इरानका बारेमा ट्रम्प र पुटिनबीच कुराकानी हुने
एजेन्सी-रुसका राष्ट्रपति भ्लादिमिर पुटिन र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच चाँडै भेटवार्ता हुने भएको छ । जी २० सम्मेलनका क्रममा जापानमा उनीहरूबीच यही हप्ता भेटवार्ता हुने रुसी विदेश मन्त्रालयले बुधबार जनाएको छ ।
उनीहरूबीच इरानसँग अमेरिकाको चर्किदो विवाद र सिरिया सङ्कटका बारेमा कुराकानी हुने अधिकारीहरूले बताएका छन् ।
इरानसँगको विवाद चर्किदै गएकाले विभिन्न देशका शीर्ष नेताहरूसँग छलफल गरिरहेको अमेरिकी पक्षले रुसी राष्ट्रपतिसँग पनि छलफल गर्न लागेको हो ।
पुटिनले जापान भ्रमणका क्रममा बेलायती कामचलाउ प्रधानमन्त्री थेरेशा मे, टर्कीका राष्ट्रपति रेसेप तयप एड्रोगान, साउदी युवराज मोहम्मद बिन सलमानलगायतसँग पनि भेटवार्ता गर्ने विदेश मन्त्रालयले जनाएको छ ।
पुटिनले ट्रम्पसँग यही आउँदो शुक्रबार जापानको पश्चिमी शहर ओसाकामा भेट्नुहुने अधिकारीहरूले जनाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महोत्तरीको मटिहानीमा ६ घण्टापछि आगो नियन्त्रणमा
-
हमासद्वारा इजरायली–अमेरिकी बन्धकको नयाँ भिडियो सार्वजनिक
-
लण्डनको सडकमा घोडाले मच्चायो आतङ्क, ४ जना घाइते
-
१० बजे, १० समाचार
-
अमेरिकी राष्ट्रपतिद्वारा युक्रेनलाई नयाँ सहायता प्रदान गर्ने विधेयकमा हस्ताक्षर
-
ऊर्जा क्षेत्रमा महिला लगानीकर्तालाई आकर्षित गर्नुपर्छ : मन्त्री चौधरी