शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

न्युजिल्यान्डलाई पाकिस्तानको झट्का

बिहीबार, १२ असार २०७६, ०८ : ३७
बिहीबार, १२ असार २०७६

आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा न्युजिल्यान्डलाई पाकिस्तानको नमिठो झट्का लागेको छ । बुधबार राति भएको खेलमा युवा ब्याट्सम्यान बाबर आजमले शतकीय प्रहार गरेपछि पाकिस्तानले न्युजिल्यान्डलाई ६ विकेटले हराएको छ । जारी विश्वकपमा पाकिस्तानको यो तेस्रो जित हो । यस जितसँगै पाकिस्तानले सेमिफाइनलमा पुग्ने सम्भावना जिवित राखेको छ । सात खेलबाट सात नै अंक बनाएको पाकिस्तान छैटौं स्थानमा छ । पहिलो हार खेपेको न्युजिल्यान्ड ११ अंक सहित दोस्रो स्थानमा छ ।

दुई सय ३८ रनको मध्यम विजयी लक्ष्य पछ्याएको पाकिस्तानले ४९.१ ओभरमा चार विकेटको क्षतिमा लक्ष्य पुरा गरेको थियो । पाकिस्तानको जितमा बाबर आजमले शतक प्रहार गरे । उनले अविजित एक सय एक रन बनाए । बाबरको यो करियरको १०औं तथा विश्वकपमा पहिलो शतक हो । ह्यारिस सोहेलले ६८, मोहम्मद हफिजले ३२ र इमाम उल हकले १९ रन बनाए । न्युजिल्यान्डका लागि कप्तान केन विलियमसन, टेन्ट्र बोल्ट र ल्योकी फग्र्युसनले एक एक विकेट लिए ।

यसअघि टस जितेर पहिला ब्याटिङ गरेको न्युजिल्यान्डले निर्धारित ५० ओभरमा ६ विकेटको क्षतिमा दुई सय ३७ रन बनाएको थियो । न्युजिल्यान्डका लागि जेम्श निशमले अविजित ९७ रन बनाए । कोलिन डी ग्रान्डहोमले ६४, कप्तान केन विलियमसनले ४१ र कोलिन मुनरोले १२ रन बनाए । पाकिस्तानका लागि शाहिन शाहले तीन विकेट लिए । मोहम्मद आमिर र सादब खानले एक एक विकेट लिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप