बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

बालुवाटार जग्गा प्रकरणः थप ३ जनालाई अख्तियारको पुर्जी

बिहीबार, १२ असार २०७६, ११ : ५१
बिहीबार, १२ असार २०७६

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बालुवाटारको बहुचर्चित जग्गा प्रकरणमा थप ३ जनालाई बयानका लागि बोलाएको छ ।

बुधबार अख्तियारले नाम र कित्ता नम्बरसहित सार्वजनिक सूचना प्रकाशित गर्दै ललिता निवास प्रकरणमा मुछिएकाहरुलाई ७ दिनभित्र बयानका लागि उपस्थित हुन भन्दै ८६ जनालाई बयानको लागि बोलाएको थियो ।

अख्तियारले हुपेन्द्रमणी केसी, राम कुमार सुवेदी र शोभाकान्त ढकाललाई ७ दिनभित्र सम्पर्कमा आउन भन्दै सार्वजनिक सूचना जारी गरेको छ । 

अख्तियारले बुधबार जारी गरेको  सावएजनिक सूचनामा यी तीनै जनाको नाम थिएन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता प्रदीप कुमार कोइरालाका अनुसार ढकाल, केसी र सुवेदी अख्तियारको सम्पर्कमा रहिरहेकाले उनीहरुको नाम सूचीमा नराखिएको भन्दै उनीहरुलाई फोनमार्फत बोलाएर बयान लिइने बताएका थिए ।

बालुवाटार जग्गा प्रकरण : ८६ जनालाई अख्तियारको ७ दिने सूचना (नामावलीसहित)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप