मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

प्रहरी चौकीमा तालिवान आक्रमण, आठ प्रहरी मारिए

शुक्रबार, १३ असार २०७६, १४ : २२
शुक्रबार, १३ असार २०७६

एजेन्सी– अफगानिस्तानको मध्य प्रान्त दैकुन्दीको कज्रन जिल्लामा रहेका प्रहरी चौकीहरुमा तालिबान लडाकू समूहले गरेको आक्रमणमा परी कम्तीमा आठ प्रहरी मारिएका छन् ।  यस आक्रमणका परी अन्य १६ जना प्रहरी घाइते भएका छन् । प्रान्तीय गभर्नर आह्ला रहमानले उक्त जानकारी दिएका छन् ।

शुक्रबार बिहान सबेरै कज्रन जिल्लामा रहेका प्रहरीचौकीहरुमा भएको आक्रमणमा परी  आठ प्रहरीको मृत्यु हुनको साथै अन्य १६ जना घाइते भएका सरकारी स्रोतले जानकारी दिएको छ । तालिबान लडाकू समूहले गरेको आक्रमणपछि सुरक्षा अधिकारी र तालिबानबीच भएको दोहोरो भिडन्तमा तालिबानतर्फ पनि हताहत भएको अधिकारीहरुले जानकारी दिएका छन्  । 

तर यति नै सङ्ख्यामा आतङ्ककारीतर्फ हताहत भएको सो भने प्रष्ट भएको छैन् । अफगानिस्तानमा सरकारसँग युद्धरत तालिबान लडाकू समूहले यस आक्रमण र झडपका विषयमा कुनै टिप्पणी गरेका छैनन् । –सिन्ह्वा
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप