बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

मुख्यमन्त्री पोखरेलसँग जापानी राजदूतको भेट

बिहीबार, १२ असार २०७६, १६ : ०६
बिहीबार, १२ असार २०७६

बुटवल– प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेलसँग नेपालका लागि जापानका राजदूत मासामिची साइगोले आज भेटवार्ता गरेका छन् । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा भएको भेटमा राजदूत साइगोले नेपाल र जापानबीचको निकै पुरानो मैत्रीपूर्ण सम्बन्धलाई अझ प्रगाढ बनाउन नेपालको विकास प्रयासमा सघाउन जापान सधैँ तयार रहेको बताए । 

मुख्यमन्त्री पोखरेलले नेपाल र जापानलाई बौद्ध संस्कृतिले जोडेको चर्चा गर्दै लुम्बिनीको विकास सन्दर्भमा जापानको सहयोग महत्वपूर्ण रहेको उल्लेख गर्नुभएको  मुख्यमन्त्रीका प्रेस सल्लाहकार शेरबहादुर केसीले आज जारी गर्नु भएको प्रेस नोटमा उल्लेख छ । मुख्यमन्त्री पोखरेलले सम्पदा र पर्यापर्यटनले महत्वपूर्ण यो प्रदेशमा कृषि र औद्योगिक विकासको धेरै राम्रो सम्भावना भएको जानकारी गराए । 

राजदूत साइगोले शिक्षाको गुणस्तर सुधार, स्वास्थ्य सेवा सुधार र पर्यटनको विकासमा जापानको सक्दो सहयोग हुने र संवैधानिक व्यवस्थाअनुसार गठन भएका प्रदेश र स्थानीय सरकारलाई सहयोग गर्नेबारे छलफल गर्दै अघि बढ्ने बताए । मुख्यमन्त्रीले यहाँ आएका बेला लुम्बिनी भ्रमण गर्न राजदूत साइगोलाई आग्रह गरे।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप