‘नेपालमा छोरी जन्मिन्छन्, केन्यामा दास बनाइन्छन्’
गैरआवासीय नेपाली संघका कोषाध्यक्ष हिक्मत थापाले बिहीबार यस्तो ट्वीट गरे– ‘दशकदेखिको समस्या । केन्या र तान्जानियाका कैयन मुजरा डान्सबारमा निरन्तर सयभन्दा बढी नेपाली चेलीहरु नाचिरहेका छन् । यातना दिने, पुलिसले पक्रने यो पहिलो पटक होइन । सरकार, दूतावास सबैलाई बारम्बार जानकारी गराइएको छ । सरकारको नजर पुगोस्।’
उनले यो सन्देश परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र हेलो सरकारलाई मेन्सन गरेका छन् । त्यससँगै एउटा तस्बिर राखेका छन्, जुन केन्याको लोकप्रिय दैनिक ‘नेसन’ को गत शनिबारीय अंकको प्रथम पृष्ठ हो । त्यसको मुख्य खबर छ, ‘नेपालमा छोरी जन्मिन्छन्, केन्यामा दास बनाइन्छन् ।’
समाचारभित्र केही युवतीको अनुहार नखुल्ने तस्बिर छ, जो त्यहाँका गैरकानुनी रात्रि–क्लबमा नाचिरहेका अवस्थामा प्रहरीले नियन्त्रणमा लिएका नेपाली हुन्। त्यसको दायाँतिर हिरासतमा राखिएका एक विदेशी छन्, जो त्यस क्लबका सञ्चालक हुन् ।
केन्याको न्यालीस्थित न्यु रंगीला बारमा राति नाचिरहेका अवस्था प्रहरीले हालै छापा मारेर १२ नेपाली युवतीलाई पक्राउ गरेको हो । त्यसका सञ्चालक असिफ अमिराली अलिभाइ जेथालाई पनि गिरफ्तार गरी मुद्दा चलाएको छ ।
थापाका अनुसार एक दशकभन्दा लामो समयदेखि नेपालबाट युवतीलाई लगी अवैध क्लबमा नचाउने गिरोह सक्रिय छ । ‘पाँच–छ वटा क्लबमा कम्तीमा सय नेपाली युवतीलाई यो पेसामा सामेल गराइएको अनुमान छ’, वर्षौंदेखि अफ्रिकामा बस्दै आएका उनले भने, ‘तिनीहरू ललाईफकाई ल्याइएका हुन् ।’ यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
२ प्रतिक्रिया
भर्खरै
-
झापामा चट्याङ लागेर एक जनाको मृत्यु
-
मालवाहक ट्रकबाट १ लाख २० हजार प्रतिबन्धित औषधि ट्रामाडोल बरामद
-
सिक्टा नहरको पानीले २२ हजार हेक्टरमा सिँचाइ
-
ट्राफिक कारबाहीमा एकैदिन २२ लाख ९६ हजार राजस्व सङ्कलन
-
समस्याग्रस्त सहकारी व्यवस्थापन तथा बचतकर्ताको हित संरक्षण गर्दै बागमती प्रदेश सरकार
-
रास्वपा प्रथम महाधिवेशन : अझै सुरु भएन प्रतिनिधि परिचयपत्र वितरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण