बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

‘बिरामी सुरक्षामा सुदृढ ढाँचाको विकास’का लागि मेडिसिटी अस्पतालको प्रयास

शुक्रबार, १३ असार २०७६, १९ : २४
शुक्रबार, १३ असार २०७६

ललितपुर– नेपाल मेडिसिटी अस्पतालको आयोजनामा दुई दिने अन्तर्राष्ट्रिय बिरामी सुरक्षा सम्मेलन ललितपुरमा सुरु भएको छ ।

सम्मेलनको उद्घाटन गर्दै उप–प्रधान, स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले बिरामीको सुरक्षा आजको आवश्यकता भएको भन्दै अस्पतालले आयोजना गरेको सम्मेलन फलदायी हुने विश्वास व्यक्त गरे । उनले ‘बिरामी सुरक्षाको सुदृढ ढाँचाको विकास‘ मा सम्मेलन उपलव्धीमूलक होस भनी शुभकामना दिए ।

पछिल्लो समय बिरामीहरुको सुुरक्षा विश्वव्यापी विषय बन्दै आएको छ । विश्व स्वास्थ्य संगठनका अनुसार प्रत्येक दिन अस्पताल भर्ना हुने दश मध्ये एक विरामीमा नकारात्मक असर पर्ने गरेको छ जसले समान्य देखि जटिल हुँदै मृत्युसम्म पनि पुर्याएको पाइन्छ ।

अधिकांश अवस्थामा संक्रमण देखिने, गलत शल्यक्रिया हुनु, गलत औषधि प्रयोगमा निर्देशन गर्नु, औषधिको मात्रा बढि हुनु तथा अस्पतालभित्रै चोटपटक लाग्ने पाइएको छ । 

बिरामीहरुको स्वास्थ्यमा प्रभाव पार्ने प्रत्यक्ष तथा अप्रत्यक्ष क्रियाकलापहरुबारे जान्ने अवसर सम्मेलनका सहभागिले पाउने अस्पतालले जनाएको छ । बिरामीहरुको सुरक्षाका विषयमा स्वास्थ्यकर्मीहरुबीच अन्तत्र्रिmया गर्दै यसको बृहद् विकासका लागि सल्लाह, सुझाव र प्रतिक्रियाहरु संकलन गरी अस्पताललाई पूर्ण रुपमा सुरक्षित बनाउने अपेक्षा यो सम्मेलनले राखेको छ ।

स्वास्थ्यकर्मीहरुको उत्साहजनक सहभागिता रहेको यस सम्मेलनमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विशेषज्ञद्वारा मौखिक प्रस्तुति, पोष्टर प्रस्तुति, कि नोट सम्बोधन तथा प्यानल डिस्कसन भएका छन् । विश्व स्वास्थ्य संगठन, अमेरिका, बेलायत, जर्मनी, खाडी मुलुक, भारत लगायतका विभिन्न स्थानबाट स्वास्थ्यक्षेत्रको नेतृत्वतहका प्रतिनिधिहरु यस सम्मेलनमा सहभागी भएका छन् ।

सामाजिक उत्तरदायित्वका रुपमा नेपाल मेडिसिटी अस्पतालले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय तथा ग्रुप अफ टेक्निकल असिस्टेन्ससँगको सहकार्यमा सम्मेलन आयोजना गरेको हो । आजबाट सुरु भएको सम्मेलन भोली १४ गतेसम्म संचालन हुनेछ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप