द्राभुँडी नै पो निकाल्छ कि ? शङ्कामा हुन्छ । अविश्वासमा हुन्छ । आजको नेकपामा र काङ्ग्रेस मधेश वादी समाजवादी सवै पार्टीमा यो संस्कृति हामी देख्न पाइरहेका छौं । यो पनि सामन्ती सङ्कीर्णता नै हो ।  विश्वास छैन । कसैप्रति कसैको विश्वास छैन । हरेक सत्तासीन आपूm भूmठमा उभिएको छ र अर्कोलाई पनि झुट्टा नै देख्छ । यो के हो ? भन्नुस् त ! के यो सामन्तवाद होइन ? सामन्तवादमा राजाले आफ्नो छोरामाथि विश्वास गर्दैन ।  छोराले बाउमाथि विश्वास गर्दैन । त्यहाँ कुनै पनि क्षण दुर्घटना सम्भावित रहन्छ । यो सामन्तवाद हो ।

अव हामी सामन्तवाद कहाँ कहाँ छ केही अन्तरकुन्तरतिर पसौं । मन्त्री प्रधानमन्त्री र राष्टपति उपराष्ट्रपतिका तलव सुविधामा हेर्नुस् । भूतपूर्व राष्ट्रपति उपराष्ट्रपति र प्रधानमन्त्रीको भत्तासुविधामा हेर्नुस् । त्यहाँ सामन्तवाद छ कि छैन ? एक पटक पदासीन भएकाले जीवनभर पदकै ठानमानमा रहनु पर्ने । यो सामन्तवाद हो कि होइन ? हामी अस्तित्व सकिएर अनस्तित्वमा गएकालाई प्रेत भन्छौं । किरियाकाष्टा गर्छौं । यो सामन्तवादी रीतिस्थिति नै हो । जनता राजनीति पीडितका नाममा सत्ताबाट दानदातव्य थाप्नेलाई राजनीतिक प्रेत भन्थे । पदावधि सकिएर जनसाधारणका तहमा फर्केकाहरु सत्ताका दृष्टिले प्रेत नै हुन् । प्रेतको अर्को नाम पितृ पनि हो । पितृलाई प्रतिवर्ष श्राद्ध गरेर पिण्ड दिने चलन छ । अहिले सत्ताका ठुलाबडा पितृहरुलाई दैनिक पिण्डपानी र बसोबास तथा सवारीसुविधा समेत जुटाइदिने चलन आएको छ । यो पनि सामन्तवादकै चरम रुप हो भन्ने म ठान्छु । कसो हो त भाइ हो ?” लच्छू काका सवैका अनुहारमा हेर्नुहुन्छ ।
 

“सत्तासीनका बाहुलीबाट आफन्त र कथित जनप्रतिनिधिहरुलाई विभिन्न वहानामा करोडौं राजस्व रकम वितरण गरिन्छ । राणाकालमा पनि पूर्वी कमाण्ड, उत्तरी कमाण्ड, पश्चिमी कमाण्ड र दक्षिणी कमाण्ड हुन्थे । मुलुक उनीहरुको खर्कजस्तै थियो । अहिले पनि चुनावक्षेत्रका नाममा सांसदहरुलाई राष्ट्रिय ढुकुटीबाट करोडौं करोड रुपया टक्र्याइन्छ । यो पनि त राणकालीन कमाण्ड भनेजस्तै परिपाटी हो । सामन्तवाद नभएर पूँजीवाद मात्रभएको भए पनि यो ठाडो भ्रष्टाचारमा गनिन्थ्यो । वर्षिक वजेट प्रस्तुतिमा हेर्नुस्, अहिलेको यो असारे विकास अभियानमा हेर्नुस् जनताका सम्पत्तिमा व्रह्मलूट मच्चिएको छ । यस्तो लूटमा सम्मिलत हुन्न कोही भन्दैन । कांग्रेस अहिले प्रतिपक्षमा छ । कति कुरामा सदनमा सत्तापक्षको विरोध गर्छ । अवरोध गर्छ । कांग्रेसका सांसदहरुले पनि निर्वाचन क्षेत्रविकासका नाममा छ करोड लिनु भ्रष्टाचार हो, हामी लिँदनौं भनेर रकम त्याग गर्न सकेनन् । काले काले मिलेर खाउँ भाले !  गीत बडो सटीक छ । खाने पचाउने कुरामा त सवैै एक छन् । यो सामन्तवादमै हुर्केको संस्कृति हो !” अर्का एक वयोवृद्ध काकाले आफ्नो धारणा राख्नुभयो ।

धेरैबेरसम्म मौन श्रोता बनिरहनुभएका एक जना प्रौढले भन्नुभयो, “हिमाल पहाड तराइ जहाँ जानुस् बन उजाड छ, कुषिका जग्गाहरु बाँभैm छन् । म यसपटक मुक्ति नाथ गएको थिएँ । बराहक्षेत्र पनि गएँ । हिमाल पहाड तराइ जहाँ जानुस् बनजङ्गल उजाड छन्, खेतबारीहरु बाँभैm छन् । गाउँबस्ती सुनसान छ । टामाटुमी बुढाबुढीहरु छन् । गाउँका विद्यालयहरुमा बालबालिकाको सङ्ख्या घट्दो छ । रेमिट्यान्समा बाँचेको नेपाल एक किसिमको खुल्ला वुद्धाश्रमजस्तो देखिन थालेको छ । मुलुकको भूमि र पर्यावरणलाई भुत्ल्याएको कुखुराजस्तो बनाइएको छ । युवाहरुलाई विदेश लखेटिएकोछ । विदेशीहरुलाई देशमा भित्र्याइएको छ । भूकम्पले भत्केको घर बनाउने ज्यामी मिस्त्री सवै विहारी र बङ्गाली । यो के वाद हो ?” 

एक जना अर्का वयोवृद्धकाकाले अघि सरेरै भन्नुभयो, “यो पनि सामन्तवाद हो । हिजो पनि कम्पनी भारतको रेललाई पटरी बनाउने काठ काट्न राणाहरुको मर्जीमा तराइका जङ्गलमा विहार बङ्गाल र यूपीबाट कामदार आएका थिए । कति फर्के कति यतै बसे । हिजोको सामन्तकालमा मुलुकमा एउटा गोर्खाभर्तीकेन्द्र थियो आज मानव बेचबिखनका घोषित अघोषित सयौं केन्द्रहरु छन् । सरकार आपैm सहजीकरण गर्छ । श्रमिक निर्यात गर्न विभिन्न देशसित सम्झौता गर्छ । युवायुवतिलाई विदेशिन प्रोत्साहित गर्छ । यो सवै आजको सामन्तवादकै कलङ्कमय अवतार होइन र ?”

“कुरा भन्दा सुन्दा हामी जताततै सामन्तवाद मात्र देख्न थाल्यौँँ जस्तो पनि लाग्छ । पढ्दा शास्त्रमा छैन । व्यवहारमा कांग्रेस नामका सामन्तहरु भेटिएका छन् । कम्युनिष्ट नामका सामन्तहरु पनि भेटिँदा छन् । हामी जोगी भन्छौं । जोगीहरुमै पनि सामन्त भेटिन्छन् । आपूm मालिक बनेर अरु जोगीलाई दास बनाउने, श्रम शोषण गर्ने, अर्थशोषण गर्नेहरु भेटिन्छन् । यसैले सामन्तवाद जोगाउन परम्परागत राजा नै चाहिन्छ भन्नेकुरा पनि  रहेन । हिजोको नेपालमा एउटा राजा थियो । त्यसको उद्गमस्रोत परम्परागत धर्म संस्कृति थियो । कुनै एउटा परिवार राजपरिवार हुन्थ्यो । अहिले राजनीतिक पार्टीहरु एकसे एक राजपरिवार बनेका छन् । नेताका रुपमा पार्टीहरु राजा जन्माउँछन् । ठुला पार्टीका ठुला राजा, साना पार्टीका साना राजा । राजा त सवै राजा । पहिलेका सत्तासीनका श्री३ श्री५ भनेजस्तै अहिलेका सत्तासीनका श्री त कति कति । पहिले एउटा राजा अहिले धेरै राजा । विभिन्न करका नाममा जनताका रगत् पसिना उभाएर विलास वैभवको जीवन जिउँने राजा आज मुलुकमा धेरै पो छन् त ! अनि सामन्तवाद छैन , हराया,े कसरी भन्ने ?” अर्का काकाले कुरा राख्नुभयो ।

लच्छुकाकाले भन्नुभयो, “पहिलेका सामन्तहरुको हुकुम नै अइन थियो । जंगबहादुरले पहिलो लिखित ऐन बनाए भन्छन् । त्यसपछि पनि राणाहरुको बोली नै ऐन थियो । कानुनसँग हुकुम नमिले कानुनमै हरिताल पोतिन्थ्यो । विभिन्न विधेयक निर्माण र प्रस्तुतिमा आज त्यस्तै प्रवृत्ति देखिन सुनिन थालेको छ । मैले भनेपछि त्यो हुनैपर्छ भन्ने जिद्दी सामन्तवाद हो भने यस वर्ष सदनमा प्रस्तुत भएका धेरैजसो विधेयक सामन्तवादका जिद्दी नै हुन् । कसको इशारामा कसले कहाँ विधेयक बनाउँछ थाहा हुँदैन । विधेयक देश र जनताका भाग्यभविष्यमाथि बन्चरो बनेर उपस्थित हुन्छ । जनता ‘एः यो त भएन । यसो हुनु मुलुक र जनताका हितमा छैन!’ भन्छन् । सरकार सुन्दैन । उपत्यकाका जनता सडकमा उत्रेपछि गुठीविधेयक हचुवा पारामै हच्क्यो । अहिले घातक सम्भावना बोकेको परमाणुबिधेयक सदनमा छ । यो ‘किन कसरी र कसका लागि’ आम जनताको थाहाबाहिर छ । विज्ञहरुले यसको घातकता र अनावश्यकतामाथि प्रश्न उठाइसकेका छन् । विधेयक आफ्नै ढिपीमा प्रस्तुत छ । सामन्तवाद हठवादको नाम पनि हो । सामन्तहरु हठी हुन्छन् । मानिसहरु भन्छन् दलाल र ठेकेदारहरुका दबाबमा घातक विधेयक पारित हुन पनि सक्छ !”

“गहिरिएर हेर्नुस् अहिलेका प्रवक्ता मन्त्रीका हाव भाव बोली र प्रस्तुतिमा सामन्तवाद छैन ? प्रधानमन्त्रीबाट जनतालाई बाँडिने सपना र आश्वासनमा सामन्तवाद छैन ? ‘प्रधानमन्त्री बेरोजगारकोष’ के नाम हो यो ? प्रधानमन्त्री त बेरोजगार हुनुहुन्न । यो कोषको नाम ‘जनता बेरोजगारकोष’ हुन नसकेको किन ? किन भने सामन्तबादमा विद्यालय बन्दा पद्मोदय बन्छ जुद्धोदय बन्छ, त्रिजुद्ध बन्छ त्रिचन्द्र बन्छ हस्पिटल बन्दा वीरहस्पिटल बन्छ । जनताले आवाद गरेको जग्गाको नाम पनि चन्द्रनिगाहापुर बन्छ । हामी कहाँ कांग्रेस सत्तामा रहँदा ‘गरीबसँग श्विेश्वर’ नाममा योजना बन्छ । हरेक कार्यक्रमका नाममा सत्तासीन भुण्डिनुपर्ने किन ? किनभने सामन्तहरुको निगाहावादी चिन्तनमा यो भन्दा फरक किसिमबाट नाम फुर्दैफुर्दैन ।”

“के आज मन्त्री प्रधानमन्त्री र राष्टपतिको भाषामा सामन्तवाद झुल्दैन ? सामन्तहरु प्रश्न मन पराउँदैनन् । उत्तरदिन रुचाउँदैनन् । सदनमा प्रधानमन्त्री उत्तर दिन उभिनु हुँदा जहिले पनि क्रुद्ध मुद्रामा उभिनुहुन्छ किन ? प्रधानमन्त्री त सर्वोच्च पद हो । अभिभावकीय पद हो । चरम सामन्तकालमा दिल्लीका सम्राट अकबरका काखमा बसेका उनका नातिले सम्राट हजुरबाका दाह्री उखेलौंजसरी तान्दा पनि सम्राट नरिसाएका र रमाइलो मानेका घटनालाई लिएर तत्कालीन एक महाकविले कविता नै लेखेका छन् । सच्चा अभिभावकहरु रिसाउँदैनन् । रिसाउनु अभिभावकका लागि शोभाजनक हुँदैन । बिचरा कांग्रेसहरु त सत्ताबाहिर रहनुपर्दा चन्द्राहत नै हुन्छन् । यो तिनीहरुमा हुर्केको अर्को सामन्ती स्वभाव हो । ती बिचराहरुसँग के रिसिाउनु ? रिसाउने नै हो भने दिनदिनै सीमा अतिक्रमण गर्ने र पाइलापाइलामा नेपालीलाई दुःख दिने अज्यौलिया दक्षिणी छिमेकीसित रिसाउनु नि !” काकाले भन्नुभयो । 

लच्छू काका अझै जोसमा हुनुहुन्थ्यो । वहाँले भन्नुभयो, “बालबालिका र महिलाको असुरक्षामा सामन्तवाद छ । मुलुकका कथित ठुलाबडाबाट भएका अपराधको ढाछोपमा सामन्तवाद छ । भ्रष्ट ठेकेदारहरु, दलालहरु बाहुवलीहरु, विभिन्न क्षेत्रका माफिया सर्दारहरु, विचौलियाहरुले, जनताका भाग्यविधायक बन्न खोज्नुमा सामन्तवाद छ । मूठभेडका नाममा निःशस्त्र नागरिक मार्नुमा चाहिँ कुन बाद छ ? समाजवाद ? सामन्तवाद ? पूजीवाद ? अथवा सर्वसत्तावाद ? गैरन्यायिक हत्यामा कुन वाद छ ? राणाहरुले मूठभेड, भनेनन् । राणाहरुले लुकिछिपी पनि मान्छे मारेनन् !” लच्छू काकाले ब्यङ्ग्यपूर्ण लबजमा भन्नुभयो, “राणाहरु अभैm परिपक्व सामन्तवादी हुन सकेका थिएनन् कि ?”

“जनताले जति दुःख पाए पनि हुने, सत्तासीनहरुले चौतर्फी सुखसुविधा भोग गर्न पाउनु पर्ने वाद प्रकारान्तरले सामन्तवाद नै हो ।

जनतालाई छाप्रो नहुँदा पनि प्रधानमन्त्री, राष्ट्रपति, उपराष्ट्रपतिलाई सर्वसम्पन्नतापूर्ण विलास वैभवयुक्त आलीसान महलमा विराजमान रहनु पर्ने वाद सान्तवाद नै हो । मलाई त यस्तै लाग्छ है !” लच्छू काकाले कुरा टुङ्ग्याउन खोज्दै भन्नुभयो, “बाँकी कुरा पछि गरौंला । अहिले मेरो गोठ तिर्खाएको छ म त्यता लाग्छु ।” यति भन्दै लच्छू काका उठ्नुभयो । अरु काका पनि उठ्नु भयो । म आपूm जनताका समृद्ध अनुभव सुन्न पाएकोमा दङ्ग पर्दै बस बिसौनीतिर लागेँ ।

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

Loading comments...