बुधबार, १४ कात्तिक २०८१
ताजा लोकप्रिय

के हो मास हिस्टेरिया ? यसरी गर्न सकिन्छ रोकथाम र उपचार

शनिबार, १४ असार २०७६, १२ : १८
शनिबार, १४ असार २०७६

काठमाडौँ । अघिल्लो वर्षहरुमा विद्यालयमा अध्ययनरत विद्यार्थीहरु अचानक बेहोस हुन थालेपछि धेरै विद्यालय नै बन्द गर्नुपरेको अवस्था थियो । कराउने, चिच्याउने, बेहोस हुने जस्ता समस्याहरु धेरैजसो विद्यालयमा अध्ययनरत किशोरीहरुमा देखिन्छ ।

यस्तो समस्या आएपछि विद्यालय नै बन्द गर्ने, सानै उमेरमा विवाह गर्ने, धामीझाँक्री लगाउने जस्ता परम्परागत उपचार विधिहरुलाई प्राथमिकता दिने गरेको पाइन्छ । भूतप्रेत रिसायो भन्ने, पूर्वजन्मका पापलगायत विभिन्न परम्परागत आंकल गर्दै आइरहेका छन् ।

तर चिकित्सकहरुले भने यस्तो समान्य समस्या भएको बताउँदै आएका छन् । धेरै जना अर्थात मासमा देखिने भएको हुँदा यस्तो समस्यालाई मास हिस्टेरिया पनि भन्ने गरिएको छ भने अहिले कन्भर्जन डिस्अर्डर पनि भन्ने गरिन्छ ।

यस बारेमा त्रि.वि. शिक्षण अस्पतालका मानसिक स्वास्थ्य सेवा विभागका प्रमुख डा. सरोज ओझा यसो भन्छन् ।

मास हिस्टेरिया कस्तो रोग हो ?

पहिला–पहिला हिस्टेरिया भन्ने शब्द महिलाहरुमा मात्रै हुने भएको हुनाले हिस्टेरिया भन्ने गरिन्थ्यो । आजभोली हिस्टेरिया भन्ने शब्द प्रयोग गरिदैँन कन्भर्जन डिस्अर्डर भन्ने गरिन्छ ।

पहिला महिलाहरुमा मात्रा हुने भएको हुँदा हिस्टेरिया भनिएको हो । हाम्रो ब्रेनको माइन्डको तीन वटा स्टेप हुन्छ । कन्सेस र अनकन्सेसको बिचमा शव कन्सेस भन्ने हुन्छ ।

शव कन्सेस भनेको फुल्ली अनकन्सेस पनि होइन फुल्ली कन्सेस पनि होइन । सामान्य रुपमा हिस्टेरियालाई शव कन्सेस माइन्डले कन्ट्रोल गर्ने गर्दछ । जसले गर्दा त्यो व्यक्तिमा उत्पन्न भएका तनावहरु बाहिर निकाल्नको लागि शारीरिक लक्षणहरु बाहिर निस्कन्छ ।

तनावहरुलाई बहन गर्नुपर्ने ठाउँमा तनावहरुलाई बन्द ग¥यौँ भने केही समय ब्रेनको शव कन्सेस माइन्डले कन्ट्रोल गर्ने गर्छ । त्यो भएपछि व्यक्तिमा शारीरिक लक्षणहरु आउँछन त्यसैले कन्र्भजन कन्भर्ट हुन्छ ।

नेपाल जस्तो ठाउँमा भने धेरै जसो बेहोस हुन्छन् । कति मान्छे कराउने, रुने, चिच्याउने हुन्छ । त्यो शारीरिक लक्षण चाहिँ विभिन्न मानिसमा शारीरिक तनावले ब्रेनको शव कन्सेस माइन्डले कन्ट्रोल गर्दा त्यस्ता समस्याहरु देखिन सक्छन । यस्ता समस्याहरु हरेक वर्ष भईरहेको छ ।

सन् २०१६ मा धादिङ, खोटाङ, लम्जुङ, बैतडीमा विभिन्न समयमा समस्या भएको देखिन्छ । १२ वर्षदेखि १६ वर्षसम्मका किशोरीहरुमा यस्तो यस्ता समस्याहरु देखिएको छ । विद्यालय नै बन्द गर्नुपर्ने अवस्थासम्म पनि आएको छ ।

यो समस्या नेपालमा मात्रै हुन्छ भन्ने पनि छैन अन्य देशहरुमा पनि भईरहेको पाईन्छ । त्यसैले यो किशोर अवस्थाका किशोरीहरुमा हुने एक किसिमको मनोवैज्ञानिक रोग भनौ तर कडा रोग भने होइन । यो मनोवैज्ञानिक समस्या हो ।

यस्तो समस्या नेपालमा पहिल्यैदेखि नै भइरहेको अवस्था हो । अरु विकसित देशहरुमा यस्तो समस्या कम छ । हाम्रो जस्तो देश जहाँ देविदवता, दैवि शक्ति, धामीझाँक्री माथिको विश्वास अनि कसैलाई भूत लाग्यो प्रेतआत्मा आयो भन्ने जस्ता डरको कारणले पनि यस्ता समस्या हुनको लागि मद्दत गरेको हुन्छ ।

किन एकैपटक धेरै जनालाई हुन्छ ?

जस्तै क्लासमा होमवर्क दिएको हुन्छ । त्यो होमवर्क विभिन्न कारणले उसले गर्न सक्दैन् । सँगैको साथीलाई मैले होमवर्क गर्न पाइन । भोली मलाई टिचरले पिट्छ भन्ने कुरा गर्छन् त्यही कुरा अरुलाई पनि भन्छन् र होमवर्क नगरेकासँग यो कुरा मिल्छ ।

त्यो एक किसिमको मान्छेको फिलिङ, भावनाहरु साटासाट भएको हुन्छ । भोलीपल्ट विद्यालयमा जाँदा कुनै पनि किसिमको गलत सजायत शिक्षकले पक्कै दिन्छन् । त्यस्तो गलत सजाय भयो भने अनि मान्छेको शव कन्सेस माइन्डले कन्ट्रोल ग¥यो भने चिच्याउने, कराउने बेहोस हुने समस्या हुन्छ ।

त्यो कुरा एउटै फिलिङ भएको साथीहरुमा पनि हुन्छ । यो सरुवा रोग होइन तर मान्छेको फिलिङ, इमोशनल मिल्ने हुँदा एउटा नर्मल साथी कसैले उनलाई पिट्यो अथवा कसैले उनलाई केही ग¥यो भने पनि यस्ता समस्या आउन सक्छ ।

अथवा कोही महिला–किशोरीलाई घरमा या समाजमा कुनै समस्या भयो भने त्यो तनावलाई बहन गर्न सकेन शव कन्सेस माइन्डले उसलाई कन्ट्रोल ग¥यो भने उ आफैँलाई पनि मैले के गरिरहेको छु भन्ने कुरा थाहा हुँदैन ।

फुल्ली अनकन्सेस पनि होईन फुल्ली कन्सेस पनि होईन यस्तो समस्या केही समय रहन्छ । एक अर्काेमा यस्ता समस्याहरु देखिन थाल्छन् । यस्तो समस्यालाई मास्ट हिस्टेरिया भनिन्छ ।  

किशोरीहरुमा मात्रै किन यस्तो समस्या देखिन्छ ?

हाम्रो समाजमा बाल्यकालदेखि नै महिला र पुरुषको फरक—फरक भूमिकाको बारेमा जानकारी गराइन्छ । जन्मदेखि नै लालनपालन हरेक कुरामा फरक भएको हुन्छ । यो सबै कुरा हुँदाहुँदै विशेष गरेर महिला कमलो स्वभावको हुन्छ ।

कमलो स्वभाव भएको मान्छेहरु कति कुराहरु लाज मान्ने, डर मान्ने आफ्नो कुराहरु भन्न सकेका हुँदैनन् । जुन कुरालाई पुरुषले सजिलैसँग निर्वाह गरिरहेका हुन्छन् । घरकै छुटट्ै जिम्मेवारी हुन्छ । यि विभिन्न कारणले गर्दा हिस्टेरिया पुरुषमा भन्दा महिलामा बढी नै देखिन्छ ।

लक्षणहरु के–के हुन्छन् ?

मास हिस्टेरिया नेपालमा देखिएको लक्षणहरु हेर्ने हो भने धेरै जसो बेहोस हुन्छन् । मास्ट हिस्टेरियाको बेहोस र छारे रोगको बेहोस फरक किसिमका हुन्छन् । छारे रोगमा बेहोस हुँदा मासको रुपमा जाँदैन । कुनै एक व्यक्तिलाई हुन्छ तर बेहोस भए पनि त्यो व्यक्ति पूर्ण अनकन्सेस हुन्छ ।

अनकन्सेस समय केही सेकेन्डदेखि केही मिनेट सम्म रहन सक्छ । मुखबाट फिज आउने, आँखामाथि पल्टाउने, जिब्रो टोक्ने र कहिलेकाहिँ पिसाब पनि छोड्न सक्छ ।  तर हिस्टेरियाको बेहोसमा भने त्यस्तो केही पनि हुँदैन । कोही चिच्याउने कराउने, डराउने आत्तिने हुन्छ । हिस्टेरियाको लक्षणहरु हुन ।  

रोकथाम र उपचार कसरी गर्ने ?

१२ देखि १६ वर्ष भनेको किशोरीको महिनावारी सुरु हुने उमेर हो । त्यो उमेरमा शरिरमा हर्माेनको परिवर्तन हुन्छ । त्यो उमेरमा गरिबी आर्थिक रुपमा पछि परेको कारण परम्परागत जस्तै धामीझाँक्री लगाउने गरिन्छ ।

हर्माेनल परिवर्तनको समयमा विभिन्न किसिमको तनावहरु झेल्नुपर्ने अवस्थामा त्यो तनावलाई वहन गर्न नसकेपछि ब्रेनको शव कन्सेस माइन्डले कन्ट्रोल गरेर हुने कुरा हो ।

विद्यालयको मास हिस्टेरियाको कुरा गर्नुपर्दा कुनै किसिमको घटना भएको हुनसक्छ । अर्थात विभिन्न किसिमको समस्या भएको हुनसक्छ र त्यो साथी–साथीबिच छलफल भईरहेको र त्यो पूर्ण रुपमा छलफल भएको छैन भने कमजोर स्वभाव भएको व्यक्तिले तनाव बहन गर्न नसक्दा बेहोस हुने, चिच्याउने, कराउने हुन्छ र त्यो ट्रान्समिट भएर अरु पनि चिच्याउने÷कराउने हुन्छन् ।

मास हिस्टेरिया अथवा हिस्टेरियाको विषयमा विभिन्न किसिमको धारणाहरु रहेका छन् । कसैले विवाह गरेपछि ठिक हुने, कतिले धामीझाँक्रीलाई फुक्न लगाउने, फुक्न लगाउँदा ठिक भएको जस्तो पनि हुन्छ । यो केही क्षणलाई हुने र ठिक हुने समस्या हो त्यो कारणले गर्दा हाम्रो समाजमा नकारात्मक प्रचलन बढिरहेको छ ।

यो ठूलो मानसिक रोग होईन यो मनावैज्ञानिक समस्या हो जुन उमेर बढ्दै गएपछि ठिक हुन्छ । तनाव स्ट्रेशलाई बहन गर्न नसकेको अवस्थामा यस्तो समस्या देखिन्छ ।  त्यसैले जो मान्छेले तनावको बारेमा छलफल गर्छ ।

बाहिर निकाल्न छ भने त्यो पनि समस्या समाधानको एउटा बाटो हो । परामर्श गर्ने कुरा पनि त्यही हो । किन भने यसको उपचार गर्ने भनेको नै मनोपरामर्श तथा काउन्सिलले ठिक पार्ने हो । त्यसैले हामीले मनोपरामर्श गर्दा दबाएर राखेको स्ट्रेशलाई बाहिर निकाल्ने काम हुन्छ ।

हिस्टेरिया ठूलो रोग होईन यो उमेर बढ्दै जादा निको हुने रोग हो । ठूलो अनुसन्धान गनुपर्ने, डाक्टर कहाँ जानु पर्ने समस्या होईन । मनोपरामर्शबाट ठिक हुने रोग हो ।

एक जनालाई समस्या भएपछि अरुलाई पनि मास हिस्टेरियाको समस्या देखिएको खण्डमा त्यो ठाउँमा कुनै न कुनै किसिमको तनाव छ त्यो तनावलाई बहन गर्न नसकेको अवस्थामा समस्या देखिएको हो भन्ने बुझ्नुपर्छ ।

परिवार, शिक्षक र समाजको पनि सकारात्मक भूमिका हुनुपर्छ । मानसिक रोग लाग्यो भन्दैमा विवाह गरेर ठिक हुन्छ भन्ने १२÷१३ वर्षको किशोरीलाई विवाहको कुरा गर्दा झन तनाव हुन्छ । यस्तो किमिसको कुराहरुमा हामी अल्झीनु भएन किन भने यो समस्या पुरुषलाई पनि हुन्छ र विवाह गरेर समस्याको समाधान हुने होईन ।

राम्रोसँग परामर्श भएको खण्डमा आउने दिनहरुमा त्यस्तो तनावलाई झेल्न सक्ने अवस्था हुन्छ । तर किशोरी अवस्थामा समस्या देखिएको महिलामा ४० वर्षपछि पनि एक किसिमको हर्मनल परिवर्तन हुन्छन् ।

त्यो समयमा महिनावारी रोकिन्छ विभिन्न सामाजिक तनावहरु सिर्जना हुन्छन् । त्यो समयमा पनि हिस्टेरिया देखिन सक्छ । तर मासलाई हुँदैन । एक जना व्यक्तिलाई मात्रै हुन्छ ।

गम्भीर किसिमको असर हुन्छ की हुँदैन ?

यस्तो ठूलो असर हुँदैन तर बारम्बार बेहोस हुन थाल्यो भने मान्छे डिप्रेशनमा जान सक्छ । डिप्रेशन हिस्टेरिया भन्दा कडा रोग हो । डिप्रेशनपछि काम गर्न नसक्ने, आत्महत्या गर्ने गर्छन् ।

आत्महत्याको एक कारक पनि डिप्रेशन नै हो । त्यसैले हामीले यो एउटा मनोवैज्ञानिक समस्या हो । यो कन्र्भजन भएको समस्या हो । तनावलाई झेल्न नसकेर शव कन्सेस माइन्डबाट कन्ट्रोल गरेको फुल्ली कन्सेसमा नगएको अवस्था हो ।

यस्ता समस्या भएको खण्डमा पराशर्म लिनुपर्ने देखिन्छ । परामर्शबाट नागरिकको मिथ्या धारणालाई पनि हटाउनुपर्छ । औषधी खुवाउनुपर्ने, मानसिक डाक्टर कहाँ लानुपर्ने, विवाह गर्नुपर्ने जस्ता कार्य गर्नुपर्दैन, परामर्शबाट नै निको हुन्छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अञ्जु तामाङ
अञ्जु तामाङ

 तामाङ रातोपाटीका लागि स्वास्थ्यसँग सम्बन्धित समाचार लेख्छिन् ।

लेखकबाट थप