शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

करिना कपुरदेखि ऐश्वर्या रायसम्मः पाँच सेलिब्रिटी आमा जो सन्तानका कारण ट्रोल भए

बिहीबार, १२ असार २०७६, १० : ४३
बिहीबार, १२ असार २०७६

सेलिब्रिटी आमा आफ्नो काम र सन्तानप्रतिको दायित्व निर्वाह गर्न माहिर हुँदा हुँदै पनि उनीहरुको कमी कमजोरी औंल्याउनेहरुको कुनै कमी छैन । समय परिवर्तनशील छ, सेलिब्रिटी आफूले चाहेको जसरी सार्वजनिक भइरहेका छन् तर सोसल मिडियाको यो जमानामा जे कुरा पनि ट्रोल भइरहेका छन् । यसबाट नयाँ आमा पनि बच्न सकेका छैनन् ।

हालै भारतीय टेनिस खेलाडी सानिया मिर्जा बच्चाका कारण ट्रोल भइन् । उनी आफ्ना श्रीमान् एवं क्रिकेटर सोएब मल्लिक र छोरासँग हुक्का बारमा बसेका कारण ट्रोल भएकी हुन् । सानियाले आफ्नो सानो छोरालाई राम्रोसँग हेरविचार नगरिरहेको धेरैले आरोप लगाए ।

तर यसरी ट्रोल हुनेमा सानिया एक्ली भने होइनन् । ऐश्वर्या राय बच्चन, करिना कपुर खान, सन्नी लियोनीजस्ता सेलिब्रिटीलाई पनि सन्तानको उचित हेरविचार नगरेको बात लागेको छ ।

करिना कपुर खानलाई छोरालाई छोडेर बिदा मनाइरहेको, पार्टी गरिरहेको, घुमिरहेको आरोप लाग्ने गरेको छ । उनले उक्त आरोप खण्डन गर्दै भनेकी थिइन्, ‘साथीसँग बाहिर घुम्न जाँदा म खराब आमा भएँ ? तस्बिरमा हेरेर ममाथि धारणा बनाउन निकै सजिलो छ तर उनीहरुलाई मेरो छोरासँगको सम्बन्ध कस्तो छ थाहा छैन । हामी एकैपटक धेरै काम गर्न सक्षम छौं ।’

ऐश्वर्या राय बच्चन आफ्नी छोरीको हात समातिरहन्छिन् । यसैका कारण उनलाई ट्रोल गरियो । ट्रोल गर्नेहरुलाई खासै ठूलो कारण नै चाहिँदैन ।

 
 
 
 
 
 
 
 
 
 
 
 
 

💖My Sunshine Forever☀️🌈✨ 💖LOVE YOU ❤️

A post shared by AishwaryaRaiBachchan (@aishwaryaraibachchan_arb) on

 
 
 
 
 
 
 
 
 
 
 
 
 

LOVE YOU UNCONDITIONALLY💖😘😇✨Happiest Mama in the World 😍

A post shared by AishwaryaRaiBachchan (@aishwaryaraibachchan_arb) on

यस्तै, शाहिद कपुरकी श्रीमती मिरा राजपुतले एकदिन आफ्नी छोरीको रङ्ग्याइएको कपाल देखाउँदै तस्बिर पोष्ट गरिन् । अत्यधिक ट्रोल भएपछि उनले उक्त रङ्ग्याइएको कपाल नक्कली भएको जानकारी दिँदै अर्को पोष्ट गरिन् ।

यस्तै, सन्नी लियोनीमाथि पनि गलत अभिभावकत्वको आरोप लागेको छ । सन्नीले श्रीमान र छोरीसँग फोटो खिच्दा लुगा नलगाएको भन्दै ट्रोल हुनुपर्यो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप