शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

अभिनेत्री कृति भट्टराई बिबाह बन्धनमा बाँधिइन्

बिहीबार, १२ असार २०७६, १० : ५२
बिहीबार, १२ असार २०७६

काठमाडौं – अभिनेत्री तथा कार्यक्रम प्रस्तोता कृति भट्टराई बिवाह बन्धनमा बाधिएकी छन् । उनले रोहित पौडेलसँग बुधबार बिवाह गरेकी हुन् ।  

दरबारमार्गस्थित लक्ष्मी नारायणको मन्दिरमा हिन्दू परम्पराअनुसार विवाह गरेकी भट्टराइको बिवाहमा दुबै पक्षका परिवारहरुको उल्लेख्य संख्यामा उपस्थिति रहेको थियो । 

‘विश्वास’, ‘उपहार’, ‘उनको सम्झनामा’ लगायतका पुग नपुग आधा दर्जन फिल्म अभिनय गरेकी भट्टराइले रोहितसँग केही समय देखिको प्रेम बिवाहमा परिणत गरेकी हुन् । पेशाले इन्जिनियर रहेका रोहितसँगको बिवाहमा कृति खुसी देखिएकी थिइन् । 

पछिल्ला समय कृतिले नयाँ बानेश्वर थापागाउँमा अर्गयानिक एस्प्रोसो कफी सप सञ्चालन गर्दै आएकी छन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप