‘सानो मन’ एक साता पछि सर्यो
काठमाडौं । अभिनेता आयुष्मान देशराज जोशी र अभिनेत्री शिल्पा मास्केको रोमान्स रहेको फिल्म ‘सानो मन’को रिलिज मिति फेरिएको छ ।
२० असारबाट देशभर प्रदर्शनमा आउने भनिएको यो फिल्म एकसाता पछि सरेर २७ असार पुगेको छ । फिल्म अझ राम्रो बनाएर दर्शकमाझ ल्याउन एक सातापछि रिलिज सारिएको निर्माता राजेन्द्र मानन्धरले जानकारी दिए ।
‘प्राविधिक पाटोमा काम गर्न समय अपुग भएकोले रिलीज मिति सारिएको हो’ निर्माता मानन्धरले भने, ‘हतारमा नराम्रो फिल्म रिलीज गर्नुभन्दा प्राविधिक सुधार गरी एक हप्ता ढिलो ल्याउन लागेका हौं ।’
आयुष्मान र शिल्पाको अलवा फिल्ममा सक्षम सुवेदी, गौरी मल्ल, विशाल पहारी, शिशिर वाङदेल, रश्मी भट्टलगायतका कलाकारको मुख्य भूमिका रहेको छ ।
सांगीतिक प्रेमकथामा आधारित यो फिल्म सुयोग गुरुङले निर्देशन गरेका हुन् । यो उनको डेब्यू निर्देशनमा तयार भएको फिल्म हो ।
सुयोग गुरुङ र मिलन श्रेष्ठको सम्पादन रहेको यो फिल्ममा भिएफएक्स नगेश कँडेलले गरेका छन् । समिर सुनवार र निर्देशक गुरुङको संयुक्त लेखन रहेको फिल्मलाई आलोक शुक्लाले छायांकन गरेका छन् ।
ओ.पि.जी फिल्मस्, ए प्लस इन्टरटेन्मेन्ट र हाई टेक इन्टरटेन्मेन्टको सानो मनलाई संयुक्त ब्यानरमा निर्माण भएको फिल्मको काठमाडौं, भैरहवा, बैंकक लगायतका ठाउँहरुमा छायांकन भएको हो । यसका निर्माता योगेश गुरुङ, राजीव श्रेष्ठ, रमेश के. मित्तल र राजेन्द्र मानन्धर हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतले रोक्यो नेपाली चियाको निर्यात
-
संक्रमणकालीन न्यायमा राजनीतिक सहमति जुटिसक्यो : मन्त्री गिरी
-
अवैध औषधि बेच्ने दुई मेडिकल बन्द
-
सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले लिए अनुमति
-
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा ‘एमडी’ तहको पठनपाठन
-
दूधमा बर्ड फ्लुको ‘एचफाइभ एनवान’ सङ्क्रमण भेटियो : डब्लुएचओ