बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

अर्घाखाँचीमा जिप दुर्घटनाः १ जनाको मृत्यु, २ जना घाइते

बिहीबार, १२ असार २०७६, ११ : ४९
बिहीबार, १२ असार २०७६

अर्घाखाँची । अर्घाखाँचीमा बिहीबार जिप दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सन्धिखर्क ९ का ७०  बर्षिय बम बहादुर खत्री रहेको प्रहरीले जनाएको छ । 

अर्घाको नौलापानीबाट सन्धिखर्क आउँदै गरेको लु १ च ९४७७ नम्बरको जीप सन्धिखर्क १० पोखेडाँडा खहरेखोलामा सडकबाट करिव १ सय ५० मिटर तल खसी दुर्घटना भएको हो ।

दुर्घटनामा चालक झबिन्द्र खत्री र अनिल जिसी गम्भिर घाईते भएका छन् । घाईते मध्ये झबिन्द्र खत्रीको अवस्था चिन्ता जनक रहेको अस्पतालले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप