बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

२ लाख घुससहित सिञ्चाईका उपसचिव र अधिकृत अख्तियारको नियन्त्रणमा

बिहीबार, १२ असार २०७६, १४ : १७
बिहीबार, १२ असार २०७६

काठमाडौं– जलस्रोत तथा सिञ्चाई डिभिजन कार्यालय कञ्चनपुरका डिभिजन प्रमुख अजितकुमार श्रीवास्तव र इञ्जिनियर ग्रीष्मा ठगुन्नालाई अख्तियारको टोलीले नियन्त्रणमा लिएको छ । 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कञ्चजनपुर कार्यालयले उनीहरुलाई २ लाख घुस रकमसहित नियन्त्रणमा लिएको हो ।

उपभोक्ता समितिको काम सहजीकरण गरिदिने भन्दै २ लाख रकम घुसवापत लिइसकेको अवस्थामा अख्तियारको टोलीले उनीहरुले कार्यालय परिसरभन्दा बाहिरबाट नियन्त्रणमा लिएको हो । 

अहिले अख्तियारको टोलीले मुचुल्का बनाउने काम गरिरहेको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप