शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

एसईई नतिजा : कुन ग्रेडमा कति परीक्षार्थी उत्तीर्ण ?

बिहीबार, १२ असार २०७६, १६ : ४८
बिहीबार, १२ असार २०७६

काठमाडौं– राष्ट्रिय परीक्षा बोर्डले २०७५ सालमा लिएको एसईई परीक्षाको परीक्षाफल प्रकाशित भएको छ ।

राष्ट्रिय परीक्षा बोर्ड, कक्षा १० का परीक्षा बोर्डले बिहीबार पत्रकार सम्मेलन गरेर परीक्षाफल सार्वजनिक गरेको हो  । 

विसं २०७५ चैत १० देखि ३० गतेसम्म सञ्चालन गरिएको एसइई परीक्षामा देशभरबाट कूल ४ लाख ५० हजार २७५ परीक्षार्थी सहभागि भएका थिए ।  

नतिजाअनुसार एप्लस ल्याएर ९५९६ जना छात्र उत्तीर्ण भएका छन् भने छात्रा ७२८६ जना रहेका छन् । 

यसैगरी ए ग्रेड ल्याउनेमा छात्र २७२७९ र छात्रा २१६८१ जना रहेका छन् । बी प्लस ल्याउनेमा छात्र ३४१६६ र छात्रा २६५४०, बी ल्याउनेमा छात्र ३९०९५ र छात्रा ३५०१५ जना रहेका छन् । 

यसैगरी सी प्लस ल्याउनेमा छात्र ४५७८९ र छात्रा ५१५१०, सी ग्रेड ल्याउन छात्र ४२८८३ जना छात्रा ५२३२६ जना रहेका छन् । 

यसैगरी डी प्लस ल्याउनेमा छात्रमा १९१३३ र छात्रा २४७०७ जना रहेका छन् । 

यसैगरी डी  छात्र १८६६ र छात्रा २५६३, ई ग्रेड ल्याउनेमा छात्र ४२२५ छात्रा ३९८२ रहेका छन् । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप