बिहीबार, १३ मङ्सिर २०८१
ताजा लोकप्रिय

मेडिसिटी अस्पतालले अन्तर्राष्ट्रिय बिरामी सुरक्षा सम्मेलन गर्दै

बिहीबार, १२ असार २०७६, १६ : ५३
बिहीबार, १२ असार २०७६

ललितपुर– नेपाल मेडिसिटी अस्पतालले दुई दिने अन्तर्राष्ट्रिय बिरामी सुरक्षा सम्मेलन गर्ने भएको छ । सामाजिक उत्तरदायित्वका रुपमा नेपाल मेडिसिटी अस्पतालले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय तथा ग्रुप अफ टेक्निकल असिस्टेन्सँगको सहकार्यमा दुई दिने अन्तर्राष्ट्रिय गोष्ठि आयोजना गर्ने भएको हो ।

असार १३ र १४का दिन ललितपुरमा आयोजना हुने गोष्ठिको उद्घाटन माननीय उप–प्रधान तथा नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका मन्त्रीको प्रमुख आतिथ्यमा हुनेछ । ‘बिरामी सुरक्षाको सुदृढ ढाँचाको विकास‘ विषयमा यो सम्मेलन केन्द्रित रहने नेपाल मेडिसिटीले जनाएको छ । 

पछिल्लो समय बिरामीहरुको सुुरक्षा विश्वव्यापि विषय बन्दै आएको छ । अमेरिका स्थित रोग नियन्त्रण तथा निवारण केन्द्रका अनुसार बिरामीहरुको उपचार गर्ने क्रममा स्वास्थ्यकर्मीहरुको भुलचुकले वर्षमा २ लाख ५० हजार बिरामीहरु अस्पतालमै मृत्यु हुने गरेको छ । मृत्युको कारणहरुमध्ये अमेरिकामा यसरी मृत्यु हुनेहरुको संख्या तेश्रो नम्बरमा रहेको पाइएको छ जुन सडक दुर्घटनाबाट मृत्यु हुनेहरुको संख्यासँग तुलनात्मक रुपमा रहेको छ ।

विश्व स्वास्थ्य संगठनका अनुसार प्रत्येक दिन अस्पताल भर्ना हुने दश मध्ये एक विरामीमा नकारात्मक असर पर्ने गरेको छ जसले समान्य देखि जटिल हँदै मृत्युसम्म पनि पु¥याएको पाइन्छ । अधिकांश अवस्थामा संक्रमण देखिने, गलत शल्यक्रिया हुनु, गलत औषधि प्रयोगमा निर्देशन गर्नु, औषधिको मात्रा बढि हुनु तथा अस्पतालभित्रै चोटपटक लाग्ने पाइएको छ । 

नेपाल मेडिसिटी अस्पतालले बिरामी सुरक्षालाई उच्च प्राथमिकतामा राख्दै सोका लागि आवश्यक नीति तथा प्रक्रिया अघि सार्दै भारतको गुणस्तरीय बोर्ड द्वारा नेशनल अक्रेडिटेशन बोर्ड फर हेल्थ एण्ड हस्पिटल को अन्तर्राष्ट्रिय मान्यता समेत प्राप्त गरिसकेको छ । यस किसिमको अन्तर्राष्ट्रिय मान्यता प्राप्त गर्ने नेपाली अस्पतालहरु मध्ये नेपाल मेडिसिटी पहिलो हो भने एनएबिएच अन्तर्राष्ट्रिय प्राप्त गर्ने संसारकै तेश्रो हो ।

बिरामीहरुको स्वास्थ्यमा प्रभाव पार्ने प्रत्यक्ष तथा अप्रत्यक्ष क्रियाकलापहरुबारे जान्ने अवसर यस सम्मेलनका सहभागिले पाउने अस्पतालले जनाएको छ । बिरामीहरुको सुरक्षाका विषयमा स्वास्थ्यकर्मीहरुबीच अन्तत्र्रिmया गर्दै यसको बृहद् विकासका लागि सल्लाह, सुझाव र प्रतिक्रियाहरु संकलन गरी अस्पताललाई पूर्ण रुपमा सुरक्षित बनाउने अपेक्षा यो सम्मेलनले राखेको छ ।

उत्साहजनक सहभागिता देखाइएको यस सम्मेलनमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विशेषज्ञद्वारा मौखिक प्रस्तुति, पोष्टर प्रस्तुति, कि नोट सम्बोधन तथा प्यानल डिस्कसन हुँदैछ । का विश्व स्वास्थ्य संगठन, अमेरिका, बेलायत, जर्मनी, खाडी मुलुक, भारत लगायतका विभिन्न स्थानबाट स्वास्थ्यक्षेत्रको नेतृत्वतहका प्रतिनिधिहरु यस सम्मेलनका लागि नेपाल आएका छन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप